यल, ललितपुर / कडा सुरक्षाबीच स्वास्थ्यका सबै मापदण्ड पूरा गरि आइतबार बुंग करुणामयको रथ तानिएको छ । बुंगद्यो जात्रा व्यवस्थापन समितिको व्यवस्था अनुसार उक्त रथ जात्रा सीमित स्वयंसेवक र अत्यावश्यक व्यक्तिमात्र सहभागी गराइएको थियो ।
रथलाई विधिपूर्वक पुल्चोककै मन्द: फल्चा (सोर्हखुट्टे पाटी)सम्म तानी या: न्यायेको गरेको थियो ।
यसैबीच गत भाद्र १८ गते रथ तान्ने क्रममा पक्राउ गरि हिरासतमा राखिएकामध्ये ३ जनालाई छोडिएको छ भने बाकी हिरासतमा राकिएकामाध्ये केहिलाई शान्ति सुरक्षाको मुद्दा चलाइएको बुझिएको छ। नेवा: देय् दबू , वर्ल्ड नेवा: अर्गनाइजेसन नेपाल च्याप्टर , बुंगद्यो जात्रा व्यवस्थापन पुच: लगायत धेरै संघसंस्थाहरुले उनीहरूको रिहाइको माग राख्दै प्रेस विज्ञप्ति जारी गरिसकेको छ ।
हिरासतमा राखिएका युवाहरुको रिहाईकाको आवाज तीब्र बन्दै गएको बेला उनीहरूको रिहाइको निम्ति नेपाल भाषा मंका खल लगायत ललितपुरका १९ वटा खल: पुच:को आव्हानमा भाद्र २२ गते आज सोमबार बिहान ९:३० बजे सिडिओ कार्यालय ललितपुरमा शान्तिपुर्ण भद्र दवाबको कार्यक्रम गर्न लागेको छ ।
दवाब कार्यक्रममा सहभागी हुन आउनेहरूलाई सामजिक दुरि कायम गरि मास्क लगाइ आउन आयोजकले आह्वान गरेको छ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५