• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / बजार

काठमाडौं नजिक थाइ लगानीमा बृहत् मनोरञ्जनात्मक कम्प्लेक्स निर्माण गरिने


सुभाय् संवाददाताSeptember 17, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

काठमाडौं / थाइल्यान्डको महाछाड इन्टरनेशनल कम्पनी लिमिटेडले काठमाडौं नजिक एउटा वृहत् मनोरञ्जन कम्प्लेक्सको निर्माण गर्ने भएको छ ।
ध्यान केन्द्र , जिम खानादेखि केबल कार, क्यासिनो, फाइव स्टार लक्जरी रिसोर्ट ,रेस्टुरेन्ट , कफी शप, चिया बगान समेत  उक्त पार्कभित्र रहनेछ ।
नेपाल पर्यटक दृष्टिकोणले आकर्षणको केन्द्र रहेको र यहाँ गुणस्तरका पर्यटकीय पूर्वाधार विकास गरि अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय पर्यटक भित्र्याउन सकिने संस्थाले दाबी समेत गरेको छ ।
यसका निम्ति नैं यस किसिमको मनोरञ्जनात्मक       कम्प्लेक्स   निर्माण   गर्न लागेको   महाछाड इन्टरनेसनल कम्पनी लिमिटेड लागिपरेको कम्पनीका एक जिम्मेवार अधिकारीले बताए ।
काठमाडौं शहरबाट नजिक एक पहाडमा ७,००० रोपनी  (५०० हेक्टर ) भन्दा बढी क्षेत्रफलमा निर्माण हुने यस मनोरञ्जनात्मक कम्प्लेक्समा सबैभन्दा ठूलो आकर्षण त्यहाँ बनाइने १०८ फीटको बुद्ध मूर्ति हुनेछ ।
विश्वका शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मभूमी नेपालमा निर्माण गरिने पार्कमा भगवान बुद्धको भव्य मूर्ति र ध्यान केन्द्र समेत हामी बनाउने छौं । महाछाडका निम्ति नेपालमा कार्यरत एक सदस्यले बताए । उनले भने मनको शान्ति महत्त्वपूर्ण छ यस्ता पर्यटकहरूको रुचिलाई ध्यानमा राखी हामीले ध्यानकेन्द्रको परिकल्पना पनि गरेका छौं ।बुद्ध र ध्यान यी दुबै कुरा सँगसँगै आउँछ ।
लगानीको सवालमा उनले बताए अनुसार यसमा सबै लगानी थाइ लगानीकर्ताहरुको रहनेछ । पार्क निर्माणका प्रक्रियाहरु पूरा गर्दागर्दै कोरोना महामारीका कारण लकडाउन भएपछि हामी अलि पछाडि ढकेलिएका छौं । तर हामी काममा निरन्तरता दिनेछौं उनले भने ।
हामीले जग्गा पनि हेरिसकेका छौं र छिटै नैं सबैकुरा सार्वजनिक गर्नेछौं उनले बताए । भगवान गौतम बुद्धको जन्मभूमि प्राकृतिक र सांस्कृतिक सम्पदाको रमणीय देश नेपालमा यसप्रकारको मनोरञ्जनको कम्प्लेक्स बनाउन पाउनु हाम्रो लागि पनि गौरवको बिषय हो ।
यसलाई संचालनमा ल्याउने कार्यविधिसमेत तयार भइसकेको छ ।
पर्यटकहरुलाई सीधै एयरपोर्टबाट पिक अप गरि गाडी घोडाबग्गी वा हेलिकप्टरबाट सिधै मनोरञ्जनात्मक पार्क पुर्‍याउन व्यवस्था गरिने छ ।
यस  कम्प्लेक्सलेे नेपाली  युवाहरूलाई रोजगारी दिने छ । नेपालको पर्यटन क्षेत्रमा टेवा पुर्‍याउने लक्ष्य राखेको छ । यो नेपालकै निम्ति एक नमूना पर्यटकीय केन्द्र बन्ने समेत कंपनीका अधिकारीले बताएका छ्न् ।
देशमा फैलिरहेको कोरोना महामारी चाँडै नियन्त्रणमा आओस् र यस्ता केन्द्रहरू चाँडै निर्माण भई संचालनमा आओस् भन्ने हामी पनि कामना गरौं ।

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • वर्षापछिको मुस्कान !
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑