• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Tue, 20, May, 2025
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / उपत्यका

मनमोहन मेमोरियल शिक्षण अस्पतालमा पनि पिसिआर परिक्षण सुरु


सुभाय् संवाददाताOctober 13, 2020 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : ७ मिनेट

काठमाडौं / मनमोहन मेमोरियल शिक्षण अस्पताल , स्वयम्भू चक्रपथमा औपचारिक रुपमा कोरोना भए नभएको बारे परिक्षण गर्ने विधि आरटीपिसिआर टेस्ट गर्ने ल्याबको आज मंगलबार  एक सामान्य कार्यक्रमका बीच सांसद राजेन्द्र पाण्डेले उद्घाटन गरेका छन् ।
देशमा कोरोनाका बिरामीहरु बढ्दै गएको तथ्यलाई मध्यनजर राखि यसरी मनमोहन अस्पतालमा पनि पिसिआर टेस्ट ल्याबको स्थापना गरिएको उनले बताए । अस्पताल संचालक समितिका अध्यक्ष  समेत रहेका पाण्डेले यस ल्याबले दैनिक ५०० जना सम्मको परिक्षण गर्न सकिने र सरकारले तोकेको दरमा २ हजार रुपियाँमा परिक्षण गरिने बताए ।
यसका साथै अस्पतालमा ३० सैयाको कोरोना उपचारको अलगै बेडको व्यवस्था गर्न लागेको पनि उनले बताए ।                                                                                         अस्पतालले निजि क्षेत्रको बिभूति ल्याबसँगको सहकार्यमा यस पिसिआर परिक्षण ल्याबको संचालन गरेको बताउँदै निर्देशक पाण्डेले यसले अस्पतालका बिरामी तथा अन्यले पनि यस ल्याबको स्थापनाले परिक्षणको सुबिधा लिन सक्ने बताए । उनले मनमोहन मेमोरियल टिचिङ हस्पिटलले पनि कोरोना नियन्त्रणमा केही हदसम्म भएपनि मद्धत गर्ने उद्देश्य लिइ कार्य गरिरहेकोे बताए ।
सहकार्य गरेको संस्था बिभूतीका कार्यकारी प्रमुख उर्दीप जोशीले उपत्यकामा कोरोनाको महामारी फैलँदै गएको र यस अवस्थामा शंका लागेका व्यक्तिले कोरोना टेस्ट गराई आफू आफ्नो परिवार तथा समाजलाई समेत मद्धत गर्न सक्ने बताए।  उनले आवश्यकता अनुसार आफूहरूले घर घर सम्म पनि पुगेर स्वाब संकलन गरेर परिक्षण गर्ने सुबिधा पनि दिने जानकारी पनि  दिए ।
” कोरोना जो कोहिलाई पनि हुन सक्छ । कोरोना हुनेप्रति समाजको धारणा नकारात्मक नहोस् । उनीहरूप्रति पनि समाजको हेर्ने दृष्टिकोण सहयोगात्मक हुनुपर्छ ” उनले बताए ।       
अर्का सदस्य डा. मनोज मान श्रेष्ठले इंगल्याण्डको थर्मोफिसर कम्पनीको परिक्षण गर्ने मेसिन प्रयोगमा ल्याएको बताउँदै पिसिआर परिक्षण गुणस्तरीय हुने विश्वास व्यक्त गरे ।  “यसरी मनमोहन अस्पतालमा पनि पिसिआर ल्याब संचालन गर्नुको उद्देश्य अवस्थाजन्य आवश्यकता अनुसार समाजप्रतिको आफ्नो उत्तरदायित्व पूरा गर्नु पनि हो ” उनले बताए ।

सम्बन्धित पोस्ट
  • भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव
  • Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage
  • धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान
  • साथीका निम्ति प्रेमको सौगात
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    “जि ला घ्यान्सेयाम्ह हे खनि सा !!”- द्वारिकादास राजभण्डारी

    “गुथी अष्ट्रेलिया”को अध्यक्षमा कुन्दन ताम्राकार

    बदलिँदो भू-अर्थ-राजनीति

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प

    महानगरका मेयरले गरे स्वयम्भू महोत्सवको उद्घाटन

    अमेरिकाले गर्‍यो नेपाल सहित १७ देशको टीपीएस खारेज, हजारौँ नेपालीको बिचल्ली हुने

    सुभाय् पोस्ट बिशेष

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    “जि ला घ्यान्सेयाम्ह हे खनि सा !!”- द्वारिकादास राजभण्डारी

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2025: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑