काठमाडौं / कोरोना महामारीका कारण यस वर्षको श्री पचली भैरव जात्रा हुने हो कि होइन भन्ने अन्योलता समाप्त भएको छ । पचली आजुको जात्रा आवश्यक विधि सामान्य रूपमा पूरा गरि यसपटकको जात्रा सम्पन्न गर्ने भएको छ । यस सम्बन्धमा आज पचली भैरव गुथियार खलः र जात्रा व्यवस्थापन समितिको संयुक्त रुपमा एक भेला आयोजना गरिएको थियो । उक्त भेलाले परापूर्वकालदेखि चलिआएको पचली भैरवको जात्रा सधैंझैं भव्य रुपमा नमनाइकन परम्परागत संस्कार र विधि व्यवहार सामान्य रूपमा गरी जात्रा मनाउने निर्णय गरेको छ ।
श्री पचली भैरवको जात्रा परापूर्वकालदेखि हरेक वर्ष कौलाथ्व पारुदेखि पञ्चमीसम्म भव्यरुपमा भक्तिभावपूर्वक धार्मिक , सांस्कृतिक गतिविधि सहित मनाउने गरिन्छ । छलफल कार्यक्रममा सहभागीहरुले सुझाव राख्नेक्रममा सुरक्षित रुपमा जात्रा सम्पन्न गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५