काठमाडौँ / काठमाडौं बाहिर जान गन्तव्य जिल्लाको जिल्ला प्रशासन कार्यालयको अनुमतिपत्र र गन्तव्यको स्थानीय निकायको सिफारिस पत्र अनिवार्य गरिएको छ।
निषेधाज्ञा खुकुलो बनाइएको भोलिपल्ट बिहीबार काठमाडौं जिल्ला प्रशासनले विज्ञप्ति जारी गर्दै काठमाडौं बाहिर जानेका लागि निवेदनसँगै ती कागजपत्र पेश गर्न भनिएको छ।
काठमाडौं जिल्ला प्रशासन प्रमुख जनकराज दाहालले सवारी साधन खुला गरेसँगै बाहिर जानेको लागि सहजीकरण गर्न त्यस्तो सूचना जारी गरिएको बताए। उनले काठमाडौं प्रवेश गर्नका लागि पिसिआर परीक्षण गरि नेगेटिभ आएको रिपोर्ट पेश गर्नु अनिवार्य गरिएको यसअघिको व्यवस्थालाई कायम गरिएको बताए।
उनले अत्यावश्यक काम भएकालाई मात्र त्यसरी प्रवेश गर्न दिइने बताए।
काठमाडौं उपत्यका प्रवेश गर्ने वा काठमाडौँबाट बाहिरिने व्यक्तिले अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने भएको छ।
बिहीबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं प्रवेश गरेपछि १४ दिन होम क्वारेन्टिनमा वा आफ्नै खर्चमा क्वारेन्टिनमा बस्नुपर्ने बताए।
यस्तै विदेशबाट आउनेहरूले समेत क्वारेन्टिनमा बस्नुपर्ने भन्दै क्वारेन्टिनमा बस्दा लक्षण नदेखिएको अवस्थामा परीक्षण गर्न नपर्ने डा. गौतमले बताए।
डा. गौतमका अनुसार यो नियम काठमाडौं प्रवेश गर्ने र बाहिरी जिल्ला जानेहरूको हकमा समेत लागू हुने
courtesy:deshsanchar
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५