प्रविण कुमार महर्जन काठमाडौं / जनता समाजवादी शेर्पा तथा ओखलढुंगा- काठमाडौं सम्पर्क समितिको संयोजनमा आज शनिबार पार्टी प्रवेश कार्यक्रम आयोजना गर्यो । काठमाडौंमा भएको उक्त कार्यक्रममा सोलुखुम्बु,रसुवा,ताप्लेजुङ,इलाम,
काठमाडौका नेकपा र नेपाली काङ्ग्रेस पार्टीका नेता ,कार्यकर्ता एवम स्वतन्त्र नागरिक पार्टी परित्याग गरी ३५५ जनाले जनता समाजवादी पार्टी , नेपालमा प्रवेश गरेका थिए ।
पार्टी प्रवेश गरेका नवप्रवेशीहरुलाइ जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सदस्यता कार्ड दिएका थिए भने पार्टीका बरिष्ठ नेता अशोक राईले खादा ओढाएर स्वागत गरेका थिए । पहिचान सहितको संघियताका ज्ञाता ,नेता राजेन्द्र श्रेष्ठले नव प्रवेशीहरुलाई टीका लगाएर स्वागत गरेका थिए ।
आफूहरू सम्मीलित रहेको पुराना पार्टीहरुले जनताको भावनासँग खेलबाड गरेको र धोका मात्र दिने कार्य गरेको भन्दै नव प्रवेश गरेका सदस्यहरुले स्पष्ट विचार र सिद्धान्त (१०+१ को पहिचान सहितको संघियता) अनि स्पष्ट नीति लिएको जनता समाजबादी पार्टी,नेपालमा आबद्ध हुन पाएको भन्दै खुशी व्यक्त गरेका थिए ।
फोटो: प्रविण कुमार महर्जन
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५