• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Tue, 10, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

बुंग करुणामयको रथ आज तानिंदै , बिहानैदेखि रथ राखिएको क्षेत्र प्रहरीको घेरामा !


Photo Rakesh Khadgi
सुभाय् संवाददाताSeptember 6, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ५ मिनेट

सुभाय् पोस्ट सम्बादाता , ललितपुर / आज भाद्र २१ आइतबार ललितपुरमा प्रतिकात्मक रुपमा भए पनि बुंग करुणामय रातो मच्छिन्द्र नाथको रथ यात्रा गरिने कार्यक्रम रहेको छ । कोरोना महामारीका कारण पटक पटक रोकेर अन्योलमा परेको यस यात्राको निम्ति चौतर्फी दवाब बढेपछि गत भाद्र १८ गते विधिपूर्वक क्षमा पुजा गर्ने , रथ तान्ने र समापन गरि बुंगमती फर्काइने कार्यक्रम तय भएको थियो । यस तालिका अनुसार आज विधिपूर्वक  रथ तानिने कार्यक्रम रहेको छ ।

उपत्यकामा सहकालका देवताको रूपमा पुजिने यस बुंग करुणामय समग्र उपत्यकाबासीको गहिरो आस्था रहेको देवताको रूपमा लिइन्छ ।
यसैैबीच  आज रथ तानिने दिन पाटनमा रथ राखिएको क्षेत्र पुल्चोक गाबहाल , नटोल लागा पूर्ण रूपमा निषेधित क्षेत्र घोषणा गरि आवत जावत बिहानैदेखि गर्न दिइएको छैन। यातायात प्रवेश गर्न दिइएको छैन । सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिन्छ । त्यस क्षेत्रलाई सुरक्षाकर्मीले पूर्ण रूपमा नियन्त्रणमा लिइएको अवस्थामा रहेकोे देखिन्छ ।
बुंगद्यो जात्रा व्यवस्थापन पुच:ले प्रकाशित गरेको कार्यक्रम अनुसार भाद्र १८ गते क्षमा पूजा भइ सकेको छ ।
आज भाद्र २१ गते रथ तानिने छ । रथ पुल्चोककै सोर्‍हखुट्टे पाटीसम्म प्रतीकात्मक रुपमा तानिने कार्यक्रम रहेको छ ।          जात्रा व्ययवस्थापन पुुुच:का अनुसार कोरोना संकटको बेला सीमित सरोकारवाला व्यक्तिमात्र सहभागी गराई रथ यात्रा र अन्य विधीहरु गरिनेछन् । विभिन्न टोलका जात्रा व्यवस्थापन समितिबाट कूल १६० जना रथ तान्न खटिनेछन् ।
यसका निम्ति माक्स पन्जा स्यानेटाइजर भाइजरको व्यवस्था गरिएको छ ।
रथ तान्नेहरुको पहिचानका निम्ति टिसर्टको व्यवस्था गरिएको छ ।
जात्रामा जम्मा ५ जोर धिमे बाजालाई सहभागी गराइनेछ । त्यसैगरी २ जोर नायखिं बाजा र का: बाजा बजाउन ४ जना सहभागी गराइने छ ।
त्यसैगरी भोलि भाद्र २२ गते परम्परागत चलन अनुसार भुज्या गरिनेछ र भाद्र २६ गते बुंग करुणामयलाई बुंगमती फर्काइने छ ।
यसरी जात्रा समापन हुनेछ ।
महामारीका बेला जात्राका निम्ति  आवश्यक स्वास्थ्य मापदण्ड अपनाउने सबै कुरा व्यवस्थापन समितिले जारी गरिसकेको छ ।
मूल कुरा भाद्र १८ गते रथ तान्ने क्रममा भएको झडप र त्यसपछि प्रहरीले पक्राउ गरिएका स्थानीय आस्थावान युवाहरू तथा सांस्कृतिक अभियन्ताहरुलाई अझै रिहा गारिएको छैन। जात्रा व्यवस्थापन समिति सम्मीलित ललितपुरका जात्रा सरोकारवालाहरु सहितको २० संघ सस्था , नेवा: देय् दबू , वर्ल्ड नेवा: अर्गनाइजेसन लगायत विभिन्न संघ संस्थाले हिरासतमा लिइएका युवाहरूलाई तुरुन्त रिहा गर्न विज्ञप्ति जारी भएको अवस्था छ ।                                                                   
हिरासतमा लिइएका व्यक्तिहरुलाई शिघ्र रिहा गरि शान्तिपूर्ण रुपमा करुणाका देवता बुंग करुणामय रातो मच्छिन्द्र नाथको जात्रा विधिपूर्वक सम्पन्न गरिनेछ भनी सबैले आशा गरेका छन् ।
कोरोनाको महामारी बिच स्वास्थ्य मापदण्ड पूर्ण पालना गरेर हुन लागेको यस रथ यात्राले आपसी भाइचारा कायम राख्दै देशमा फैलिरहेको महामारीको भयबाट मुक्त हुन मद्दत गर्नेछ भनी आस्थावान् भक्तजनहरुले  गहिरो आशा व्यक्त गरेका  छन् ।

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑