• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Tue, 10, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / उपत्यका

कीर्तिपुर नगर पालिकाले निशुल्क पिसिआर परिक्षण गर्ने !


सुभाय् संवाददाताNovember 6, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ३ मिनेट

कीर्तिपुर / कीर्तिपुर नगर पालिकाले पिसिआर परिक्षण निशुल्क नैं गर्ने भएको छ । आज किर्तिपुर नगर पालिकाले आज शुक्रबार एक पत्रकार सम्मेलन गरि आर्थिक वर्ष २०७७/७८को साउन १ गतेदेखि असोज मसान्तसम्म भए गरेका गतिविधिहरु बारेमा जानकारी गराउने क्रममा उप-मेयर तथा प्रवक्ता सरस्वती खड्काले नगरबासीलाई कोरोना उपचार कसरी गर्न कसरी सघाउने भन्ने बारे बोल्दै   बताएका हुन् । आइसियुको अभाव भएको अवस्थामा हाइ फ्लो अक्सिजन योजना अगाडि बढाउने पनि उनलेे  बताए।
किर्तिपुर नगर पालिकाको नव निर्मित भवनको हलमा गरिएको उक्त कार्यक्रममा नगर पालिकाका  उप-मेयर सरस्वती खड्काको अध्यक्षतामा भएको थियो ।
कोरोना महामारीको कठिन परिस्थितिमा पनि किर्तिपुर नगर पालिकाले विभिन्न बिकास निर्माणका कार्यका साथै स्वास्थ्य सामाजिक , शैक्षिक क्षेत्रका विभिन्न कार्यहरू गरेको बाताबरण , फोहर व्यवस्थापन , योजना तथा प्रविधि शाखाले विभिन्न नगर स्तरीय योजनाहरु पूरा गरेको केही पूर्वाधार बिकाश गरेको अगाडि बढाएको , सांस्कृतिक प्रवर्द्धनका निम्ति पाटी जिर्णोद्धार गरेको , नगर पालिकाभित्र नक्सा पासमा डिजिटल सिग्नेचर चलाएको लगायत यस अवधिमा गरेका कार्यहरू बारे जानकारी गराइएको थियो ।
कार्यक्रममा बोल्दै नगर पालिकाका स्वास्थ्य स्वास्थ्य बिभागका प्रमुखले कोरोना महामारीलाई ध्यानमा राखी नगरभित्र स्वाब टेस्टको लागि नगर पालिकाको खर्चमा मेशिन ल्याएर स्वाब टेस्ट थालिएको बताए । अहिलेपनि कन्ट्याक्ट् ट्रेसिङ लगायत शंकास्पद संक्रमितहरुको टेस्ट निशुल्क गरि आएको र यसका निम्ति कन्ट्याक्ट् ट्रेसिङ टीम परिचालन गरेको बताए । यसबीच नगर पालिकाका कर्मचारी तथा जनप्रतिनिधिहरुको टेस्ट गर्दा ५ जना जनप्रतिनिधि तथा ३२ जना कर्मचारीमा कोरोना पोजिटिभ आएको पनि बताए ।
कन्ट्याक्ट् ट्रेसिङमा आएकालाई विष्णुदेवी हस्पिटलमा टेस्ट भइरहेको बताउँदै कन्ट्याक्ट् ट्रेसिङलाई कीर्तिपुर नगर पालिकाले निरंतरता दिइरहेको बताए । उपचार कार्य भने सरकारको  नीति अनुरुप हुने  उनले जानकारी दिए ।
उनले अहिले कोरोना उपचारमा आइसियुको समस्यालाई ध्यानमा राखी कीर्तिपुर अस्पतालमा हाइ फ्लो अक्सिजन  प्रोजेक्ट सुरु गर्न लागेको बताए ।

पत्रकारहरुले सोधेको प्रश्नका जवाफ दिंदै प्रवक्ता तथा उपमेयर खड्काले पिसिआर ल्याबको संचालन सरकारले जे निर्णय गरेको छ सोही अनुसार निशुल्क नैं हुने जानकारी गराए । नगर पालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि तथ्यांक संकलन गरिएको पनि बताए । नगरका सडकहरुलाई फिनिसिङ गर्ने कार्य अगाडि बढाएको उनले बताए । पिसिआर ल्याब कीर्तिपुर नगर पालिका र त्रिभुवन विश्व विद्यालयको सहकार्यमा गरेको र अहिले कोरोनाका कारण जटिल परिस्थिति रहेको र अस्पतालहरुमा आइसियु पाउन गार्‍हो भएको अवस्थामा नगर पालिकाले केही छलफल गरि हाइफ्लो अक्सिज प्लान्ट   तत्कालै किर्तिपुर अस्पताल वा पायक पर्ने ठाउँमा यो राख्ने निर्णय गरिसकेको भन्दै आइसियुको अभाव भएको अवस्थामा हाइ फ्लो अक्सिजन योजना अगाडि बढाउने बताए । स्थानीय पाठ्यक्रम नेपाल भाषामा पनि तयार गर्ने कार्य भइरहेको  उनले जानकारी दिए ।
भूमी सुधार मन्त्रालयसँग छलफल गरि पांगाको नापीको अन्तिम टुंगोमा पुगेको र छिट्टै पांगाबासीले लालपुर्जा पाउने मन्त्रालयले आश्वासन दिएको बताए । उनले नेपाल सांस्कृतिक संग्रहालयको डिपिआर तयार गर्ने कार्यमा कीर्तिपुर नगर पालिका सदस्यको रुपमा रहेको बताए । सहकारी अनुगमनदेखि फोहर मैला व्यवस्थापनमा सहकार्य गरेको पनि जानकारी दिए ।
कार्यक्रममा सूचना प्रमुख परशुराम चौलागाइंले श्रावणदेखि असोज मसान्तसम्मको प्रगति विवरण पढेर सुनाएका थिए ।

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑