इन्द्र बहादुर श्रेष्ठ , बिर्तामोड
हरेक मान्छेको चाहना
सबैलाई खुसी पार्ने नै हुन्छ
तर कस्ले बुझ्छ सुन्छ र खुसी भएँ भन्छ र !
तर पनि भरसक खुशी पार्छु भन्ने नै हुन्छ
मुखले जति खुशीको कुरा गरे पनि
सबै थोक ब्याबहारमा निर्भर हुन्छ
हरेक मानिसमा केही न केही फरक हुन्छ
फरक के हो बुझ्नै गारो !
बुझेर पनि पूरा गर्नै नसकिने रहेछ ।
त्यसैले बाँचुन्जेल धेरै मित्र पनि भय होलान
थाहा पाई नपाई
कति सत्रु भए होलान्
तर पनि म खुशी छु !
म बाँचुन्जेल रिसाउनेहरु हो
नरिसाउ एक दिन तपाईं खुसी हुने दिन आउने छ
मत तपाईंसँग रिसाएको छुइन नि !
मेरो सुपुत्रहरुलाई जानकारी रहोस
म मरेको पहिलो सूचना उसैलाई पुगोस्
जो मसँग धेरै रिसाएको होस्
जिवनमा कहिले नपाएको खुसी
त्यो दिन उसले पाओस्
जुन दिन मेरो सरिरले प्राण छोड्ने छ
म उसलाई पनि खुसी देख्नु चाहन्छु
जय होस बेखुसीहरुको !
(२०७७-७-३)
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५