• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 13, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / सुभाय् पोस्ट बिशेष

काठमाडौँका सात वटा वडा कोरोना ‘हटस्पट’ बन्दै


सुभाय् संवाददाताSeptember 5, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ७१ मिनेट
काठमाडौँ / काठमाडाैँ उपत्यकामा कोभिड–१९ का सङ्क्रमित सात हजार ३८ पुगेको छ । दश दिनमा उपत्यकामा दोब्बर सङ्क्रमित थपिएका हुन् । भदौ ८ गते काठमाडाैँ उपत्यकाको तीनवटै जिल्लामा तीन हजार ४८६ जना सङ्क्रमित थिए ।
राजधानी शहरसमेत रहेको उपत्यकामा दैनिक सङ्क्रमित थपिने करिब पाँच सय पुग्न लाग्दा तीनै तहको सरकार सक्रिय बनेको छ । अझै उपत्यकाका स्थानीय तहका पाँच वडाको प्रत्येक वडामा सङ्क्रमित हुने करिब दुई सय पुगेको छ । सङ्क्रमण समुदायमा लक्षित भएपछि स्थानीय तहको भूमिका महत्त्वपूर्ण हुने धारणा राख्नुहुने जनस्वास्थ्यविद् डा. शरद वन्तले नियन्त्रणका लागि नागरिक, जनप्रतिनिधि, स्वास्थ्यकर्मीको सहयोग आवश्यक हुने बताउनुहुन्छ ।
कोभिड–१९ उच्च स्तरीय समितिले बाँडफाँड गरेको जिम्मेवारीबमोजिम सङ्घीय सरकारले लक्षण देखिने सङ्क्रमितको उपचार व्यवस्थापन गर्छ । प्रदेशले स्थानीय तहसँगको समन्वयमा लक्षण नदेखिएका बिरामीको व्यवस्थापन गर्दैआएको छ । स्थानीय तहले कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाउने जिम्मेवारी पाएको छ ।
काठमाडाैँसहित उपत्यकाका तीन जिल्लामा सङ्क्रमण बढेसँगै उपत्यका नगरपालिका फोरमको बैठक बसी शैया व्यवस्थापनको कार्यलाई तीव्रता दिएको छ । फोरमले प्रदेशसँगको समन्वयमा सात हजार शय्या व्यवस्थापन गर्न जुटेको काठमाडाैँ महानगरपालिका प्रवक्ता ईश्वरमान डङ्गोलले बताउनुभयो ।
तर व्यवस्थापन भइनसकेको अवस्थामा मात्रै सङ्क्रमित हुने बढ्दो छ । र काठमाडाैँ महानगरपालिका सात वटा वडामा मात्रै एक हजारभन्दा बढी सक्रिय सङ्क्रमित छन् । लक्षणविहीन सङ्क्रमितको सङ्ख्या बढी भएकोले पनि स्थानीय तहका लागि सङ्क्रमित व्यवस्थापन चुनौतीपूर्ण छ । नेपालमा करिब ७५ प्रतिशत लक्षणविहीन सङ्क्रमित छन् ।
काठमाडाैँका कोभिड–१९ हटस्पट
महानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार सात वटा वडा सङ्क्रमणको ‘हटस्पट’ पहिचान गरिएको छ । एक सय जनाभन्दा बढी सङ्क्रमित रहेका वडालाई हटस्पटमा राखिएको महानगरपालिकाका स्वास्थ्य महाशाखाका सम्पर्क व्यक्ति ज्ञानबहादुर ओलीले जानकारी दिनुभयो ।
वडा नं ३२ कोटेश्वर र वडा नं १६ बालाजुमा दुई सयभन्दा बढी सङ्क्रमितको पुष्टि भइसकेको छ । वडा नं २७ महाबौद्ध र वडा नं ३ महाराजगञ्जमा करिब १८५ सङ्क्रमित छन् । वडा नं १४ कलङकी र वडा नं १३ कालीमाटीमा करिब १३५ सङ्क्रमित पुष्टि भएको महानगरपालिकाले जनाएको छ । वडा नं २८ अन्तर्गत पर्ने बागबजारमा १०३ सङ्क्रमित छन् ।
महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलले सङ्क्रमित बढी भएको क्षेत्रमा प्राथमिकता राखेर कन्ट्याक्ट ट्रेसिङ भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार मात्रै सङ्क्रमितको सम्पर्कमा आएका १९५ जनालाई पहिचान गरिएको छ । तर महानगरको उक्त प्रयास भने पर्याप्त देखिन्न ।
काठमाडाैँमा मात्रै शुक्रबार ३८६ जना सङ्क्रमित पुष्टि भएका छन् । सङ्क्रमितको सम्पर्कमा आएका कम्तिमा एक हजार हुन आउँछ । तर दैनिक एक सयदेखि दुई सङ्क्रमितको सम्पर्कमा आएका व्यक्ति पहिचान गरिएको छ ।
महानगरले कन्ट्याक्ट ट्रेसिङका लागि दशवटा टोली खटाएको छ । टोलिले हालसम्म छ हजार ४१३ जनालाई अलग्याएर पीसीआर परीक्षण गरेको छ । प्रवक्ता डङ्गोल भन्नुहुन्छ, “सङ्क्रमित पुष्टि भएसँगै सम्पर्कमा आएकाको खोजी हुन्छ, पहिचान गरेर अलग्याइन्छ र निश्चित समय तोकेर पीसीआर परीक्षण गरिन्छ ।” उक्त कार्यका लागि जनप्रतिनिधि परिचालन गरिएको छ । “स्वास्थ्य उपचार र परामर्शका लागि शहरी स्वास्थ्य क्लिनिक छन् ।” उहाँले थप्नुभयो ।
आइसोलेसनको व्यवस्थापन स्वास्थ्य मन्त्रालयको प्रोटोकलबमोजिम निर्धारण गरिएको छ । यद्यपि लक्षणविहीन बिरामीले घरमा छुट्टै कोठा र शौचालयको व्यवस्था नरहेको जानकारी गराएपछि आइसोलेसन सेन्टरमै व्यवस्थापन गरिएको प्रवक्ता डङ्गोलले प्रष्ट्याउनुभयो ।
काठमाडाैँमा मात्रै करिब छ सयभन्दा बढी लक्षणविहीन सङ्क्रमित होम आइसोलेसनमा छन् । होम आइसोलेसनमा बसेका सङ्क्रमितको चिकित्सकीय परामर्श, खाद्यान्न व्यवस्थापनलगायतबारे सम्बन्धित वडाका जनप्रतिनिधिले सोधखोज गर्दै आएको महानगरको दाबी छ ।
वडालाई होम आइसोलेसनमा बस्नेको अभिलेख राख्ने, अनुगमन गर्ने, समस्या बुझ्ने जिम्मेवारी दिइएको महानगरका प्रवक्ता डङ्गोलले जानकारी दिनुभयो ।
“होम आइसोलेसनका सङ्क्रमितमा समस्या भए दुई जना चिकित्सक परामर्श र हेरचाहका लागि राखिएका छन् ।” महानगरका स्वास्थ्य महाशाखाका ओलीले बताउनुभयो । होम आइसोलेसनमा बसेकाहरूलाई डाक्टर निष्ठा उलक र अखिल त्रिपाठीले चिकित्सकीय परामर्श र सेवा दिनुभएको महाशाखाले जनाएको छ ।
“होम आइसोलेसनमा बस्नुहुनेमा कुनै प्रकारको स्वास्थ्य जटिलता देखिए तत्कालै महानगरको एम्बुलेन्सले अस्पताल पुर्याउँछ ।” प्रवक्ता डङ्गोलले दाबी गर्नुभयो । त्यसपछिको उपचार लगायतको प्रकृया निर्धारित प्रोटोकलबमोजिम गरिँदै आएको उहाँले बताउनुभयो ।
काठमाडाैँ उपत्यकाका तीन जिल्लाका लागि हाल बलम्बु, आयुर्वेद चिकित्सालय, खरिपाटीसहितका स्थानमा दुई हजार क्षमताको आइसोलेसन सेन्टर सञ्चालनमा छन् । जसमा करिब एक हजार सात सय जना सङ्क्रमित बसेका छन् ।
प्रवक्ता डङ्गोलका अनुसार नागार्जूनस्थित सामुदायिक भवन र नगरपालिका फोरमले सात हजार शय्या थप्न लागेकोले तात्काल आइसोलेसन शय्याको समस्या हुने देखिन्न ।
महानगरमा कोभिड–१९ को व्यवस्थापनका लागि ७४ जना स्वास्थ्यकर्मीको टोली छ । प्रवक्ता डङ्गोलले जनप्रतिनिधिलाई मुख्य भूमिकामा राखेर स्वास्थ्यकर्मी र नगर प्रहरी परिचालन गरिएको बताउनुहुन्छ ।
यद्यपि कन्ट्याक्ट ट्रेसिङका लागि महानगरले गरेको प्रयास पर्याप्त नदेखिएको जनस्वास्थ्यविद् डा. शरद् वन्त बताउनुहुन्छ । सङ्क्रमण नियन्त्रणको प्रमुख उपाय नै कन्टयाक्ट ट्रेसिङलाई प्रभावकारी बनाई अलग्याउनु रहेकोले बढी भन्दा बढी स्रोत साधन परिचालन गर्न उहाँ जोड दिनुहुन्छ ।
तर महानगरका प्रवक्ता डङ्गोलले पछिल्ला दिनहरूमा टोली तदारुकता र प्रभावकारी रुपले परिचालन भएको दाबी गर्नुहुन्छ । उहाँले लक्षण देखिएका र नदेखिएका सङ्क्रमितलाई व्यवस्थापन गर्दै सङ्क्रमणलाई शून्यमा झार्ने लक्ष्यसहित तीनै तहको सरकार अगाडि बढेको बताउनुभयो ।
काठमाडाैँ महानगरभित्र करिब तीन हजार एक सय जनामा सङ्क्रमण सक्रिय रहेको महानगरपालिकाको अनुमान छ ।
source:gorlhapatraonline
सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • वर्षापछिको मुस्कान !
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑