काठमाडौं / दुखपूर्वक भन्नुपर्छ सरकारका सम्बन्धित निकाअयले कार्य व्यवस्थापन सहि तारीकाले गर्न नसकेपछि आज मात्र काठमाडौं उपत्यकामा २,३८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौंमा मात्र २००८ जना संक्रमित आज थपिएका छन्।
काठमाडौंका बाटाहरुमा पाइला टेक्ने ठाउँ छैन । त्यसमाथि काठमाडौंको मुटु मानिने इन्द्रचोक, असन , न्युरोडका मानिस हिंड्ने पेटीहरुमा खुलेआम फुटपास पसलहरु राखिएको छ । स्थानीयहरुको चर्को बिरोधका बाबजुद महानगर पालिकाको नियम बिपरित यसरी फुटपाथ पसल राख्दा पनि स्थानीय निकायले केही गर्न सकेको छैन । यस्तै अवैधानिक कार्यलाई व्यवास्थित गर्न खडागरिएको महानगरीय प्रहरी मौन छ । यसको अर्थ हुन आउँछ महानगरले पनि फुटपाथलाई बेवास्ता गरेको छ ।
उता ललितपुर महानगर पालिकाका महानगरीय प्रहरी प्रमुखले त्यहाँका सबै फुटपाथ पसल हटाउने र नियम बिपरित रहेका सबै किसिमका कुराहरूको व्यवस्थापन गरेर वाहवाही पाइरहेका छन् ।
यता महानगरीय प्रहरी निकम्मा र भ्रष्टको बिल्ला लागिरहेको छ ।
काठमाडौंमा अहिले सबैभन्दा बढी कोरोना संक्रमित बढिरहेको छ । भीडभाडले अझ संक्रमण बढाउँछ सबैलाई थाहा छ तर महानगर पालिकाले भीडलाई नियन्त्रण गर्ने कुनै ठोस काम गर्दै नगरेको स्थानीय महानगरबासीको गुनासो रहेको छ ।
आज काठमाडौं उपत्यकामा २३८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौं जिल्लामा मात्र सबैभन्दा बढी २००८ जना थप संक्रमण पुष्टि भएको छ । यो भयावह छ। यस अवस्थामा बढेको यो भीडले संक्रमण अन्धाधुन्ध रुपमा फैलन सक्ने विष्लेषकरुको दाबी रहेको छ । सरकारले कोरोनाको उपचार मात्र हैन कि कोरोनाका कारघरमा मृत्यु भाएकाको समेत व्यवस्थापन गर्न नसकिने बताइरको बेला काठमाडौंमा यस्तो किसिमको भयावह संक्रमण देखिएको छ । महानगर पालिका ,प्रदेश सरकार र संघीय सरकारले पनि यसलाई नियन्त्रण गर्न कुनै ध्यान नदिएको भन्दै स्थानीय बासिन्दा क्रुद्ध र हतास बनेका छ्न् ।
मन्त्रालयका अनुसार आज ललितपुरमा २८१ र भक्तपुरमा ९९ जना नयाँ सङ्क्रमित पहिचान गरिएको जनाएको छ ।
आज देशैभरि ३७९० सङ्क्रमित थपिएका छन् ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५