काठमाडौँ / काठमाडौंको ऐतिहासिक महत्वको न्हूपुखू- रानीपोखरीमा रहेको बाल गोपालेस्वर मन्दिरको आज विधिपूर्वक गजुर पूजा गरियो । २०७२ सालको महाभूकम्पका कारण क्षति भएको रानीपोखरीको जिर्णोद्धार पून:निर्माण कार्यको सिलसिलामा आज यस पोखरीको मध्ये भागमा अवस्थित मन्दिरमा बिधिपूर्वक गजुर पूजा गरि मन्दिरमा राखिएको थियो । यसभन्दा अगाडि यस पोखरीलाई पुरानो स्वरुपमा पुननिर्माण गरि पानी भर्ने काम भएको थियो ।
महाभूकम्पले क्षति भएपछि यस पोखरीको जिर्णोद्धार र पुन:निर्माणका सवालमा विवादका देखिएको थियो । यसलाई सम्पदा अभियन्ताहरुको निरन्तर दवाबका कारण पछिल्लो समयमा पुरानै स्वरुप्मा यसको निर्माण कार्य अगाडि बढाइएको थियो ।
भूकम्पले क्षति भएको न्हूपुखू रानीपोखरीको बीच भाग रहेको बाल गोपाश्वर मन्दिर मल्ल कालमा निर्मित शैली शिखर शैलीमा पुन: निर्माण गरिएको छ । यसभन्दा अगाडि ९० सालको भुइँचालोपछी राणाकालमा यसलाई गुम्बज शैलीमा निर्माण गरिएको थियो ।
काठमाडौंको शोभाको रुपमा रहेको यस ऐतिहासिक पोखरी प्रताप मल्लले बनाएको इतिहासमा उल्लेख छ र यस पोखरीको दक्षिण भागमा प्रताप मल्ल सहित चढेको हात्तीको मूर्ति रहेको छ । यस पोखरीको चार कुनामा अंशुवर्माको समयमा निर्मित शिलालेख सहितको ल्वँहिती -ढुंगेधाराहरु भेटिनुले यो पोखरी पनि लिच्छविकालमै निर्माण भइसकेको हुन सक्ने र प्रताप मल्लले यसको पुन:निर्माण गरेको हुनसक्ने पनि कतिपय इतिहासकारहरुले उल्लेख गरेको पाइन्छ ।
आज गजुर पूजा गरिएको यस मन्दिर वर्षमा एकपटक भाइटिकाको दिन खोलिने परम्परा रहेको छ । यसैबीच भूकम्पले क्षति बनाएको न्हूपुखू -रानीपोखरीको करिब ९७ प्रतिशत काम सम्पन्न भइसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका विज्ञ राजुमान मानन्धरले जानकारी दिएका छन् । रानीपोखरीको सुन्दरतासँग पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर पनि जोडिएको छ भन्दै उनले निर्माण सम्पन्न बालगोपालेश्वर मन्दिर फरक शैलीमा बनेको यस मन्दिरमा राखिने गजुर २८ तोला सुनको लेपन गरिएको छ भने यसको तौल १२३ किलोको रहेको बताए ।रानीपोखरीको शिलान्यास राष्ट्रपति विद्यादेवी भण्डारीले १८ औँ राष्ट्रिय सुरक्षा दिवसको अवसरमा २०७२ माघ २ गते गरेका थिए । पुनर्निर्मित रानीपोखरीको उदघाटन पनि राष्ट्रपतिबाटै गराउने सरकारको योजना छ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५