• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Tue, 10, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / उपत्यका

उपत्यका नगर पालिका संघ कर्फ्यु लगाई कडाइ गर्नुपर्ने निर्णय गर्छ उता सिडियोहरु खुकुलो निषेधाज्ञा जारी गर्छ !


सुभाय् संवाददाताSeptember 2, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

कसरी आउँछ अनि कोरोना नियन्त्रणमा ?                             
काठमाडौं / काठमाडौँ उपत्यकाका नगरपालिकाका मेयरहरूले १५ दिन कर्फ्यु लगाउन माग गरेका छन् । तर यसको विपरीत उपत्यकाका तीनै जिल्लाका सिडियोहरुले केही खुकुलो लगडाउन एक हप्ताका लागि जारी गरेको छ । स्थानीय सरकार कडाइ गरि रोग नियन्त्रणमा लिने प्रयासमा छ तर प्रशासन भने खुकुलो बनाउने तर्फ गएको स्पष्ट देखिन्छ । कोरोना संक्रमण फैलिएकाले दुई साता कफ्र्यु आदेश जारी गरी निषेधाज्ञा कडा बनाउनुपर्ने मेयर फोरमले सुझाव दिएको थियोे  । मेयर फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले फोरमको भर्चुअल बैठकले उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई कर्फ्यू आदेश जारी गर्न सुझाव दिएको बताए ।
उनले १५ दिनसम्म भएको निषेधाज्ञाको अवस्थामा संक्रमण फैलिन नपाएको र अझैपनि मानिसहरु बाहिर निस्कने काम भइराखेकाले यसलाई रोक्न संक्रमणलाई पूर्ण रुपमा नियन्त्रणमा लिन कर्फ्यु नै सबैभन्दा उत्तम विकल्प भएको जानकारी दिएका थिए ।
कोरोना भाइरस संक्रमण समुदाय स्तरमा फैलिइसकेको अवस्थामा मानिसहरुको आवागमनलाई पूर्ण रुपमा निषेध नगरीकन नियन्त्रणमा लिन कठिन हुने भन्दै उनले खालको निषेधाज्ञाबाट विपन्न वर्गहरुमा समस्या पर्नेतर्फ उपत्यका नगरपालिका मेयर फोरम सचेत रहेको बताएका थिए  ।
विपन्न वर्गहरुलाई उनले आफु बसेको वडा कार्यालयमा सम्पर्क गरे सहजै राहत उपलब्ध हुने बताएका छन् । काठमाडौँ उपत्यकामा भदौ तीन गते मध्यरातदेखि निषेधाज्ञा जारी भएको आज (बुधबार) मध्यरात देखि सकिदै छ ।
यसैबीच उपत्यकाका तीनवटै जिल्लाका सिडिओले आज एक हप्ताका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेकाे छ । तर याे निषेधाज्ञा अहिले चलिरहेको निषेधाज्ञा भन्दा खुकुुलाे हुनेछ ।
बिहान ११ बजेसम्म अत्यावश्यकका पसलहरु खुल्ला रहनेछन् । ११ बजेसम्म सामान्य हिंडडुल गर्न सकिनेछ ।
यसरी जन प्रतिनिधि एउटा निर्णय गर्छन् सरकारी संयन्त्र अर्कै आदेश जारि गर्छ। अनि कसरी अाउँछ त काेराेना नियन्त्रणमा ?

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • वर्षापछिको मुस्कान !
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑