काठमाडौं / रातो मच्छिन्द्र नाथको रथ तान्ने विवादमा बिहीबार पुल्चोकमा भएको झडपमा नियन्त्रणमा खटिएका १८ जना प्रहरीसहित थप ५६ जनामा सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
झडप नियन्त्रणमा खटिएका एक इन्स्पेक्टरसहित ५६ जनाको कोरोना रिपोर्ट पोजिटिभ आएको हो । ५६ जनामध्ये पुल्चोकमा खटिएका १८ जना, महानगरीय प्रहरी परिसर काठमाडौँका १५ जना, मेट्रोका ८ जना र ट्राफिक महशाखाका १५ जना रहेको जनाइएको छ ।
रातो मच्छिन्द्र नाथ रथ तान्ने भिड नियन्त्रण गर्न खटिएकामध्ये ललितपुर प्रहरी परिसर र सातदोबाटोका १८ जनामा संक्रमण पुष्टि भएको बताइएको छ ।
सरकारले कोरोना परीक्षणका लागि स्वाब दिएपछि आइसोलेसन बस्नुपर्ने नियम बनाएको छ । तर ती प्रहरीलाई स्वाब दिएपछि पनि भिड नियन्त्रणमा खटाएको पाइएको छ ।
रातो मछिन्द्रनाथको रथ तान्ने क्रममा हिजो पुल्चोकमा स्थानीय र प्रहरीबीच झडप भएको थियो । झडपमा परी प्रहरी र स्थानीयवासी सहित केही पत्रकार समेत घाइते भएका थिए । आज बेलुकी १० बजेसम्मका लागि पाटनमा कर्फ्यु जारी गरिएको छ । (newsofnepal र Kathmandu24 को सहयोगमा )
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५