• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 05, Jun, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

नयाँ रेल पुग्यो जनकपुर ! रेल हेर्नेको भीड लाग्यो!


सुभाय् संवाददाताSeptember 18, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ३ मिनेट

जनकपुर/ नेपालको इतिहासमा छ वर्षदेखि रोकिएको पुरानो जनकपुर जय नगर रेल सेवाको नयाँ रेल आज जनकपुर पुगेको छ । नेपालको राष्ट्रिय झण्डाको रंगमा रंगिएको नयाँ रेलको आगमनले त्यस क्षेत्रमा नयाँ आशा जगाएको छ । नयाँ रेल हेर्न त्यहाँ आज कोरोना महामारीकाबीच पनि भीड जम्मा भएको थियो ।                                                                      आज शुक्रबार जनकपुरमा नयाँ रेल आइपुग्दा जनकपुरबासीमा खुसी छाएको छ ।  नेपाल रेलवे विभागका अधिकारीहरूले एउटा इन्जिन र चारवटा बोगीसहितको दुई सेट रेल शुक्रबार अपराह्नसम्म जनकपुर आइपुग्ने जनाइएको थियो। विहारको हाजिपुर स्टेसनमा महिना दिनदेखि पार्किङमा राखिएको दुई ट्रेन सेट जनकपुरका लागि हिँडिसकेको बिहीवार बताइएको थियो । 
रेलका दुवै सेट बुझ्न रेलवे कम्पनी र विभागका उच्च अधिकारीहरू पनि काठमाडौंबाट जनकपुरका लागि बिहीबार नै हिँडिसकेको रेलवे विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए । ‘ ।’
भारतबाट हिँडेका रेलको दुवै सेट शुक्रबार अपराह्न ३ बजेतिर जनकपुर आइपुग्ने सुरक्षा स्रोतको दाबी गरिएको थियो । ट्रायलका लागि शुक्रबार जनकपुरसम्म आउने रेलको सुरक्षार्थ प्रहरी परिचालन गरिदिन विभागले सुरक्षा निकायलाई अनुरोध पनि गरेको छ । धनुषाका एक प्रहरी अधिकारीका अनुसार रेल आउने मार्गका ३२ ठाउँमा प्रहरी ड्युटी राखिएको छ । रेल नेपाल भित्रिने यकिन समयतालिका भने सुरक्षा निकायलाई पनि उपलब्ध गराइएको छैन । ‘शुक्रबार रेलको सेट बुझ्ने मात्र हो । कुनै औपचारिक कार्यक्रम राखिएको छैन,’ विभागका महानिर्देशक मिश्रले भने, ‘भारतबाट कोंकण रेलवेजको टिम पनि रेलसँगै आउँदै छन् । रेलको कोच (बोगी) बनाउने इन्टेरियल कोच फ्याक्ट्रीका प्राविधिक टिमले नै रेल गुडाएर ल्याउँदै छन् ।’
रेलवे विभागले करिब ८४ करोड ६५ लाख रुपैयाँमा भारतसँग रेलको दुई सेट खरिद गरेको हो । नेपाल रेलवेका जनकपुर साइटका इन्जिनियर विनोद ओझाले भने, ‘भारतको जयनगरबाट नेपाल प्रवेश गर्ने रेलको दुवै सेट जनकपुर आएर फेरि जयनगर नै फर्किने छ ।’ उनका अनुसार जनकपुरको प्लेटफर्मसम्म आएर जयनगर फर्किने रेलका दुवै सेटलाई कहाँ पार्किङ गर्ने भन्ने निधो हुनै बाँकी छ । जयनगर, इनर्वा, खजुरी र कुर्थासमेत चार ठाउँमा पार्किङ स्थल रहेकाले प्राविधिकले उपयुक्त ठहर गरेका ठाउँमा राखिने बताए । ट्रायलका लागि शुक्रबार जनकपुर आएर फर्किने रेल कहिलेदेखि नियमित सञ्चालन गर्ने भन्ने मिति पनि टुंगो गर्न बाँकी नै छ । नेपाल रेलवेका अधिकारीहरूका अनुसार सबै चाँजोपाँजो मिलेमा एक महिनाभित्रै नियमित सेवा थालिनेछ ।
भारतकै लगानीमा जयनगरदेखि कुर्थासम्म ३४ किलोमिटरमा रेलवेको ब्रोडगेज ट्र्याक तयार भएको पनि दुई वर्ष नाघेको छ । शुक्रबार नेपाल भित्रिने रेल हाल जयनगर–जनकपुर र कुर्था रुटमै सञ्चालन हुनेछ । कुर्थादेखि महोत्तरीको बिजलपुरासम्म १७ किमि दूरीमा भने रेलवेको लिंक ओछ्याउने काम जारी छ । भारतमा ब्रिटिस शासन रहेका बेला जयनगरदेखि महोत्तरीको बिजलपुरासम्म रेलवेको न्यारोगेज ट्र्याक निर्माण गरिएको थियो । भारत सरकारले त्यही न्यारोगेज रुटमा ब्रोडगेजको निर्माण गरिदिएको छ ।
भारतीय कम्पनीसँग नेपालले खरिद गरेको रेलको दुवै सेट आधुनिक छ । रेलवेका इन्जिनियर विनोद ओझाका अनुसार नेपालले खरिद गरेको डेमो ट्रेन सेट हो । यो डिजेल र विद्युत् दुवैबाट चल्छ । रेलको एउटा सेटमा इन्जिनसहित ५ वटा बोगी छ ।
चारवटा बोगी (कोच) मध्ये एउटा एसी कोच र ३ वटा जेनरल बोगी हो । एउटा सेटमा भने इन्जिन बोगीमा पनि यात्रु राख्न मिल्ने सिट छ । इन्जिन रहेको डिब्बालाई भने नेपालको राष्ट्रिय झन्डाको रङ रातो र नीलो रङले पोतिएको छ । इन्जिनियर ओझाका अनुसार पाँचवटै बोगीमा १ हजार ३ सय यात्रु अट्ने क्षमताको छ । रेलवे विभागले रेल सञ्चालनका लागि यसै साता प्राविधिकसहित कर्मचारी भर्नाको विज्ञापन निकालेको छ । प्राविधिकसहित १ सय २९ जना कर्मचारी भर्नाका लागि रेलवेले सूचना प्रकाशन गरेको छ ।
मुलुकमै रेलको यात्रालाई ‘सपना’ ठानिए पनि नेपालमा काठ र ढुंगा ओसार्नका लागि न्यारोगेजको दुईवटा रेलसेवा थियो । एउटा, भारतको जयनगरदेखि जनकपुर हुँदै बिजलापुरसम्म र दोस्रो भीमनगरदेखि कोसी नदीछेउ हुँदै सुनसरीको चतरासम्म रेल गुड्थ्यो । महोत्तरीको बिजलापुरको जंगलबाट काठ र चतरानजिकको फुस्रेबाट ढुंगा ओसार्न रेल कुदाइएको थियो । भारतमा शासन गरिरहेको तत्कालीन इस्ट–इन्डिया कम्पनीले बनाइदिएका दुवै रेलमार्गमा झुन्डिएर यात्रा गर्नेहरू पनि थिए ।
छिमेकी देशहरू भारत र चीनमा रेल यातायातको विशाल सञ्जाल छ । रेल चढ्नकै लागि पनि छिमेकी देशको यात्रा गर्ने नेपाली धेरै छन् । तर, अब यो सपना नेपालमै पूरा हुँदै छ ।           (  इकान्तिपुरको सहयोगमा )

सम्बन्धित पोस्ट
  • बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम
  • मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन
  • चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव
  • चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    सिड्नी साहित्यिक उत्सवमा भीम न्यौपानेको आत्मकथा ‘बादलमुनि बागलुङ’को लोकार्पण

    नृत्यशास्त्री वीणा जोशीको ग्रन्थ ‘नेवार समुदायका परम्परागत मुकुण्डोनाच’ सार्वजनिक

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिमा डा. माणिकरत्न शाक्यले पाए जिम्मेवारी

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    सुभाय् पोस्ट बिशेष

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    लुम्बिनी बौद्ध विश्वविद्यालय नवनियुक्त उपकुलपति डा. मणिकरत्न शाक्यद्वारा पदभार ग्रहण

    शान्तिका लागि १०८ यात्रीको साइकल यात्रा: स्वयम्भूबाट विदाई, पहिलो दिन हेटौंडामा सम्पन्न

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑