• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

हिरासतमा राखिएका अभियन्ताहरुको बिना शर्त रिहाईको माग राख्दै ठाउँ ठाउंँमा विरोध प्रदर्शन , रिहाईका निम्ति राजनीतिक क्षेत्रबाट पहल पनि सुरु!


सुभाय् संवाददाताSeptember 10, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : १७ मिनेट

यल, ललितपुर / बुंग: करुणामय रातो मच्छिन्द्र नाथ तान्ने क्रममा भाद्र १८ गते विहिबार भएको झडपको क्रममा पक्राउ गरि हिरासतमा राखिएका अभियन्ता तथा स्थानीय युवा र पत्रकारहरुको बिना शर्त रिहाईको माग राख्दै ठाउँ ठाँउमा प्रदर्शन जारी रहेको छ । यसैबीच बुधबार पनि उपत्यकाका विभिन्न ठाउँमा प्रदर्सन भएका छन् । काठमाडौंको असनमा रिहाईको प्लेकार्ड बोकेर स्थानीय युवाहरूले प्रदर्सन गरेका छन् । यसप्रकारको विरोध प्रदर्शनकारी उपत्यकाका टोल टोल र बस्ती बस्तीमा बिस्तारित हुँदै गएको छ ।                                       
यसैबीच सम्पदा अभियन्ताहरुको रिहाइको माग गर्दै सम्पदाप्रेमी स्थानीय युवाहरुले जल देय् हरिसिद्धिमा मसाल जुलुस निकालेका छन् । ठूलै युवा समूहको सहभागिता रहेको यस मशाल जुलुसले सरकार विरोधी नारा समेत लगाई हिरासतमा लिइएका आफ्ना सहकर्मीहरुको रिहाईको माग गरे । मशाल जुलुस लाछीबाट सुरु भइे हरिसिद्धिका बिभिन्न स्थानको परीक्रमा गरी त्यहाँको धल्कोमा एक कोण सभा गरी समापन गरिएको थियो । कोण सभामा बोल्दै अभियन्ता कृष्ण गोपाल भायोले लगायतका वक्ताहरुले प्रक्राउ परेका सबैको रिहाइ नभएसम्म आन्दोलन जारी राख्ने प्रतिबद्धता व्यक्त गरे ।           
गत बिहीवार पुल्चोक रथयात्राको क्रममा बल प्रयोग गरि नियन्त्रणमा लिइएका अभियन्ता युवाहरूको रिहाईको माग राख्दै हिजो बुधबार ललितपुरको मंगल बजार, जलदेय् हरिसिद्धी , बुंगमति ,काठमाडौंको जोशीदेगल , असन ,टोखा लगायतया ठाउंमा विरोध प्रर्दशन भएका छ्न् । यसरी ऊनीहरुले सामाजिक दुरी कायम गर्दै शान्तिपूर्ण जुलुस , मशाल जुलुस, प्लेकार्ड सहित शान्तिपूर्ण विरोध प्रदर्शन गरी अभियन्ताहरुको रिहाईको माग गरेका थिए ।
पक्राउ गरि हिरासतमा राखिएका अभियन्ताहरुको रिहाईको माग राख्दै काठमाडौं बाहिर रौतहटमा पनि विरोध प्रदर्शन भएको थियो । यसैक्रममा टोखा,साँखु ,थिमि, खोकना, कीर्तिपुर , पनौती ,लगायतका ठाँउमा दिनहुँ जस्तै प्रदर्शन भइरहेको छ ।
पुल्चोक घटनामा गिरफ्तार गरिएका २० जना मध्ये बुधबारसम्ममा १२ जनालाई रिहा गरिएको छ ।
बुधवार रत्नलाल श्रेष्ठ र अनिस महर्जन रिहा भएका थिए भने अझै आठ जना युवा अभियन्ताहरु हिरासतमा रहेका छन् ।
उनीहरूलाई छोड्नको निम्ति आवश्यक सबै प्रक्रिया पूरा भइसक्दा पनि रिहा नगरिएकोमा आशंका व्यक्त गरिन थालिएका छन् । पक्राउ परेका अभियन्ताहरुमध्ये केही काठमाडौं उपत्यकाका सम्पदा अभियानमा सक्रिय युवाहरु तथा खोकनामा फास्ट ट्रायकले त्यहाँको आदिवासीलाई विस्थापित गर्न लागेको विरोधमा उत्रिएका नेतृत्व गरेका अभियन्ताहरु समेत रहेका छन् ।उनीहरूको रिहाइको निम्ति सर्वत्रबाट दबाब दिने कार्य भइरहेपनि अझै रिहा नगरेकोमा सम्पदाप्रेमी जन समुदाय आक्रोसित बनेको छ । “उहांँरूलाई  अन्य मुद्दामा फसाउन त खोजेको हैन” एक अभियन्ताले आशंका व्यक्त गरे ।”हामी रिहा नगरिएसम्म विरोध जारी राख्ने छौं उनलेे भने ।
पछिल्लो समयमा राजनीतिकवृत्तबाट समेत उनीहरूको रिहाइको पहल भइरहेको बताइएको छ । सेभ नेवा: भ्यालीका तर्फबाट पनि अभियन्तताहरुको  रिहाइको पहल गरिरहेको संस्थाका संयोजक शैलेश शाक्यले बताए ।     फोटो : बाबुकाजी जल्मि ,फोटो : सामाजिक संजाल

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑