यल, ललितपुर / बुंग: करुणामयको रथ यात्रा समापन गरि बुंगमति फर्काउने दिनको साइत हेर्ने कार्य सम्पन्न भएको छ । पाटनका ज्योतिषविदहरु भेला भई साइत हेरी आज साइत प्रकाशमा ल्याउने कार्य भएको हो । ज्योतिषहरुको समुहले आउँदो भाद्र २९ गते करुणामयलाई बुंगमती फिर्तीको साइत निकालेका छन् । कोरोना महामारीका कारण यसपटक सांकेतिक रूपमा मात्र रथ तानेर या: न्यायेके गरेको अर्थात रथ तान्ने काम सम्पन्न गरिएको थियो । यसक्रममा हिजो यल देय् पाटनभरि या:न्या: रथयात्रा समापनपछि छ्वयलाभू गरिएको थियो भने आज यलबासी भुज्या मनाए। यसक्रममा दाफा खल:हरु दाफा गाउँदै बिहानैदेखि बुंग करुणामयलाई दर्शन गर्न र पूजा चढाउन आए ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५