काठमाडौं /काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका २२४ जना सङ्क्रमित थपिएका छन् । यसअघि काठमाडौं उपत्यकामा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित पुष्टि भएको गत् शनिबार २१६ जना रहेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलायका अनुसार पछिल्लो चौबीस घण्टामा काठमाडौँ उपत्यकाका तीन जिल्लामामध्ये काठमाडौँमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ नयाँ सङ्क्रमित थपिएको पुष्टि भएको छ ।
भक्तपुरमा ३०७ सङ्क्रमित, बढी सङ्क्रमण मध्यपुर थिमिमा समुुदायमा संक्रमण
भक्तपुरमा समुदायस्तरमै कोरोना सङ्क्रमण फैलिएको स्वास्थ्य कार्यालय भक्तपुरले निष्कर्ष निकालेको छ । जिल्लाका चारमध्ये बढी मध्यपुरथिमि नगरपालिकामा सङ्क्रमण समुदायमा फैलिएको निष्कर्ष रहेको कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए । मध्यपुरथिमि नगरपालिकामा ५१ महिला र ६३ पुरुष गरी ११४ मा सङ्क्रमण रहेको उहाँले जानकारी दिनुभयो ।
त्यसैगरी भक्तपुर जिल्लामा कूल ३०७ जनामा कोरोना सङ्क्रमण भएको कोभिड सूचना व्यवस्थापन केन्द्रले जानकारी दिएको छ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५