काठमाडौं /काठमाडौं महानगर पालिकाले नेपाल भाषाको स्थानिय पाठ्यक्रम पठन पाठन गराउन महानगर पालिकाभित्रका सबै विद्यालयहरुलाई एक पत्र पठाई आह्वान गरेको छ ।
काठमाडौं महानगर पालिकाको कार्यपालिकाको गत असोज १९ गते बसेको बैठकले काठमाडौं महानगरपालिका अन्तर्गत संचालित सबै विद्यालयहरुमा शैक्षिक सत्र २०७७ देखि आधारभूत तह कक्षा १देखि ८ सम्म नेपाल भाषाको स्थानिय पाठ्यक्रम पठन पाठन गराउन नियमानुसार लागु गर्न यसरी पत्र लेखी अपिल गरेको हाे ।
उसले सबै विद्यालयहरुलाई आवश्यक पाठ्यक्रम उपलब्ध गराउने छ ।
यसका निमित्त उसले सबै विद्यालयलाई सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५