• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sun, 15, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / सुभाय् पोस्ट बिशेष

न कम्पनीका काेराेना विरूद्धका खोप नेपालमा परीक्षण हुँदै


सुभाय् संवाददाताAugust 23, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ३४ मिनेट
इश्वरचन्द्र झा
काठमाडौं। खोप विकासमा सबैभन्दा अगाडि रहेको विश्वका तीन खोप उत्पादक कम्पनीले नेपालमा तेस्रो चरणको खोप परीक्षणको प्रकृया अगाडि बढाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षणको प्रकृया अगाडि बढाएको जनाउँदै थप प्रगति भएपछि प्रकृयाबारे जानकारी गराउने बताएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले खोप विकासको चरणमा रहेको चीनको हङ् सी, अक्सफोर्ड विश्वविद्यालयको आष्टा जेनेका र रुसको गेमेलियाले तेस्रो चरणको परीक्षणको लागि इच्छा देखाएको जनाएको छ । परिषद्का सदस्य सचिब डा. प्रदीप ज्ञवालीले भन्नुभयो, “हङ सीले चिनियाँ कम्पनीमा कार्यरत एक हजार जनामा खोप लगाउने प्रस्ताव गरेको छ, उसको प्रस्तावमा सम्भाब्यता र स्वास्थ्य प्रोटोकलबारे परिषद्ले अध्ययन गरिरहेको छ ।”
खोप विश्व स्वास्थ्य संगठनको निर्देशिका बमोजिम तेस्रो चरणको क्लिनिकल ट्रायलका लागि खोप निर्माता कम्पनीले विश्वका विभिन्न देशमा ठूलो संख्यामा परीक्षण गर्नुपर्ने हुन्छ । रुसी खोप उत्पादकले समेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समक्ष प्रस्ताव राखेको परिषद्का सदस्य सचिब डा. ज्ञवालीले जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप परीक्षणका लागि पहलकद्मी लिएपछि खोप विकासमा जुटेका विश्वका तीन कम्पनी नेपालमा परीक्षणको प्रकृया अगाडि बढाएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ ।
परिषद्ले कोभिड–१९ विरुद्धको खोपको तेस्रो चरणको क्लिनिकल ट्रायलका लागि बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयको आष्टा जेनेका र रुसको गेनेलिया पनि इच्छा देखाएको जनाएको छ । नेपालमा खोप विकासको अध्ययन अनुसन्धान तथा परीक्षण सम्बन्धी गतिविधि सञ्चालन गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई जिम्मेवारी दिइएको छ ।
चीनको वुहान इन्स्टिच्युट अफ बायोलोजिक प्रोडक्ट्सको सिनोफार्म, अक्सफोर्ड विश्वविद्यालयको आष्टा जिनेका र रुसको गेमेलिया नेशनल सेन्टर अफ इपिडिमियोलोजी एण्ड माइक्रोबायोलोजि खोप विकासमा अगाडि देखिएका छन् । गेमेलियाले भने दोस्रो चरणको परीक्षणमै खोप दत्र्ता गरी प्रभावकारी र सुरक्षित भएको दाबी गरिसकेको छ ।
तेस्रो चरणको परीक्षण नहुँदै गेमेलियाको उत्पादन स्पुतनिक भीको ठूलो मात्रामा उत्पादन समेत सुरु भइसकेको छ । चीन, बेलायत र रुसी तीनै खोप निर्माता कम्पनीले नेपालमा तेस्रो चरणको परीक्षणको लागि तयार रहेको मन्त्रालयले जनाएको छ । परिषद्का सदस्य सचिब डा. प्रदीप ज्ञवाली खोप विकास र परीक्षणबारे सम्भाब्य अध्ययन भइरहेको जानकारी दिनुभयो ।
उत्पादक कम्पनीले सफलताको दाबी गरिरहँदा विश्वका कतिपय राष्ट्रले कम्पनीसँग आपूर्तिका लागि सम्झौता समेत गरिसकेको छ । अष्ट्रेलिया, बेलायत, जर्मनी लगायतका राष्ट्रहरु सम्झौतामा अगाडि देखिएका छन् । जनस्वास्थ्यविद् तथा चिकित्सकहरुले नेपालले समेत खोपको अधिकार सुरक्षित गर्न पहलकद्मी लिनुपर्ने बताइरहँदा मन्त्रालयले परीक्षणको लागि तीनै कम्पनीले प्रकृया अगाडि बढाएको जानकारी सार्वजनिक गरेको छ ।
यद्दपी खोप खरीद सम्बन्धी प्रकृया बारेमा मन्त्रालयले स्पष्ट गरेको छैन् । खोप सुरक्षित गर्न विभिन्न तीनवटा प्रकृया रहेको छ । खोप खरिद गर्न चाहने राष्ट्रले उत्पादक कम्पनीसँग प्रत्यक्ष सम्झौता गर्न सक्नेछ । अर्को विश्व स्वास्थ्य संगठनले न्यून आय भएका राष्ट्रका लागि खोप खरिद गरी आपूर्ति गर्छ । तेस्रो, विश्व स्वास्थ्य संगठन र यूनिसेफकै अनुदानमा सञ्चालित गाभीले उत्पादक कम्पनीसँगको सहकार्यमा सबै राष्ट्रमा खोपको सामान अधिकार र आपूर्तिको व्यवस्थापन गर्छ ।
गाभीले सन् २०२१ को सुरुवातमै न्यून र मध्यम आय भएका राष्ट्रमा दश करोड खोप वितरण गर्ने जनाइसकेको छ । यस्ता मध्यम र न्यून आय भएका राष्ट्रको संख्या ९२ छ ।
साभार
सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • वर्षापछिको मुस्कान !
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑