• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Thu, 08, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  अन्तर्राष्ट्रिय

ट्रम्प र वाइडेनबीच कडा प्रतिश्पर्धा, जित सुनिश्चित भएको दुबैको दावी


सुभाय् संवाददाता November 4, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

कृष्णराज खनाल
वोस्टन, अमेरिका । विश्व भूराजनीतिमा विशेष भूमिका खेल्दै आएको अमेरिकामा मंगलवार सम्पन्न ऐतिहासिक राष्ट्रपतीय निर्वाचनको अन्तिम परिणामको मत गणनाको विषय सर्वोच्च अदालतसम्मपुग्ने लक्षण देखिएको छ ।
अमेरिकी समयानुसार, बुधवार बिहान राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्वोधनगर्दै आज आएका मतपत्र मान्य नहुने र यो विषयमा सर्वोच्च अदालतमा रिट दायर गर्ने कुरा बताएपछि थपअन्योल उत्पन्नभएको छ ।
नेपाली समय अनुसार बुधबार साँझसम्म प्राप्त मतपरिणाम अनुसार, पूर्व उपराष्ट्र्रपति जो वाइडेनले २३८ इलेक्टोरल मत र वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प ले २१८ इलेक्टोरल मत प्राप्तगर्नुभएको छ । राष्ट्रपतिमा निर्वाचित हुनकालागि कुल ५३८ मध्ये स्पष्ट २७० इलेक्टोरल मत आवश्यक पर्छ । हालसम्म अधिकाँश राज्यको मतगणनाको परिणाम आइसकेको छ भने छवटा मुख्य मानिएका राज्यको मत गणना जारी छ । अमेरिकी समय बिहीवार साँझसम्ममामात्रै पूरै मत परिणाम
अमेरिकी समय अनुसार, बुधवार बिहान ९ बजेसम्मको मतगणनामा बाँकी छ वटा राज्यमादुवै उम्मेदवारबीच कडा टक्कर परेको छ दुवैले अझै आफ्नो विजय सुनिश्चित रहेको बताउनुभएको छ । युद्धभूमिका रुपमा चर्चामा रहेका बाँकी छवटा राज्यमध्ये मिसिगन, जर्जिया र पेन्सिलभेनियामा राष्ट्रपति ट्रम्पको अग्रता रहेको छ भने नेभाडा विस्कन्सिन र एरिजोनामा वाइडेनले अग्रता लिनुभएको छ । ट्रपले अग्रता लिनुभएको मध्ये पेन्सिलभेनियामा स्पष्ट अग्रता छ । यहाँबाट २० इलेक्टोरल मत उहाँको पक्षमाजाने लगभगनिश्चित छ । जर्जिया र मिसिगनमा समान १६ इलेक्टोरल मत छ । एरिजोना, नेभाडा र विस्कन्सिनमा वाइडेनको झिनो अग्रता रहेको छ । यी तीन राज्यमा क्रमश, ११, ६ र १० इलेक्टोरल मत छ । यसले परिणाम कस्को पक्षमाजालाभनेर भन्न सक्ने स्थिति छैन । अमेरिकी सयम बिहीवारसम्ममा संभवत राष्ट्र्रपतिको मत परिणाम आउने छ ।
यसैबीच, वाइडेनले अमेरीकी समय बुधवार बिहान सम्वोधनगर्र्दै आफूलाई अमेरिकी जनताले न्यायगर्ने र आफ्नो विजयनिश्चित रहेको बताउँदै प्रत्येक मतको गणना गर्नुपर्ने कुरामा जोड दिनुभएको छ । उता ट्रम्पले पनि बिहानै हुलाकमार्फत आज आएका मतपत्रको गणना गर्न नहुने मान्यता राख्दै यो सरासर झेल हो भन्नुभएको छ । निर्वाचन आयोगले भने नोभेम्वर ५ तारिखसम्म हुलाक मार्फत आएका मतपत्र गणना गरिने निर्देशनजारी गरेको थियो । सर्वोच्च अदालतमा रिट परेको खण्डमा मत गणनाको परिणाम प्रभावित हुनेछ ।
(खनाल  अमेरिकामा कार्यरत पत्रकार हुनुहुन्छ )

source : gorkhapatraonlin

सम्बन्धित पोस्ट
  • ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’
  • भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?
  • भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ
  • दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑