काठमाडौं /वाट पोछाइ आराम लौनाग थाइ राजकीय विहार(Wat Phochai Aram Launag Royal Thai Monastery) तथा नेपाल सरकारको सहकार्यमा एक थाइ बौद्ध विहारकाठमाडौंमा बन्ने भएको छ ।
भगवान गौतम बुद्धको जन्मभूमि नेपालमा बौद्ध बिहार निर्माण गर्ने उक्त संस्थाले विहार थाई वास्तुकलामा आधारित हुने बताएको छ । “बिहारमा ध्यानकेन्द्र, चार बौद्ध संवेजनिय स्थल( लुम्बिनी, बुद्धगया, सारनाथ र कुशीनगर)को नमुना, विहारमा श्रद्धेय दिवंगत भन्तेको मूर्ति पनि सँगै स्थापना हुनेछ ।” बिहार निर्माणमा संलग्न नेपालमा रहेका एक जिम्मेवार व्यक्तिले जानकारी दिए ।
विहार निर्माणको लागि नेपाल सरकारको तर्फबाट ३,००,००० वर्गमिटर जग्गा उपलब्ध गराईसकेको र हाल प्राविधिकको एकटोलीले सर्वे गरि रहेको उनले बताए ।
विगत ६ वर्षदेखि थाई-नेपालको संयुक्त आयोजनामा बुद्धगयामा हुँदै आईरहेको श्रामणेर प्रब्रज्या कार्यक्रममा उक्त विहारको संरक्षकत्व प्राप्त भईरहेको थियो भने बुद्धगयामा स्थापित विद्यालय सोही विहारका तत्कालिन विहाराधिपति दि. श्रद्धेय भन्ते लोँफो फासाईले उदघाटन गर्नु भएको थियो ।
नेपालमा स्थापित हुने सो विहारको शिलान्यास कार्यक्रममा उहाँ श्रद्धेय दिवंगत भन्तेज्युको गुणानुस्मरण गर्दै १०८० जना कुलपुत्रहरुको श्रामणेर प्रब्रज्या गर्ने कार्यक्रम पनि रहेको छ ।
“यस विहार स्थापना पश्चात बौद्ध देश थाईल्याण्ड र बुद्ध जन्मभूमि नेपालबीचको सम्बन्धमा एक कोशे ढुंगा थप्ने कार्य गर्नेछ यसमा दुई मत हुने छैन हामी सबैजना विश्वस्त छौँ ।” बिहार निर्माणमा संलग्न व्यक्तिले बताए ।
नेपालमा राजकीय थाइ बिहारको निर्माण कार्यलाई सकारात्मक तथा स्वागतयोग्य कार्यको रूपमा हेर्न सकिन्छ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५