• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Tue, 20, May, 2025
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

नेकपा स्थायी कमिटी बैठक, एकता महाधिवेशन चैतमा


सुभाय् संवाददाताSeptember 12, 2020 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : ३ मिनेट

काठमाडौँ / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता महाधिवेशन आगामी चैत २५ देखि ३० गतेसम्म काठमाडौँमा हुने निर्णय भएको छ । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी) बीच दुुई वर्षअघि एकता भएपछि एकता महाधिवेशन हुन लागेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार सम्पन्न नेकपा स्थायी कमिटीको बैठकले पार्टीको एकता महाधिवेशन चैतमा गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
यसैगरी बैठकले एकता महाधिवेशनका लागि आवश्यक तयारी गर्न आगामी कात्तिक १५ देखि १७ गतेसम्म केन्द्रीय कमिटीको बैठक पनि बोलाएको छ । बैठकमा महाधिवेशन आयोजना गर्न दस्तावेज मस्यौदा कमिटी, मूल व्यवस्थापन कमिटी लगायत अन्य आवश्यक संरचना, प्रतिनिधि छनोट
विधि र कार्यतालिका लगायत समग्र कार्ययोजना प्रस्तुत गरिनेछ ।

–सदस्यता नवीकरण मङ्सिरभित्र
पार्टी सङ्गठन विभागको कार्ययोजनामा आगामी कात्तिक महिनाभित्र सम्बन्धित जिल्ला कमिटीले पार्टीको सङ्गठित सदस्यता विवरण अद्यावधिक गरी प्रदेश हुँदै केन्द्रीय सङ्गठन विभागमा पठाउने र मङ्सिर महिनाभित्र सङ्गठित सदस्यता नवीकरण सम्पन्न गर्ने पनि बैठकले निर्णय गरेको छ । महाधिवेशनको तयारी बारेमा सङ्गठन विभागको बैठक भदौ २८ गते बस्ने छ ।
पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबारको बैठकमा १५ बुँदे प्रस्ताव स्थायी कमिटीको बैठकमा प्रस्तुत गर्नुभएको थियो । सो प्रस्ताव भदौ २४ गते नै स्थायी कमिटीका सदस्यलाई अध्ययन गर्न उपलब्ध गराइएको थियो । बैठकको सुरुमा नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले पार्टीभित्रको समस्या र अन्तरविरोधलाई पूर्ण रूपमा समाधान गरेको र पार्टी एकतालाई नयाँ उचाइमा पु¥याएको विचार व्यक्त गर्नुभएको थियो । देशी तथा विदेशी शक्तिले पार्टीलाई कमजोर बनाउन र तोडफोड गराउन जे अपेक्षा गरेका थिए त्यो असफल भएको भनाइ प्रधानमन्त्रीले राख्नुभएको जानकारी प्रवक्ता श्रेष्ठले दिनुभयो ।
त्यस्तै अर्का अध्यक्ष प्रचण्डले पार्टीलाई दुर्घटनाबाट बचाएर एकताको रक्षा गरी विचारको बहस गर्दै वैचारिक रूपमा रूपान्तरण गर्नुपर्ने बताउनुभयो । उहाँले पार्टीलाई साङ्गठनिक रूपमा अझ बढी बलियो बनाउने काम यो बैठकले गरेको धारणा राख्नुभयो । पार्टीलाई अझै बढी सुदृढ गर्न एकता महाधिवेशनमा बहसको प्रक्रिया उन्नत ढङ्गले अगाडि बढाएर महाधिवेशन सफल बनाउन सबैसँग आह्वान पनि अध्यक्ष प्रचण्डले गर्नुभयो ।

अध्यक्षद्वयको कार्य विभाजन
स्थायी कमिटीको बैठकले अध्यक्षद्वयको कार्य विभाजन अझै स्पष्ट पारेको छ । गत मङ्सिर ४ गते पार्टी अध्यक्षद्वयको बीचमा कार्य विभाजनबारे भएको निर्णयलाई स्थायी कमिटीको बैठकले अझ स्पष्ट पारेको छ । प्रधानमन्त्री ओली सरकारमा केन्द्रित भएर अगाडि बढ्ने र सरकारको सञ्चालन प्रभावकारी ढङ्गले सफल पारी त्यसको नेतृत्व गर्ने बैठकले निर्णय गरेको जानकारी प्रवक्ता श्रेष्ठले दिनुभयो । उहाँका अनुसार अध्यक्ष ओली प्रतिनिधि सभाको यो कार्यकालभरि प्रधानमन्त्रीको जिम्मेवारीमा रहेर सरकारको नेतृत्व र काममा केन्द्रित हुनुहुनेछ ।
त्यस्तै अध्यक्ष प्रचण्डले पार्टी अध्यक्षको कार्यकारी अधिकारसहित पार्टीको कामको नेतृत्व गर्नुहुनेछ । कार्यकारी अधिकारसहित पार्टीका बैठकको सञ्चालन, निर्णयको कार्यान्वयन र समग्र पार्टी कामको जिम्मेवारीमा केन्द्रित रहने निर्णय भएको छ । साथै पार्टीको मार्ग निर्देशनमा सरकार सञ्चालन हुनेछ । सरकारको दैनिक काममा पार्टीले कुनै हस्तक्षेप गर्दैन । आधारभूत नीति र राष्ट्रिय महìवको विषयमा निर्णय लिँदा पार्टीको मार्ग निर्देशनलाई केन्द्रमा राखेर सरकारले निर्णय गर्नुपर्ने स्थायी कमिटीले निर्णय गरेको छ ।
यसैगरी बैठकले राष्ट्रिय महìवको निर्णयको हकमा सचिवालयको सुझाव र दुई अध्यक्षको परामर्श तथा सहमतिका आधारमा निर्णय गर्ने पनि बैठकले निर्णय गरेको छ ।

सरकारले प्रस्तुत गर्ने विधेयक
सरकारले प्रस्तुत गर्ने विधेयकको सैद्धान्तिक वा प्रस्तुत गर्ने नीतिको सैद्धान्तिक पक्षबारे पार्टीको केन्द्रीय कमिटी, स्थायी कमिटी, सचिवालयमा छलफल गरेर अगाडि बढ्ने बैठकले निष्कर्ष निकालेको छ । सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम, बजेट, विधेयक र अन्य महìवपूर्ण विषयमा संसदीय दलका सदस्यमाझ छलफल गर्ने र सुझाव लिने निर्णय बैठकले गरेको छ । संसदीय दलको निर्णयका आधारमा संसद् तथा समितिमा सांसदको भूमिकालाई एकरूप र प्रभावकारी बनाउने तथा सांसदले सरकारद्वारा प्रस्तुत नीति कार्यक्रम, बजेट, विधेयक, सन्धि लगायत प्रस्ताव पारित गर्न सक्रिय भूमिका निर्वाह गर्ने सहमति पनि भएको छ ।

भारतीय सेना फिर्ता पठाउन पहल
नेपाल र भारत बीचमा सीमा समस्या मूलतः लिम्पियधुरा, लिपुलेक र कालापानीको अतिक्रमित भूभागमा हकभोग स्थापित गर्नेगरी नेपाली भूमिमा भएका भारतीय सुरक्षाकर्मी फिर्ता पठाउने गरी सरकारले काम थाल्ने निर्णय भएको छ । नयाँ नक्सा बमोजिम संविधानमा संशोधन गर्ने काम ग¥यो र त्यसका निम्ति स्थायी कमिटीको बैठकले सरकारलाई धन्यवाद प्रदान गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
यसैगरी सीमासँग सम्बन्धित विषयमा पार्टीले देखाएको राष्ट्रिय एकताका निम्ति तथा जनचेतना जागृत गर्ने सबै बुद्धिजीवी तथा नागरिक समाज र सांसद सबैलाई बैठकले आभार व्यक्त गरेको छ । अब भारतसँग राजनीतिक, कूटनीतिक वार्ताद्वारा नै नेपालको सार्वभौम र अखण्डताका निम्ति समाधान निकाल्ने निष्कर्ष पार्टीले निकालेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

कोरोनाविरुद्ध राष्ट्रिय एकता
कोरोना भाइरस (कोभिड–१९) बारे सरकारले अहिलेसम्म रोकथाम तथा नियन्त्रण गर्न जे नीति, योजना, कार्यक्रम र निर्णय अगाडि बढाएको छ, त्यसलाई बैठकले सकारात्मक रूपमा लिँदै त्यसको प्रभावकारी नियन्त्रण गर्न राष्ट्रिय एकताका साथ अगाडि बढ्न बैठकले सुझाव दिएको छ । बैठकले अझै व्यवस्थित ढङ्गले रोकथाम नियन्त्रण र उपचारको पद्धति अगाडि बढाउने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । अग्रमोर्चामा खटिने चिकित्सक, नर्स लगायत स्वास्थ्यकर्मीको मनोबल उठाउने आवश्यकता पनि औँल्याएको छ ।
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई आवश्यकता अनुसार संशोधन र परिमार्जन गर्ने निर्णय बैठकले गरेको छ । त्यो परिमार्जन र संशोधन गर्नेबारे पार्टीले सचिवालयका सदस्य झलनाथ खनालको नेतृत्वमा गठन गरेको कार्यदलको सुझाव प्रतिवेदनलाई समेत ध्यान दिई पार्टीको बैठकमा छलफल गरेर चाँडै निष्कर्ष निकालिने जानकारी प्रवक्ता श्रेष्ठले दिनुभयो ।
त्यसका लागि छिट्टै प्रक्रिया अगाडि बढाइनेछ ।
अध्यक्षद्वयको प्रस्तावमाथि सचिवालयका सदस्य माधवकुमार नेपालले असहमति राखेको विषयमा जिज्ञासा राख्दा प्रवक्ता श्रेष्ठले नेता नेपालले बैठकमा कुनै प्रकारको असन्तुष्टि प्रकट नगरेको बताउनुभयो । अध्यक्षद्वयले प्रस्तुत गर्नुभएको प्रस्तावमाथि उहाँले सकारात्मक टिप्पणी गर्नुभएको छ, पार्टी एकताको रक्षा गर्दै नयाँ सम्भावनाका ढोका खोल्ने कुराका निम्ति नेता नेपालले अध्यक्षद्वय तथा कार्यदललाई धन्यवाद दिनुभएको जानकारी उहाँले दिनुभयो ।
उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लाने कुरा प्रधानमन्त्री ओलीले बैठकलाई सूचित गराउनुभएको थियो । बैठकमा स्थायी कमिटीका १३ जनाले प्रस्तावमाथि सुझाव दिनुभएको थियो । बैठकमा स्थायी कमिटी सदस्य सचिवालय सदस्यसमेत रहनुभएका झलनाथ खनाल, नेपाल र प्रवक्ता श्रेष्ठ, रघुजी पन्त, लीलामणि पोखरेल, भीम आचार्य, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, देव गुरुङ, घनश्याम भुसाल, मातृका यादव, भीम रावल, अमृत बोहराले आ–आफ्नो धारणा
राख्नुुभएको थियो ।
साभार: गोरखापत्रअनलाइन

सम्बन्धित पोस्ट
  • भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव
  • Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage
  • धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान
  • साथीका निम्ति प्रेमको सौगात
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    “जि ला घ्यान्सेयाम्ह हे खनि सा !!”- द्वारिकादास राजभण्डारी

    “गुथी अष्ट्रेलिया”को अध्यक्षमा कुन्दन ताम्राकार

    बदलिँदो भू-अर्थ-राजनीति

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प

    महानगरका मेयरले गरे स्वयम्भू महोत्सवको उद्घाटन

    अमेरिकाले गर्‍यो नेपाल सहित १७ देशको टीपीएस खारेज, हजारौँ नेपालीको बिचल्ली हुने

    सुभाय् पोस्ट बिशेष

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    “जि ला घ्यान्सेयाम्ह हे खनि सा !!”- द्वारिकादास राजभण्डारी

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2025: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑