• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Wed, 11, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / सम्पदा/संस्कृति

हडपिएको बौद्ध महाबिहार , सिलखाना !


सुभाय् संवाददाताSeptember 27, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ५ मिनेट

काठमाडौं महानगरपालिका वडा नं. २१ लगन टोलस्थित शिलखाना रहेको स्थानमा काठमाडौं महानगरपालिकाले खुल्ला पार्क निर्माण गर्ने तयारी गरेको जानकारी प्राप्त भएकोले उक्त स्थानमा कुनै प्रकारको पार्कको सट्टा त्यहाँ अस्तित्वमा रहेको मल्लकालिन बौद्ध विहार नै पुनर्निर्माण गरिनु पर्दछ ।
उक्त स्थानमा रहेको पुरानो जीर्ण भवन लामो समयसम्म जीर्ण अवस्थामा रहेको र बर्षात्को समयमा भवनको एउटा खण्ड करीब एक दशक अघिनै भत्कीएको र बांकी खण्ड पनि वि.सं. २०७२ सालको महाभूकम्पमा भत्केका कारण त्यहाँका सम्पूर्ण भग्नावेशषहरु सफा गरी पूरा क्षेत्रलाई खुल्ला गरिएको थियो । उक्त स्थानमा रहेको पुरानो भवनलाई स्थानीय बोलिचालीमा शिलखाना, भिमसेन थापाका भाई बस्ने निवास, घोडा राख्ने तबेला आदि भनी सम्बोधन गरिए पनि सो ठाउँ मूलतः एक मल्लकालीन बौद्ध विहार रहेको तथ्य स्मरण गराउन चाहन्छौँ ।     
राजा प्रताप मल्लको पालादेखिनै अस्तित्वमा रहेको उक्त ठाउँको विहार किर्तिपुण्य महाविकार लगं बहाको कचा बहा(शाखा विहार) को रुपमा अवस्थित थियो । लगं बहाको संग आवद्ध विहारहरु मध्ये उक्त विहारमा प्रताप मल्लका छोरा नृपेन्द्रमल्ल र चक्रवेतिन्द्र मल्लका पालाका दुईटा शिलालेखहरु अहिलेसम्म पनि रहेका छन् । मल्लकालिन उक्त विहारमा दुईवटा चैत्यहरु अझै पनि पाईन्छ । एउटा चैत्य नृपेन्द्रमल्लको पालाको हो भने अर्को चैत्य मल्ल राजा जयप्रकाशमल्लको पालाको हो ।
राजा जयप्रकाश मल्लले लगन टोलस्थित लगं बहाःको बाहिरपट्टि पनि वि.सं. १८०१ तीर अर्को उक्त विहारलाई जीर्णोव्दार गरी अझ भव्य र आकर्षक बनाएका थिए । राजा जयप्रकाश मल्लले लगं बहाःकी एक महिलालाई विवाह गरी आफ्नी दोश्रो महारानी बनाएका थिए । उनीबाट जन्मिएका छोरालाई जयप्रकाश मल्लले आफू पछि राजा हुने रोलक्रममा राख्न आफू जीवित रहेकै अवस्थामा युवराज घोषणा गर्ने तयारी गरेका थिए । तर दरवारमा उनका जेठी महारानी तर्फका छोराहरुले यसमा आपत्ति जनाए पछि जयप्रकाश मल्लले उक्त छोरालाई लगं बहालमै ल्याई बौद्ध परम्परा अनुसार चुडाकर्म (बरे छुयेगु) गरी विहार संघको सदस्य समेत बनाए । त्यस पछि उनी बस्नका लागि लगं बहाः बाहिर जयप्रकाश मल्लले उक्त विहारलाई सुन्दर विहार निर्माण गराए । राजाका अत्यन्त मनपर्ने छोराका लागि जीर्णेव्दार गरिएकोले उक्त विहार अत्यन्त भव्य र विहार वास्तुकलाका सम्पूर्ण अंगले पूर्ण थियो ।
मल्लवंशको अन्त्य पछि नेपालमा शाहवंशीय शासन शुरु भयो । शाहवंशीय शासनकालमा लामो समय प्रधानमन्त्री बनेका भिमसेन थापाले उक्त क्षेत्र अतिक्रमण गरी त्यहाँ घर र तबेला बनाएका थिए । उक्त घरमा प्रधानमन्त्री भिमसेन थापाका भाई रणवीर सिंह थापा (जो भिमसेन थापाको पटन पछि सन्यासीको रुप धारण गरी स्वामी अभयानन्द भए ) लाई बस्ने व्यवस्था मिलाए । भिमसेन थापाको पतन पछि थापा परिवारलाई सर्वस्व हरण गरी देश निकाला गरे पछि उनीहरु छिन्नभिन्न भए । धेरै जसो भारततिर पनि भागे । पछि राजा राजेन्द्र वीर विक्रम शाहकी कान्छी रानी राज्यलक्ष्मीले आफ्ना तर्फका छोरा रणेन्द्र वीर विक्रमलाई राजा बनाउनका लागि भिमसेन थापाका भान्जा माथवरसिंह थापालाई भारतको शिमलाबाट नेपाल बोलाए । वि.सं. १९०० पौष १२ गते नेपालका मुख्तियार बनेका माथवरसिंह थापालाई वि.सं. १९०१ आश्वीन ७ गते मुख्तियारका साथसाथै प्रधानमन्त्री र कमाण्डर इन चीफ समेत नियुक्त गरे । शक्तिमा आए पछि माथवरसिंह थापाले लगं बहालको बाहिर जयप्रकाश मल्लले स्थापना गरेको उक्त विहार पनि नष्ट गरी भिमसेन थापाका भाई बस्ने गरेको घर परिसरलाई विस्तार गरे । उक्त विहारमा बसोवास गर्ने लगं बहाःका शाक्य परिवारलाई त्यहाँभन्दा अलि पर ध्वाखासि नाय्पाःच्व भन्ने ठाउँमा स्थानान्तर गरे ।

मल्लकालिन शिलालेख

सो ठाउँमा रहेको मल्लकालिन महाविहारलाई माथवरसिंह थापाले अतिक्रमण गरी विहारको अस्तित्व समाप्त गरेको व्यहोरा अन्वेषक जोन के. लकले आफ्नो पुस्तक ‘बुद्धिष्ट मोनास्ट्रिज अफ नेपाल’ मा उल्लेख गर्नुभएको छ (लक, जोन के., बुद्धिष्ट मोनास्ट्रिज अफ नेपाल, सहयोगी प्रेस, काठमाडौं ः सन् १९८५. पृ. ३१७) ।
विहार अतिक्रमण गरी त्यहाँ निवास निर्माण गरिए पनि ऐतिहासिक विहारका भग्नावशेषहरु भने सो ठाउँमा अझै भग्न अवस्थामा रहेको पाइन्छ । उक्त ठाउँमा विहारभित्र चैत्यहरु, मूर्तिहरु तथा विहारको भगवनाशेषका साथै शिलापत्रहरु समेत रहेका छन् ।
उक्त ठाउँमा अन्तिम मल्ल राजा जयप्रकाश मल्लले निर्माण गर्न लगाएको उक्त विहार ऐतिहासिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण छ । भिमसेन थापाको भाईलाई निर्माण गरिएको निजी निवास र तबेला भन्दा मल्लकालीन बौद्ध विहार ऐतिहासिक तथा पुरातात्विक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण रहेको कुरालाई नकार्न सकिँदैन । त्यहाँ निर्माण गरिएको बौद्ध विहार यहींकै स्थानीय जनताको पुर्खौली सम्पत्ति पनि हो । त्यसैले सो ठाउँको इतिहास र त्यहाँको सांस्कृतिक सम्पदा समेत सुरक्षित गर्न आवश्यक छ । तसर्थ उक्त ठाउँमा विहार वास्तुकला अनुसारको पूर्वरुपकै विहार निर्माण गर्र्नु आवश्यक रहेको छ ।                            (अभियन्ता शैैैलेष शाक्यको फेसबुुुकवालबाट साभार)

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑