सुभाय् संवाददाताSeptember 23, 2020 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : ७ मिनेट
काठमाडौं / काठमाडौं उपत्यकामा असोज ७ गते कोरोनाभाइरसका ६३७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा उपत्यकामा तीन जिल्लामा ६३७ सङ्क्रमित थपिएको
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा ४९२, ललितपुरमा ५० र भक्तपुरमा ९५ जनामा सङ्क्रमणको पुष्टि भएको हो । काठमाडौंमा १६८ महिला र ३२४ पुरुष, ललितपुरमा २६ महिला र २४ पुरुष
तथा भक्तपुरमा ४७ महिला र ४८ पुरुष सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ ।