सुभाय् संवाददाताNovember 1, 2020 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : ९ मिनेट
काठमाडौं / काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका १,६२२ जना सङ्क्रमित थपिएका छन् । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १३ हजार २३ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
मन्त्रालयले कोभिड १९ सम्बन्धी प्रेस ब्रिफिङ्को क्रममा उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा गरी १, ६२२ जना नयाँ सङ्क्रमित पहिचान गरिएको जनाएको छ । मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितमध्ये काठमाडौंमा १,३६२, ललितपुरमा १६४ र भक्तपुरमा ९६ रहेका छन् । पछिल्लो चौबीस घण्टामा देशैभरि दुई हजार आठ सय २४ सङ्क्रमित थपिएका छन् ।
तीन हजार ६२० जना सङ्क्रमणमुक्त भई घर फर्केका छन् ।