• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / अन्तर्राष्ट्रिय

अमेरिकी चुनाव र विश्व मानसिकता


सुभाय् संवाददाताOctober 28, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : १० मिनेट

 

रोशन श्रेष्ठ

अमेरिकी चुनाव नजिकिदै गर्दा त्यसको नतीजा के होला भन्ने उत्सुकताले विश्वलाइ गाँजेको छ।

गत २०१६ चुनावको छ महिना जति अगाडि एक लेखमा भनेको थिएँ (उक्त लेख नेपालभाषामा प्रकाशित थियो), ट्रम्पको राजनीतिक उदयले विश्वको चुनावी प्रजातन्त्र यूगमा एक नयाँ मोड ल्याउने छ । सारा मेडिया ले लखेटेर उडाएको बेला पनि उनले चुनाव जितेर ‘ट्रम्प चुनाव जित्दैछ’ भन्ने मेरो आँकलन (भविष्यवाणी नै भन्दिम कि?) ठ्याक्कै मिलाइ दिए।

२०१६ को चुनाव हुनु करीव १५ महिना अगाडि ‘मेरो विचारमा आगामी राष्ट्रपति ट्रम्प नै हुनेछ’ भनेर अफिसका सहकर्मीका माझ भन्दाखेरी एकछिन म हाँसोको पात्र जस्तै बनाइए। हाँसो थामिएपछि, मेरा बोसले – ‘नो नो रोशन, द्याट इज नेभर गोइङ टु ह्यापेन, ट्रस्ट मि’ भनेका थिए । पछि ट्रम्प नै जितेपछि उनको मुहारको कान्ति हरायो, त्यसपछि मेरो अफिसमा राजनीतिक कुराकानी नै सबै बन्द भइगयो।

सन २०१६ को नोभेम्बर मै फेसबुकमा लेखेको थिएँ – सन २०२० को चुनाव पनि ट्रम्पले नै जित्नेछ । अब अर्को हप्ता हुने चुनावी नतीजाले ट्रम्पलाइ नै विजयी बनाइदियो भने त्यसपछि ‘भविष्यवाणी मिलेछ’ भन्न सकिने अवस्था हुनेछ ।

ती आँकलन वा भनाइ यतिकै बिनासुझबुझ भनेको चाहिं होइन । ट्रम्पको ब्यक्तिगत क्षमता, अमेरिकी जनताको मनस्थीति, चुनावी प्रक्रिया आदि सबै विचारेर नै ट्रम्प जित्नेछ भनेर भनेको थिएँ।

तर राजनीतिका नियमहरु माथि भीषण छलछाम गर्न सक्ने शक्तिहरु हावि भइदियो भने विश्लेषणहरु सबै हावा खाँदा रहेछन् । जस्तो कि, मेरो विश्लेषण थियो – ट्रम्पको बिपरीत २०२० को चुनाव लड्न एलिजावेथ वारेनले डेमोक्रेटिक पार्टीको नोमिनेशन हात पार्नेछिन ।

डेमोक्रेटिक पार्टीको नोमिनेशन प्रतिस्पर्धा शुरुताका मैले यसो भनेको बेला वारेनको समर्थक २% पनि थिएन । उनले विस्तारै समर्थन बढाउँदै लगेर ३३% सम्म चढीन, र जो बाइडेनलाइ समेत उछिनिन। म विश्वस्त थिएँ वारेनले नोमिनेशन लिने भइन ।

तर जसै बाइडेनलाइ उछिनिन, त्यसपछि पर्दापछाडीका शक्तिहरु सक्रिय भए शायद । त्यसपछि वारेन बिरुद्ध सम्पूर्ण मिडिया खनीन थाल्यो। उनले प्रस्तूत गरेको योजनाको लागि कति खर्च आवश्यक पर्छ? कहाँबाट त्यसको जोहो गर्ने? भन्ने एक प्रश्नको उत्तर चित्तबुझ्दो दिन सकेन भनेर मिडियाले यति सारो लखेट्यो कि उनको छवि नै धुमिलियो र समर्थन धमाधम घटेर गयो। हुँदा हुँदा उनी उनको आफ्नै राजनीतिक कर्मथलो म्यासाचुसेटस् मा समेत चौथो स्थानमा झरेर पलायन हुने अवस्थामा पुगिन।

खासमा डेमोक्रेटिक पार्टीमा पर्दा पछाडीका शक्तिशालीहरुले काँध बोकेका जो बाइडेनलाइ जिताउन रहस्यमय घटनाहरु थुप्रै भएको छ। उनले पाइला समेत नटेकेको, कार्यालय खोल्न समेत नसकेको राज्यहरुमा समेत उनले अकस्मात अत्याधिक भोट ल्याउन थाले । तेस्रा, चौथा, छैटौ लहरमा प्रतिस्पर्धारत उम्मेदवारहरु धमाधम मिडप्याक गर्दै बाइडेनलाइ समर्थन गर्न थाले।

कोरोनाको निहुँमा बाइडेन अधिकांश समय घरबाहिर निस्कँदैनन । अघिल्लो हप्तामात्र ५ दिन सम्म बाइडेन कता बिलाए बिलाए । तर मेडिया र धनाड्यहरुले उनको निमित्त यति सारो काम गरीरहेका छन् कि उनलाइ हाइसञ्चो छ। घरको कोठीमै गुम्सेर पनि उनी चुनावी दौडमा अगाडि अगाडि छन ।

तर ट्रम्पको चुनावी हालत समस्याग्रस्त छ। बाइडेनको दाँजोमा चुनाव प्रचार गर्नको लागि ट्रम्पसित पैसा पनि थोरै संकलन भएको छ। कोरोनाभाइरसको मुद्दामा मिडियाले ट्रम्पलाइ एकोहोरो दोषी ठहराएर प्रचार गरीरहेको छ । ट्रम्पले गरेका अनगिन्ति राम्रा कामहरुको कुनै मुल्याङ्कन भएको छैन । कानूनले दोष देखाउन नसकेको उनको कर सम्बन्धी मुद्दाहरु लगायत थुप्रै गलत आरोपहरुको भरमा उनको तेजोबध गर्ने आक्रमण निरन्तर छ । कोरोनाभाइरसको मामिलामा ट्रम्प को आलोचना अतिरञ्जित भएको मेरो बुझाइ छ।

अमेरिकाको चुनाव अब पुरै पैसाको खेल भएको छ । अबको चुनावमा यदि ट्रम्पले जिते बाइडेन र उसको छोरा जेल जानेछ । यदि बाइडेनले जिते ट्रम्पको बिलियनौं डलर आर्थिक साम्राज्य ध्वस्त हुनेछ ।

ट्रम्प हारे पनि जिते पनि उसले अमेरिकाको प्रजातन्त्र वास्तवमा के हो रहेछ भनेर छर्लङ्ग देखाइदिएको छ । अमेरिकाको प्रजातन्त्र वास्तवमा माफियागिरी रहेछ । त्यो माफियागिरीको साथमा रहन सक्यो भने जे जस्तो कुकर्म गरे पनि कानूनले समेत हतपत छुन नसक्ने रहेछ । त्यो माफियागिरीको साथ नदिए सानो-सानो मुद्दामा पनि कानूनले घाँटी ङ्याकेर ध्वस्त पारीदिने रहेछ।

२१० बर्ष भन्दा लामो इतिहास रहेको न्यूयोर्क पोस्ट पत्रिका, जसलाइ अमेरिकाको सबैभन्दा पुरानो पत्रिका मानिन्छ, त्यसले प्रमाण सहित जो बाइडेन का छोरा संलग्न रहेको भ्रष्टाचारको कुरा मिडियामा ल्यायो । रुसका ओलिगार्कसित मिलियनका मिलियन डलर पैसा लिएको, चीनको कम्पनीबाट मिलियन का मिलियन डलर पैसा लिएको, यूक्रेन, ओमान, रुमानिया, काजाखास्तान आदि अनेकौ देशमा विभिन्न कारोबारहरुमा संलग्न रहेको कुराहरु बाहिर आयो ।

तर सबै मिडियाले त्यो समाचार ब्ल्याकआउट मात्रै गरेन, त्यो पत्रिकाको ट्वीटर एकाउन्ट समेत ब्लक गरेर दादागिरी नै देखायो। स्वतन्त्र प्रेस र वाक स्वतन्त्रताको धज्जी नै उडेको छ।

ट्रम्पको शासनमा अनेकौं कुराहरु देखियो । रेसिज्मको सवाल चर्केको, चर्काएको, पुलिस प्रशासन पंगु बनेको देखियो। बोर्डरमा आप्रवासीको लस्कर उठेको, त्यसको समाधान गरेको पनि देखियो । झूठो कुराहरु प्रचार गरेका पत्रकारहरुलाइ पुलिट्जर प्राइज दिदो रहेछ भन्ने भण्डाफोर भयो । नामी नामी जर्नलहरुले यौनकहानी लेखेर जिविका चलाउने पेशेवर लेखकहरुको मनगढन्त कहानी पनि ‘वैज्ञानिक अनुसन्धान पत्र’ भनेर छाप्दो रहेछ भन्ने प्रमाणित भयो । अमेरिकी खुफिया संस्थाहरु सिआइए, एफविआइ जस्ता भित्र नाताबाद कृपाबाद हावि रहेछ भन्ने छर्लङ्गियो । बिलिनियर नै भएता पनि शक्तिशालीहरुको भन्डाफोर गर्ने खतरा रहे अति सुरक्षित भनिएको जेलभित्रै पनि रहस्यमय तरीकाले मारीने रहेछ भन्ने देखियो। सर्वाधिकार सम्पन्न न्यायिक जाँचबुझ समिति भनेर बनाइएको समितिहरु राजनीतिक प्रतिशोधको हतियार रहेछ भन्ने देखियो। यौन दुर्व्यवहारको बनिबनाउ आरोप र पैसाको चलखेल गरी सज्जनवृन्दहरुको चरित्रहत्या खुल्लेआम हुँदो रहेछ भन्ने देखियो। मेडियाले दिउँसो नै रात पार्ने श्रव्यदृष्यहरु प्रसारण गर्दो रहेछ भन्ने छर्लङ्गियो।

कानून सबैलाइ बराबर हुँदैन, कसैलाइ काखा कसैलाइ पाखा हुने रहेछ भन्ने पनि देखियो । जस्तो कि, जो बाइडेनका छोराको पार्टनरले उनलाइ थाहा भएको कुरा प्रमाणसहित बताउन पत्रकार सम्मेलन गर्दा समेत बाइडेन पक्षधर मिडियाले पुरै बहिष्कार नै गरिदियो। तर ब्रेट क्याभानाउलाइ बलत्कारको आरोप लगाउने झूठा महिलाको निमित्त भने सिनेट हियरिङ नै आयोजना गरिदियो ।

कानूनको राज भनिने अमेरिकामा ट्रम्पका सहयोगी माइकल फ्लिनले दिएको बयान चित्तबुझ्दो भएन भनेर बिहान सबेरै उनको घर नै सैन्य दस्ताले घेरेर उनलाइ गिरफ्तार गर्यो, तर बाइडेन परिवार संलग्न प्रमाणसहित बाहिर आइसकेको मुद्दामा समेत एफबिआइ लगायत कुनै पनि निकायले कारवाही केहि गरेको छैन।

चुनावको प्रचार र विश्लेषण त झनै ताज्जुब लाग्दो बनेको छ । चुनाव हुन एकहप्ता बाँकि हुँदा जनप्रिय मानिएका बाराक ओबामा आफै बाइडेनको प्रचारमा खटेका छन् । उनको आमसभामा २-३०० मानिस पनि जम्मा भएको देखिदैन टिभिको पर्दामा । उता ट्रम्पले भने हरेक दिन ३ देखी ५ ठाउँमा आमसभा गर्दै हिडेका छन्। हरेक सभा र्यालीमा त्यहाँ दशौं हजार बिसौं हजार मानिसको भीड देखिन्छ। यतिसारो फरक हुँदा हुँदै पनि टिभिका पण्डितहरु चुनावी सर्वेक्षण भनेर बाइडेनले नै चुनाव जित्ने ठोकुवा गरी हिडेका छन् ।

कानूनको कुरा गर्ने हो भने अमेरिकामा एकजनाले चुनावको निमित्त २८०० डलर सम्म चन्दा दिन पाइन्छ भन्ने बताइन्छ । तर ब्लुमबर्ग जस्ता धनाढ्यहरुले २ बिलियन डलर खर्च गर्छु भनेर घोषणा नै गरेका छन । पैसा हुनेलाइ नलाग्ने कानून रहेछ भन्ने उजागर भएको छ।

गत बर्षको शुरुवात ताका नै रिपब्लिकन पार्टीका नामी चन्दादाताहरुको समुहले ट्रम्पलाइ सहयोग नगर्ने घोषणा गरेका थिए। अहिले रिपब्लिकन पार्टीबाट जितेका पूर्व राष्ट्रपति जर्जबुश परिवार र उनको सरकारका सात प्रमूख सचीवहरु (मन्त्रीहरु जस्तै) ले समेत बाइडेनलाइ खुल्ला समर्थन गरेका छन् । रिपब्लिकन पार्टीका सिनेटरहरु बाइडेन परिवारको भ्रष्टाचारलाइ चुनावको समयमा ट्रम्पले कुरा गर्नु हुँदैन भनेका छन । नाउँमात्रका रिपब्लिकन हो कि भन्ने हो भने ९७% रिपब्लिकनले ट्रम्पको समर्थन गरेको छ, रिपब्लिकन पार्टीको इतिहासमै यति धेरै पार्टीलाइ एकढिक्का बनाएको इतिहास छैन भनिन्छ।

मिडियामा त ट्रम्पलाइ दैत्य भन्दा पनि महादैत्य जस्तो नकारात्मक रुपमा बढाइचढाइ चित्रण गरीरहेका छन् । उनलाइ ढँटुवा भन्नु त दालभात जस्तै, जबकि बाइडेन कमला दुबैजना ढाँटको राजनीतिमा उस्तै माहिर छन् । बाइडेन त झन पहिला पनि अरुको भाषण चोरेको आरोपमा बदनाम समेत हुन। पढाइको विषयमा ढाँटेको देखि, थुप्रै छन उनका ढाँटको फेहरिस्तहरु। बाइडेन र कमला दुबैले बहसहरुमा खुल्लेआम ढाँटेका थिए।

संसारलाइ तहसनहस गरेको कोरोनाभाइरस ट्रम्पको वशको विषय थिएन । त्यसमाथि अमेरिकामा स्वास्थ्य नीतिहरु कार्यान्वयन गर्ने जिम्मेवारी राज्यका गभर्नर माथि, र उसलाइ चाहिने सहयोग उपलव्ध गराउने जिम्मेवारी संघीय सरकार माथि हुने रहेछ । शुरुवातमा अमेरिकाको रिजर्भ स्टकपाइल रित्तो रहेछ, १० हजार भेन्टिलेटर पनि स्टकमा रहेन छ । परिक्षण गर्ने टेस्ट किट पनि तयार थिएन । त्यसैले अमेरिकालाइ केहि आपत परेको थियो । तर ट्रम्पले रातारात हजारौं हजार बेडको अस्पताल बनाउने देखि सबै आवश्यकता पुरा गर्न कुनै कसर बाँकि राखेन । छोटो समयमा लाखौं भेन्टिलेटर उत्पादन गरायो, दैनिक दशौं लाख सम्म परिक्षण गर्ने क्षमता बढायो । उपचार पाउने कुराको ग्यारेन्टी गरायो । लकडाउनबाट बेरोजगार बनेकाहरुको निमित्त मनग्य भत्ता बाँड्ने काममा उनले पटक्कै बिलम्ब गरेनन । उनले गरेको कामहरु गर्यो भनेर केहि नभन्ने, खाली ‘मास्क लगाउन मानेन’ मात्र भनेर लखेट्ने काम मेडियाले जानाजानी गरीरहेको छ। दैनिक पत्रकार सम्मेलन गर्ने, सारा जनताको चासोलाइ सिधै सम्बोधन गर्ने, बैठकहरु लाइभ गरेर पारदर्शीता देखाउने – अरु कुन देशमा यति पारदर्शी र तदारुकताका साथ काम भएको छ? ट्रम्पले वास्तवमा धेरै प्रयास गरेका हुन् । गरेकोलाइ गरेको त भन्नु पर्यो । तर अहँ ट्रम्प त खड्ग ओलीभन्दा पनि चुप लागेर आराम गरेर बसे जस्तो कुरा गर्छन ट्रम्पबिरोधीहरु ।

ट्रम्पलाइ पराजित गर्न चाहनेहरु वास्तवमा चीनमा ठूलो लगानी भएको धनाढ्यहरु हुन । चीनमाथि ट्रम्पले दवाब दिएको उनीहरुलाइ मन परेको छैन । ट्रम्पले ती धनाढ्यहरुलाइ ठूलो कर-छूट दिएर अमेरिका मा नै लगानी गरोस भन्ने चाहेका हुन । तर ती धनाढ्यहरुलाइ कर-छूट दिएर मात्र पुगेन । उनीहरुलाइ चीनमा उत्पादित सामानको बजार सुरक्षित पनि गर्नु पर्ने र अमेरिकाले युद्ध पनि गर्नु पर्ने आवश्यकता रहेको छ। अमेरिका यूद्धमा संलग्न भयो भने बम, गोला, फाइटर प्लेन, छेप्यास्त्र, इन्धन, देखि अनगिन्ति थरीका यूद्ध सामाग्रीहरु अमेरिकी सरकारलाइ बेच्न पाइन्छ, जसबाट बिलियन का बिलियन डलर फाइदा हुन्छ । तर ट्रम्पले अनेकौं बहानामा यूद्ध गरेन । त्यसमाथि इजरायल सित शत्रुतापूर्ण सम्बन्ध रहेको देशहरुलाइ धमाधम शान्ति-मैत्री सम्झौता गराउँदै लगे । त्यसो गर्दा अमेरिकाले युद्ध गर्ने गराउने वातावरण कम हुने भो । युद्धपिपासु बुश-मण्डली र पूर्व सैन्य जनरलहरु सबै ट्रम्पसित नाराज हुनुको कारण त्यसो हो।

बाहिर भनिन्छ, चीन र अमेरिका आर्थिक प्रतिस्पर्धामा छ । त्यो सतहि कुरा हो। किन कि चीनको अर्थतन्त्र अमेरिकि अर्थतन्त्र कव्जा गरेर बसेका धनाढ्यहरुकै कब्जामा छ । चीनको मुद्रालाइ डलर सित पेगिङ गरेको छ। डलर को मालिक को हो? तपाइलाइ लाग्दो होला, अमेरिकि डलरको मालिक त अमेरिका नै होला । तर त्यो सहि होइन ।

नेपालको रुपैया १००० को मुल्य को जमानि को बस्छ? नेपाल राष्ट्र बैंक । राष्ट्र बैंकले त्यो १००० को नोट अब ० भयो भन्दियो भने त्यसको भाउ खत्तम हुन्छ। नेपाल राष्ट्र बैंक कस्को हो? नेपाल सरकारको हो । नेपाल सरकार कसको हो? नेपाली जनताको हो । अर्थात राष्ट्रबैंकले जारी गरेको १००० नोटको जमानी वा मालिक नेपाली जनता नै हो आखिर ।

तर अमेरिकि डलर को कुरा बेग्लै छ। डलरको नोट अमेरिकाको फेडरल रिजर्भ बैकले निष्काशन गर्छ, त्यो बैंकलाइ बैंकहरुको पनि बैंक भनिन्छ। तर त्यो बैंक अमेरिकी सरकारको स्वामित्त्व भएको बैंक होइन । त्यो बैंक धनाढ्यहरुको निजि बैंक हो । त्यो धनाढ्यहरुले जुन दिन सम्म जमानी बस्छ, डलरको भाउ कायम रहन्छ । त्यो बैंकका मालिकहरु नै डलरका वास्तविक मालिक हुन । अमेरिका सरकार त्यो डलरमा भर पर्नु पर्ने अवस्था भएको हुनाले ती धनाढ्यहरुको कव्जामा अमेरिकी अर्थतन्त्र छ ।

अमेरिकि डलरसित पेगिङ गरेको हुनाले डलरको भाउ बढे चीन पनि धनी हुने, डलरको भाउ घटे चीन पनि गरीब हुने अवस्था छ। यस्तो पेगिङ गर्नको निमित्त चीनले आफ्नो अर्थतन्त्रको निश्चित भाग डलर मा परिणत गरेर फेडरल रिजर्भ बैंकमा राख्नु पर्छ, यस्तो प्रावधानहरुका कारण चिनिया अर्थतन्त्र पनि तिनै धनाढ्यहरुको कब्जामा छ। चीनले जुन दिन उसको मुद्रा डलरसित पेगिङ बाट हटाउँछ, चीनको अर्थतन्त्र त्यो दिन आजको स्थीति भन्दा धेरै फरक देखिने छ। आज संसारभरी जहाँ जहाँ डलरको साम्राज्य छ त्यो सबै क्षेत्रहरु तिनै धनाढ्यहरुको कव्जामा छ ।

सन २०१६ को चुनाव हुनु अगाडि चुनावी प्रचारको सिलसिलामा एक टाउनहल भएको थियो । त्यो टाउनहलमा ट्रम्पलाइ प्रश्न सोधिएको थियो – अमेरिकाको सबैभन्दा ठूलो जटील समस्या के हो? ट्रम्पले उत्तर दिएका थिए – अमेरिकाको बैकिङ ब्यवस्था । अमेरिकामा अमेरिकि जनताको चाहना र इच्छा अनुसार बैकिङ व्यवस्था चल्दैन । त्यो समस्या निकै ठूलो र जटील हो । आज त्यो टाउनहलको भिडियो सबैतिरबाट बेपत्ता बनाइएको छ। चुनाव जितेको केहि समयपछि ट्रम्पले फेडरल रिजर्भ को नीति आलोचना गरेर ट्वीट गरेका थिए । तत्काल उक्त रिजर्भका मालिकका नाति, करीव ३० बर्षे पट्ठोले ट्रम्पलाइ ‘बास्टर्ड’ भनेर गाली गर्दै ‘तेरो काम राष्ट्रपति शासन चलाउने हो, आफ्नो काम खुरुखुरु गर, बैंकको काममा बकबक गर्ने हैन’ भनेर जवाफ दिएका थिए ।

अमेरिका भन्दा कैयौं गुणा ठूलो र प्राकृतिक स्रोतको धनी हुँदाहुँदै पनि रुसको अर्थतन्त्र न्यूयोर्क राज्य भन्दा सानो छ किन होला? किन कि रुसको मुद्रा डलर सित पेगिङ छैन। रुसको अर्थतन्त्र डलर सित पेगिङ गर्न नचाहेको हुनाले पुटिन र उनका मतियारहरु बर्षौं देखि अन्तर्राष्ट्रीय नाकावन्दीका शिकार भएर बसेका छन् ।

त्यसो भए यो अमेरिका र चीनको आर्थिक युद्ध इत्यादि के हो त? यो सबै कुराहरु यी अर्थतन्त्र कव्जा गरेर बसेकाहरुको नजरबाट हेर्ने हो भने एक खालको नाटक मात्र हो । तिनको निमित्त दायाँ गोजीबाट पैसो झिकेर बाँया गोजी भर्ने जस्तै मात्र हो। राजनीतिक माहौल को अवस्था हेरी तिनीहरुलाइ पैसो दाँयाको गोजीबाट बाँया, बाँयाको गोजीबाट दाँया सारीरहन पर्ने अवस्था आउँछ। यस्तो अवस्थालाइ सहज बनाउन यी धनाढ्यहरु ग्लोबलिज्मको नारा दिइरहेका हुन्छन् ।

तर शासकहरुको नजरबाट हेर्ने हो भने यो मुद्दा तिनीहरुको राजनीतिक अस्तित्त्व बचाउने लडाइ हो। चीनको निमित्त त्यहाँको अर्थतन्त्र साँगुरियो भने बेरोजगारी बढ्छ । बेरोजगारीका कारण चिनिया कम्युनिष्ट पार्टीको बिरुद्ध सत्ताबिप्लव हुने खतरा बढ्छ। त्यसैले चीनको कम्यूनिष्ट पार्टी जुनसुकै टिकडम अपनाएर भए पनि चिनिया अर्थतन्त्रमा लगानी गरीरहेका अमेरिकी धनाढ्यहरुलाइ चिढ्याउन चाहँदैनन । अमेरिकाको निमित्त पहिलाका शासकहरुले स-साना युद्ध र छोटामोटा सपनाहरुमा देशलाइ अल्झाएर अमेरिकालाइ धनीहरुको नम्बर वान स्वर्ग बनाइराखेका थिए । ट्रम्पले त्यो अवस्थामा परिवर्तन गरेर मध्यमवर्गीय मानिसहरुको गरीखाने उद्यम कायम रहोस भनेर केहि परिवर्तन गर्न खोजे । उनले अमेरिकामा आर्थिक राष्ट्रवाद जगाउन खोजे । चीनमा पनि शासकहरु आफ्नो पकड दह्रो बनाउनको निमित्त ‘राष्ट्रवाद’लाइ अँगालीरहेका छन् ।

ट्रम्प र सि जिङपिङ बीच गोप्य वार्ता हुँदा शायद कुरा भएको हुनुपर्छ ‘तिम्रो देशको वैकिङ समस्या र हाम्रो देशको वैकिङ समस्या एकै हो, मिलेर समाधान खोजौं’ । त्यसमा सहमति भएको होला कि ‘आर्थिक युद्ध लडे झै गरेर हामी बिस्तारै कुरा मिलाउँला’ । तर त्यो सहमतिमा एक्कासि कोरोनाभाइरस बिचमा छिरिदियो। ट्रम्पले शुरुमा यसलाइ हल्का रुपमा लियो । तर जब उनले बुझे कि ट्रम्प माथि सि जिङपिङले धोका दिए र डब्लुयाचोले पनि ट्रम्पलाइ खाल्डोमा हाल्ने नीतिमा साथ दिए, ट्रम्प हडबडाएर आक्रामक बने । अमेरिकाको बिदेश नीति त्यसपछि धेरै परिवर्तन भएको छ, जसको बारे अघिल्लो अमेरिका सम्बन्धि पोस्टहरुमा लेखीसकेको छु।

गत फेब्रुअरी मार्च तिर नै डेमोक्रेटिक पार्टीको नीतिहरु बुझेको एक मित्रले बताएका थिए, अर्थतन्त्र, विदेश नीति आदिको कुरा गरेर ट्रम्पलाइ चुनावमा हराउन सकिन्न्, कोरोनाभाइरस यसले नियन्त्रण गर्न सक्दैन, अक्टोवर सम्ममा २ लाख मान्छे मरेपछि ‘यो मुर्खले गरेर यत्रो मान्छे मर्यो’ भनेर यसलाइ कसैले भोट नदिने वातावरण बन्छ। त्यति खेर सम्ममा अमेरिकामा २ दर्जन मान्छे पनि मरेको थिएन, र मैले उनको कुरा ‘हावा गफ’ भन्ठानेर बेवास्ता गरेको थिएँ । तर आजको दिनसम्म हेरी ल्याउँदा ती मित्रले भनेको कुरा लगभग शतप्रतिशन मिलेको छ।

उनले नै भनेका थिए चुनाव अगाडि दंगाफसाद हुने छ । दंगाफसाद भयो भने डेमोक्रेटको भोटरहरु डराएर घरैमा बस्ने छ, त्यसैले तिनको लागि केहि न केहि ब्यवस्था गरेन भने दंगाफसाद कै कारण पनि ट्रम्प जित्ने छ। उसको भोटरहरु जुनसुकै हालतमा पनि बुथसम्म पुगेर भोट हाल्नेहरु हो।

आज चुनावको एक हप्ता अघिसम्म हेर्दा ती सबै जस्तो हाम्रो छलफलमा कुरा भयो त्यस्तै घटनाक्रम देखिदै गयो। ट्रम्पको सक्रियता र मेहनत अद्वितिय छ । बिहान ३ बजे देखि बेलुका ११ बजेसम्म खटेको देखिन्छ । हरेक सभामा ६० देखि ९० मिनेट लामो भाषण उभ्भिएर गर्छन । आज एक ठाउँमा १० डिग्री फरेनहाइट (-१२ डिग्री सेन्टिग्रेड)को चिसोमा समेत भाषण गर्दै थिए ट्रम्प। जाडो गर्मी बर्षात नभनी चुनावी दौडमा कुदीरहेका मात्रै होइनन, राष्ट्रपतिय जिम्मेवारी लगायत, न्यायाधिश चुन्ने प्रक्रियाहरु तिर समेत ध्यान पुराउँदै सबैतिर भ्याइरहेका छन् । उनको सक्रियताको अगाडी जो बाइडेन त निकम्मा नै भन्न लायक छ। त्यसमाथि बाइडेनको बोलीको टुङगो पनि नहुने, बेला बेला बोली फुस्किने रहेछ । उनको तारीफ गर्नेहरुले फुलबुट्टा भरेर तारीफ गर्ने मात्रै हो, तर बाइडेन भुलक्कड रहेछन । जसले जे गर्यो, जे क्षमता देखायो, उसलाइ त्यहि मुताविक निष्पक्ष मुल्यांकन गरेर जनताले भोट दिने हो भने ट्रम्प ले नै बाजी जित्नु पर्ने हो।

अब हेर्नु छ, मैले भने झै ट्रम्प जित्ने हो कि, मेरो साथीले भने झै ट्रम्प हार्ने हो ….

अलि लामो भयो, तर यसपाली अमेरिकी चुनाव सामान्य चुनाव होइन भनी साँगोपाँगो खाका बताएको छु। यसभित्र अमेरिका मा वाक स्वतन्त्रता समाप्त भएको, गृहयुद्धको अंकुरण हुँदै गएको, ठूला टेक्नोलोजी कम्पनी को मनपरी तन्त्र तथा फासिवाद हुर्कँदै गएको, हतियार भण्डारण चुलिएको आदि पक्षहरु समेटेको छैन। यो सबै बुझेपछि थाहा हुन्छ अहिले मिडियाले ट्रम्पलाइ लखेटेको किन रहेछ, ट्रम्पले को सित पंगा लिएको रहेछ र उसले कत्रो खतरा मोलेछ भनेर। यी कुराहरु थाहा राखेपछि, मिडियामा प्रचारीत कुराहरुको आधारमा अमेरिका चीन, भारत ट्रम्प मोदी आदिको बारे भनिएको कुराहरु कति सत्य कति झूठ आँकलन गर्न सकिन्छ।

कुरा बुझौं मुसुमुसु हाँसौ ।

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑