काठमाडौँ /उपत्यकाबासीको निम्ति दु:खको खबर छ ! उपत्यकाका मेयरहरु भटाभट कोरोना संक्रमित हुन थालेका छन् । यसैबीच ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना पुष्टि भएको छ । स्वास्थ्यमा समस्या भएपछि पीसीआर परीक्षण गर्दा शुक्रबार कोरोना पुष्टि भएको हो ।
फ्रन्टलाईनम बसेर कार्य गर्दै आएका मेयर महर्जन कोरोना देखिएपछि होम आइसोलेसनमा बसेका छन् ।
उनले आफ्नो सम्पर्कमा रहनु भएका सबैलाई पनि सचेत रहनु हुन अनुरोध गरेका छन् ।
“उनी आफ्नै बखुण्डोलस्थित घरमा आइसोलेसनमा बसिरहेका छन् ।”ललितपुर महानगर पालिकाका प्रवक्ता राजु मर्जजनले जानकारी दिएका छन् । उनले भने “नगरवासीहरुको सेवामा समर्पित रही कर्तव्य र जिम्मेवारी पुरा गर्ने क्रममा २०७७-०६-०९ गते शुक्रवार Intrepid Nepal Laboratory द्वारा गरिएको परीक्षणको साँझनै आएको रिपोर्टले वहाँलाई कोरोना संक्रमण भएको पुष्टि गरेको छ । वहाँ अहिले स्वास्थ्य मापदण्डको पूर्ण पालना सहित बखुण्डोलस्थित आफ्नै घरमा होम आइसोलेसनमा बस्नु भएको छ । वहाँको शिघ्र स्वाथ्यलाभको कामना गर्दछौं!” यसैगरी ललितपुर जिल्लाको अर्को नगर पालिका गोदावरि नगरपालिकाका मेयर गजेन्द्र महर्जन र उनका पत्निमा आजै कोरोना पुष्टी भएको थियो भने यसभन्दा अगाडी महालक्ष्मी नगर पालिकाका मेयर रामेश्वर श्रेष्ठ संक्रमित भएका थिए । मेयर श्रेष्ठ र उनका पत्नीमा आज दोस्रोपटक संक्रमण देेेेखिएको छ । यसअघि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई पनि कोरोना संक्रमण भएको थियो । मेयर शाक्य भने कोरोनामुक्त भइसकेका छन् ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५