काठमाडौं । नवनियुक्त तीन मन्त्रीहरुले आज सपथ ग्रहण सँगै कार्यभार पनि ग्रहण गरे भने उनीहरुले आ-आफ्नो प्रतिबद्धता पनि जनाएका छन् ।
मन्त्रालयको पदभार ग्रहणपछि पत्रकारहरुसँग कुरा गर्दै सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले ठोस परिणाम देखिने गरी आफूले काम गर्ने प्रतिवद्धता जनाएका छन् । उनले राज्यमन्त्री रामवीर मानन्धरसँग मिलेर परिणाम देखिने गरी कार्यसम्पादन गर्ने बताए ।
पदभार ग्रहण गर्ने क्रममा अर्का नवनियुक्त मन्त्री सूचना सञ्चार तथा प्रविधिमन्त्री पार्वत गुरुङले आफू गलत नगर्ने र गलत गर्नेहरुलाई पनि स्वीकार नगर्ने प्रतिबद्धता व्यक्त गरे
बालुवाटारको जग्गाको कान्डका कारण चर्चामा रहेका नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले भने पदभार ग्रहण्को क्रममा पत्रकारहरुलाई प्रवेशको अनुमति नदिएको कुरा चर्चामा रह्यो ।
यसरी पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्रीहरुले आज मन्त्रालयमा पहिलो हाजिरी जनाउदै प्रतिबद्धता जनाउने र आफ्नो कार्य शैलीको नमूना प्रदर्शन कार्य गरेका छन् ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५