काठमाडौं / काठमाडौं उपत्यकामा ४३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा कोरोना संक्रमण तीव्र रुपमा बढिरहेको बेला मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १० हजार १७६ जनाको पीसीआर परीक्षण गरिएकोमा काठमाडौं उपत्यकाका तीन जिल्लाका ४३१ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ ।
मन्त्रालयका अनुसार संक्रमण पुष्टि भएकोहरुमध्ये काठमाडौंमा सबैभन्दा बढी ३७७ जना रहेका छन् । त्यसैगरी ललितपुरमा ३७ र भक्तपुरका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौंमा तीव्र रुपले कोरोना संक्रमण भइरकेको बेला उपत्यकामा प्रवेश गर्नेहरु पिसिआर टेस्ट नेगेटिभ हुनुपर्ने अनिवार्य भनेर तीन जिल्लाका सिडियोहरुले जारी गरिएको निषेधाज्ञा खुकुलो गर्ने नितिनियममा उल्लेख गरिएपनि उपत्यका प्रवेश गर्ने नाकाहरुमा भने खासै कुनै जाँचको व्यवस्था गरिएको छैन । सुरक्षाकर्मीहरुले पनि कागजात हेर्न त्यति रुचि देखाएको नदेखिएको र मन कहिले कागजात हेर्ने कहिले नहेर्ने गरी उपत्यका प्रवेश गर्न दिइरहेका कारण बाहिरबट आएकाहरुबाट कोरोना संक्रमण थप बढ्ने निश्चित नैं देखिएको छ ।
उपत्यकामा निषेधाज्ञ खुकुलो गरेर सार्वजनिक यातायात समेेेत चल्न दिइएको छ । फुटपाथ पसल र अन्य बजारका कारण बाटोमा निकै भीड बढेको छ । न सामाजिक दूरीको कुरा लागू भएको देखिन्छ न त कुनै स्वास्थ्य मापदण्ड नै पूरा भएको देखिन्छ । यसले काठमाडौं उपत्यकामा बिशेष गरि काठमाडौंमा भयावह स्थिति आउन सक्ने बिज्ञहरुले चिन्ता व्यक्त गरेका छ्न् ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५