काठमाडौँ / काठमाडौंमा कोरोना संक्रमितको संख्याले ५० हजार पार गरेको छ । आजको स्वास्थ्य मन्त्रालयको प्रेस विज्ञप्ति अनुसार आजसम्म नेपालमा पुष्टि भएका कोरोना संक्रमितको कुल संख्या ५० हजार ४६५ पुगेको छ।
आज काठमाडौं जिल्लामा मात्र काठमाडौँका ४९५ जना नयाँ संक्रमित थपिएका छन् । त्यसैगरी ललितपुरमा ४३ ,भक्तपुरमा ३४ जना नयाँ संक्रमित थपिएका छन् । उपत्यकामा गत २४ घण्टामा यसरी कूल ५७२ जना संक्रमित थपिएका छन् । यो भयावहपूर्ण छ ।
तर यसरी दिनदिनै संक्रमितको संख्या निकै बढिरहेको बेला उपत्यकाका सिडियोहरुले भने निषेधाज्ञा खुकुलो बनाउने बजार यातायात खोल्न दिने निर्णय गरेर अर्को आपत निम्त्याएको छ ।
काठमाडौंमा अहिले नैं उपचारको निम्ति अस्पतालमा पर्याप्त बेड नभएको क्वारेन्टाइनमा समेत समस्या आएको समय छ । यस्तो बेला निशेधाज्ञा हटाउन खोज्ने सरकारप्रति उपत्यकाबासी निकै आक्रोसित बनेका छन् ।
उपत्यकाका महानगर पालिका र नगर पालिकाहरुम फुटपाथमा पसल राख्न नपाउने प्रावधान छ तर तीनै जिल्लाका सिडियोले जारी गरेको निशेधाज्ञा खुकुलो गर्ने विज्ञप्तिमा फूटपाथ पसल ठेलागाडा पसल समेत खोल्न पाइने उल्लेख हुनुले त उपत्यकाबासी झन आक्रोशित बनेका छन् । तर उपत्यकाका कतििपय नगर पालिकाका जनप्रतिनिधिहरुले यस बुँदालाई मान्न अस्वीकार गरेका छन् । काठमाडौं महानगर पालिका वडा नं १८ का वडा अध्यक्ष न्हुछेकाजी महर्जनले एक सूूूचना जारी गर्दैै आफ्नो वडामा फुटपाथ पसल र ठेेेलागाडा पसल राख्न नपाइने बताएका छ्न् ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५