• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / विचार

दशैँको मनोवैज्ञानिक पक्ष


Illustration: Ratna Sagar Shrestha/ THT
सुभाय् संवाददाताOctober 25, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ४ मिनेट

डा गोपाल ढकाल , मनोविद्

चाडपर्वले मानसिक स्बास्थ्य सबल बनाउछ । गोपाल ढकाल, मनोविद बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईसरको असर शारीरिक तथा मानसिक स्बास्थ्यमा मात्र होइन आर्थिक, सामाजिक , धार्मिक , सांस्कृतिक, चाडपर्व , रहनसहन लगायतका प्राय सबै क्षेत्रमा परेकोछ। कोरोना संक्रमणका कारण यस बर्ष दशैँलाई खुलेर हर्षोल्लासका साथ मनाउने अबस्था छैनौ । तर जस्तो सुकै विषम अबस्थामा पनि हामीले हाम्रो धर्म, संस्कृति र परम्परा भुल्नु हुदैन । यसको संरक्षणमा जोड दिनुपर्छ । यो बर्ष भने कोरोनाको संक्रमणलाइ ध्यान दिदै भौतिक दुरी कायर गरेर सुरक्षाका उपायहरु अपनाउदै जो जो जहाँ छन त्यहिबाट दशै मनाउनु नै उतम हुन्छ। दशैको सबैभन्दा महत्त्वपूर्ण पक्ष आशिर्वाद लिने दिने र शुभकामनाको आदन – प्रदान गर्ने कार्य भएकाले भौतिक रुपमा भेटधाट हुन नसकेपनि बैकल्पिक रुपमा फोन वा सोसियल मिडियाको प्रयोग गर्न सकिन्छ ।

चाडपर्वको धार्मिक रूपमा मात्र होइन, सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक रूपमा समेत ठुलो महत्व रहेको हुन्छ। दशैँ तिहार जस्ता महत्वका चाडपर्वहरुलाई कुनै जात , जाति र धर्म सम्प्रदायसँग मात्र सिमित नबनाई परम्परा र संस्कृतिका रूपमा विकसित गर्नुपर्दछ। यस्ता राष्ट्रिय चाडपर्वहरूले नेपालीहरुमा राष्ट्रिय एकता, शान्ति र सद्भाव कायम राख्न मद्दत गरिरहेको हुन्छ साथै नेपाली हुनुको गौरब र पहिचान गराउँछ । किम्बदन्ति अनुसार पनि बिजया दशै असत्य माथी सत्यको जितको उत्सबका रुपमा मनाईन्छ। बिजयको उत्सवले आत्मबल , आत्मविश्वास, जोश जागर, हौसला बढाउने तथा नैरस्यतालाई हटाउने गर्छ । विश्व स्वास्थ्य संगठनका अनुसार स्वस्थ्य भनेको शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक चारै तबरबाट स्वस्थ हुनु हो । दशैँजस्ता चाडपर्वहरुले मानिसलाई यी चारै किसिमबाट स्वास्थ्य रहनका लागि मद्दत पुर्याइरहेको हुन्छन ।

दशैँ यस्तो मौसममा पर्छ जुनबेला खेती किसानी गर्ने व्यक्तिलाई कामको कुनै बोझ हुँदैन । कामको चपेटाबाट मुक्त भएर आराम गर्ने अवसर पनि हो दशैँ । चाडपर्वमा प्रायः सबैले सधैको भन्दा फरक मीठो मसिनो र पोषिलो खानेकुरा खाने गर्दछन् । दशैँमा विशेष रूपमा खाइने दही, चिउरा, घ्यु, फलफूल, मिठाई, माछामासु जस्ता खानेकुराले शरिरमा शक्ति प्रदान गर्छ जसले शारीरिक रूपमा स्वस्थ्य रहन मद्दत पुर्याउँछ । दशैँमा पिङ्ग खेल्दा शारीरिक व्यायम हुनुका साथै खाएको गरिष्ठ भोजन पचाउन मद्दत गर्छ। पिङ्ग खेल्दा मनोरञ्जन पनि भैरहेको हुन्छ । दशैँको बेला ठुलाले सानालाई टिका लगाएर दिइने आर्शिवाद र एकअर्कामा गरिने शुभकामनाको आदान–प्रदानले व्यक्तिमा जोश, जाँगर र हौसला बढाउँछ । निराश मनमा पनि आत्मबलको सञ्चार हुन थाल्छ। आफन्त र साथीभाइसँगको भेटघाटले निराशा र एक्लोपन हटाउँछ । व्यक्तिलाई सही मार्गमा हिँड्ने प्रेरणा मिल्दछ र सकरात्मक सोचको विकास हुन्छ । यसले व्यक्तिको मानसिक स्वास्थ्य प्रबद्र्धनमा मद्दत गर्दछ। कोरोनाले धेरैलाई निराश बनाएको अहिलेको अबस्थामा आत्मबल, प्रेरणा र सकारात्मक सोचको संञ्चार हुनु अति आबस्यक छ । दशैको रमझमले खुसियाली र उमङ्ग लिएर आउँछ । अझ केटाकेटीहरू त दशैँ कहिले आउँला भनेर दुई चार महिना अगाडिदेखि नै औँला भाँच्न थाल्छन्। दर्शैँको अवसरमा आफन्त तथा साथीभाइहरूसँग गरिने भेटघाट र शुभकामनाको आदन–प्रदानबाट आत्मीयता, माया, प्रेम, सद्भाव, भाइचारा, मेलमिलाप र निकटता कायम राख्न मद्दत गर्दछ । यसले मानिसलाई सामाजिक रूपमा स्वस्थ्य बनाउछ । घर छोडेर विदेशिएका वा टाढा परदेश गएका परिवारका सदस्यहरूलाई एकै ठाउँमा ल्याउने चाड हो दशैँ । विदेशिएका धेरै नेपालीहरू दशैँको अवसरमा स्वदेश फर्किने समय कुरेर बसेका हुन्छन् । तर भलै यो पटक भने धेरै नेपालीहरु दशैमा पनि घर फर्कन पाएनन् । नाति नातिनादेखि हजुरबुबा, हजुरआमा एकै ठाउँमा भेला भएर हर्षोल्लासका साथ मनाइने दशैँले बढ्दै गएको जेनेरेशन ग्यापलाई कम गर्न र सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत गर्दछ । दशैँको बेला विभिन्न शक्तिपिठहरूमा गएर गरिने पूजापाठले व्यक्तिलाई आध्यात्मिक बनाउन मद्दत गर्दछ । आत्मिक शक्ति प्रदान गर्दछ । आत्मिक शक्तिले व्यक्तिलाई मानसिक रूपमा पनि सवल बनाउँछ । आध्यात्मिक स्वास्थ्यले व्यक्तिलाई अनुशासित, नैतिकवान र कर्तव्यनिष्ठ बनाउँछ । मानसिक स्वास्थ्यका लागि चाडपर्वले थेरापीकै काम गरिरहेको हुन्छ । चाडपपर्वको मनोबैज्ञानिक पक्षलाई बुझि यसलाई धर्मको रुपमा नहेरी चाडपर्वको रूपमा स्विकार गर्ने र मनाउने हो भने धेरै राम्रो हुन्छ ।

दशैँ नेपालीहरूको मौलिक पर्व पनि हो । नेपालमा मगर, गुरुङ, राई, लिम्बु, थारु, नेवार, क्षेत्री, बाहुन आदि जातिमा जस्तो चामलको टिका र जमरा लगाउने चलन संसारका अन्य कुनै पनि जाति वा हिन्दुहरूमा पाइँदैन। दशैमा चामलको टीका लगाएर अन्नको नाश भयो भन्ने गरेको पनि सुनिन्छ। तर चामलको टिका लगाउनु अन्नको सम्मान गर्नुहो । यसको महत्त्वलाई बुुझ्नु हो । यसले नेपाल कृषि प्रधान देश हो भन्ने कुरा पनि झल्किन्छ । दशैमा लगाईने रातो रंग मिश्रित चामलको टिकाले मानिसमा उर्जा , जोश – जागर , उत्साह, साहस बढाउछ । रातो रंग शक्ति, उत्साह , सौभाग्य र बिजयको प्रतिक हो । दशैँमा टिकासँगै जमरा लगाउनुको पनि अर्थ छ । जमराको जुस जसलाई अमृतरस भनिन्छ । जमराको जुस दैनिक सेवनले धेरै किसिमका रोगहरू लाग्नबाट हामीलाई बचाउँछ र दीर्घ जीवन दिन्छ । दशैँमा जमरा लगाउनुको अर्थ जमराको औषधि गुण र महत्वलाई झल्काउने प्रतीकको रूपमा लिनु पर्छ। दशैँमा टीका लगाएर दक्षिणा दिनु पनि आफैमा नराम्रो होइन । चाडपर्वको बेला किनमेल गर्दा पैसा खर्च हुने, ऋण समेत लाग्न सक्ने हुँदा सक्नेले गच्छे अनुसार टिका लगाएर पैसा दिंदा यसले थोरबहुत ऋणबाट मुक्त हुन र आर्थिक अवस्था सुधार गर्न मद्दत गर्दछ ।

यस बर्ष त कोरोनाको कारण अर्थतन्त्र नै तहस नहस भएको छ। धेरैको आर्थिक अबस्था कमजोर भएकोछ । “घाँटी हेरी हाड निल्नु” पर्दछ भन्ने मान्यता अनुरुप आफ्नो गच्छे अनुसार बिना तडक भडक चाडपर्व मनाउनु पर्छ। “दशैँ आयो, खाउँला पिउँला के खाउँला, चोरी ल्याउँला” अर्थात जसरी पनि मिठोमसिना खानैपर्छ, जसरी पनि राम्रो लगाउनै पर्छ भन्ने सोचले दशैँलाई बोझिलो र तनावपूर्ण बनाउनु हुदैन । चाडपर्वलाई फजुल खर्च गर्ने बाहनाको रूपमा होइन , आफूलाई उत्साहित गर्ने , आपसी सम्बन्ध प्रगाढ बनाउने, माया प्रेम र सद्भाव बढाउने अवसरको रूपमा लिनु पर्दछ । साथै चाडपर्वको बेला जुवातास खेल्ने, होहल्ला गर्ने, रक्सी खाने, झै झगडा गर्ने जस्ता नकारात्मक पाटोलाई हटाउनु पर्छ ।

दशैँको बेला देवीदेवताको नाममा चढाइने बली भने एक किसिमको अन्धविश्वास नै हो । प्राणी हत्या महापाप हो। तर पेटको लागि मानिसहरु जस्तोसुकै पाप गर्न र बाहना बनाउन पछि पर्दैनन। मान्छेले आफ्नो पापलाई छल्न देवीदेवतालाई बली चढाएको प्रसाद भन्दै खाने निहुँ र बाहना बाहेक अरु केही होइन बली प्रथा। यदि सबै प्राणी देवीदेवताको सृष्टि हुन् भने आफैले सृष्टि गरेको आफ्नै सन्तानलाई आफ्नै आमाले भोग कहिल्यै माग्दिनन । बली प्रथाले स्वयम् व्यक्तिलाई हिंस्रक, मानसिक रूपमा कमजोर, चिटचिटाहाट, अस्थिर र रिसाहा बनाउने गर्दछ । शाकाहारी व्यक्तिहरूलाई दशैँको बेला हुने मारकाटले अत्यन्तै धेरै तनाव पुर्याउछ । खसीबोकाको क्रन्दन, रगत र काटमारको दृश्यले उनीहरूलाई दुखी र मानसिक रूपमा अस्थिर बनाउने गर्दछ । वास्तवमा बली चढाउनु भनेको आफ्ना कमिकमजोरी, खराब आचरण, असुरी र दुर्बल पक्षहरू, पासाविक मनोवृत्ति, काम, क्रोध, लोभ र मोहजस्ता कुरा छोड्ने संकल्प देवीदेवताका सामु राख्नु हो । आफ्नो गलत कार्यको प्रायश्चित गर्नु हो । दशैमा विशेष गरि शक्तिपिठहरूमा दुर्गा भवानीको पूजा गरिन्छ । दुर्गा माता अर्थात् महिला वा स्त्रीलाई शक्तिको रूपमा पुजा गर्नु, शक्तिको प्रतीकको रूपमा लिनु हाम्रोजस्तो पुरुषप्रधान समाजका लागि अर्थ पुर्ण र महत्वपुर्ण रहेकोछ।

(लेखकः ढकाल मार्क नेपाल मनोसेवा केन्द्रमा कार्यरत छन् )

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑