यल, ललितपुर / बुंग: करुणामय रथ तान्ने क्रममा प्रहरीले हस्तक्षेप गरि नियन्त्रणमा लिएका अभियन्ता तथा युवाहरूलाई रिहाई गरिन लागेको कुरा विश्वस्त सुत्रले जनाएको छ । भाद्र १८ गते रथ यात्राको निम्ति दबाब दिन ललितपुरको पुल्चोक पुगेका अभियन्ता तथा स्थानीय युवामाथि प्रहरीले पानीको फोहरा ,अश्रु ग्यांस प्रहार र लाठीचार्ज समेत गरि बल प्रयोग गरेका थिए । यसपछि तनाव बढ्दै गएपछि प्रहरीले यादव लाल कायस्थ असोज महर्जन लगायत अभियन्ताहरु र स्थानीय युवा र पत्रकार समेत १७ जनालाई नियन्त्रणमा लिएको थियो । भोलिपल्ट पनि घर घरमा गई केही युवाहरूलाई प्रहरीले पक्राउ गरेको थियो । हिजो आइतबारसम्म ३ जना रिहा गरिएको थियो भने चौतर्फी विरोध र दबाब आएपछि यसरी अभियन्ता युवाहरूलाई हिरासत मुक्त गरिन लागेको खबर आएको छ । यसका निम्ति नेवा: राजनीतिक नेता , अग्रज अभियन्ता र विभिन्न संघ संस्था समेत हिरासतमा राखिएका युवाहरूको रिहाईका निम्ति पहल गरेका थिए । नेपाल भाषा मंका: खल:का अध्यक्ष जनकवि दुर्गालाल श्रेष्ठ ,सांसद राजेन्द्र श्रेष्ठ , नेवा: अगुवा मल्ल के सुन्दर र विभिन्न संघ संस्था पहलमा व्यस्त थिए । उनीहरूलाई रिहा नगरिए आज गृहमन्त्रीलाई भेटेर छलफल गर्ने समाचार बाहिर आएको थियो । अब सिडियो कार्यालयबाट नै रिहाईको प्रक्रिया मिल्ने भएपछि गृहमन्त्री भेट्नु नपर्ने कुरा एक नेवा: अगुवाले बताएका छ्न् । यो समाचार तयार गर्दासम्म भने अभियन्ताहरुको रिहाइको खबर आएको छैन । कुन बेला रिहाई दिइन्छ त्यसबारे भने स्पष्ट बताइएको छैन ।यसभन्दा अगाडि अभियन्ताहरुको पक्राउको विरोधमा खोकना, साँखु लगायत विभिन्न ठाउँमा रिहाईको माग राख्दै ब्यानर प्लेकार्ड सहित युवाहरूले विरोध प्रदर्सन समेत सुरु गरेका थिए ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५