ललितपुर/ गाेदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र उहाँकी धर्मपत्नी गङ्गामायालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । यही असोज ६ गते उहाँहरुले स्वाब सङ्कलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु परीक्षणका लागि पठाउँदा आज कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
हाल महर्जन दम्पति होम आइसोलेसनमा रहेको र गाह्रो भयो भने मात्र अस्पताल जाने निर्णय गरिएको प्रमुख महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “मसँग सम्पर्कमा रहेर शङ्का लागेका हरेक व्यक्तिलाई तुरुन्त कोभिड परीक्षण गर्न अनुरोध गर्दछु ।”
यस्तैगरी गत केहि दिन अगाडी मात्र महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ र उहाँकी धर्मपत्नीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । दुवैमा पुनः दोस्रोपटक कोरोना सङ्क्रमण पुष्टि भएको छ । हाल दुवैले ग्वार्काेस्थित किष्ट मेडिकल कलेजमा उपचार गराइरहेको श्रेष्ठले जानकारी गराए ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५