• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 13, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / सुभाय् पोस्ट बिशेष

बुंग करुणामय रथ तान्ने क्रममा हिरासतमा रहेका सबै अभियन्ता रिहा


सुभाय् संवाददाताSeptember 10, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ८ मिनेट

              रिहाईपछि अभियन्ताहरुसंग                                        यल,ललितपुर /चौतर्फी दबाबपछि  पुल्चोक घट्नामा पक्राउ गरिएका अभियन्ताहरु सबै आज हिरासतबाट मुक्त गरिएका छन् ।
बुंगद्यः रातो मच्छिन्द्रनाथ रथ तान्ने क्रममा  पुल्चोक घटनामा गिरफ्तार भएका सबैजना रिहा आज साँझ रिहा भएका हुन् ।   आज विहिवारका सांँझ हिरासतमा रहेेेका बाँकी सबै जना रिहा गरिएका हुन । सो घटनामा जम्मा २० जना गिरफ्तार भएका थिए । गत आइतवार प्रविण शाक्य ललितपुर–१६ भुल्खु, शुकबहादुर देउला ललितपुर–११ इमुखेल र दलबहादुर देउला ललितपुर–११ इमुखेल रिहा भएका थिए ।
सोमवार रिहा भएका ७ जनामा ललितपुर–११ बंगलामुखीका पृथबिन्दु महर्जन, ललितपुर– ६का रवि शाक्य, ललितपुर– १६ गावाहालका महेश बज्राचार्य, ललितपुर इमाडोलका– सुविन शाक्य, ललितपुर इमाडोलका- ध्रुवराज बज्राचार्य, भक्तपुर ठिमी– ८का श्याम श्रेष्ठ, र मध्यपुर ठिमीका– निरज वादे रिहा भएका थिए ।
मंगलवारका दिन ललितपुर– ११ तापाहिटीका अनिल खड्गी रिहा भएका थिए भने  बुधवारका दिन ललितपुर इमाडोलका– अनिस महर्जन, ललितपुर– ७ पिलाछेका   रत्नलाल श्रेष्ठ रिहा भएका थिए । त्यसैगरी विहिवार अरु बाँकी सबै रिहा भएका हुन् ।

रिहाईपछि अभियन्ताहरुलाई  खादा ओढाइ सम्मान गरिंदै
आज अभियन्ताहरु ललितपुर–२१का अशोज कुमार महर्जन, ललितपुर– १६ का रविन शाक्य, काठमाडौं– १६का यादवलाल कायस्थ, ललितपुर– २० नंटोलका नरेश शाक्य, ललितपुर–१३ कुसन्त सञ्जय शाक्य, ललितपुर–११का करण देउला, र ललितपुर–११ का देवेन्द्र देउला रिहा भएका छन् ।
हिरासतमा राखिएका अभियन्ताहरुलाई बिना शर्त रिहा गराउन विभिन्न ठाउँमा शान्तिपूर्ण प्रदर्शन भइरहेका थिए भने नेवा: अगुवा राजनीतिक व्यक्तिहरु समेत ऊनीहरुलाई मुक्त गराउनको निम्ति कुटनैतिक रूपमा प्रयासरत थिए । उनीहरूलाई छुटाउन नेपाल भाषा मंका: खल:का अध्यक्ष जनकवि दुर्गालाल श्रेष्ठदेखि ललितपुर महानगरपालिकाया मेयर चिरिबाबु महर्जन समेत सक्रिय भएर लागेका थिए । साथै सांसद कृष्णगोपाल श्रेष्ठ, नेवाः अगुवा तथा मंका: खलका सचिव मल्ल के. सुन्दर, बागमती प्रदेसका सांसद राजकाजी महर्जन, ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जन , सेभ नेवा: भ्यालीका शैलेस शाक्य र विभिन्न संघ संस्था र राजनीतिक दलबाट समेत प्रयासबाट सबैलाई हिरासत मुक्त गर्न सफल भएको हो  ।                                       
उनीहरू ७२ हजार  धरौटीमा रिहा  भएको पनि  बताइएको छ । “गणतन्त्रमा अभियन्ताहरु धरौटीमा रिहा भएका  छन् यसलाई के  भन्ने तपाईं आफैं भन्नुस् !” अभियन्ता तथा सेेेभ नेेेवा: भ्यालीका संयोजक  शैलेस शाक्यले बताए ।                                                        (फोटो: मीना बज्रराचार्य, सााामाजिक सन्जाल)

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • वर्षापछिको मुस्कान !
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑