• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Tue, 04, Aug, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  प्रविधि

घरमा आइसोलेसनमा बस्दा के गर्ने?


सुभाय् संवाददाता August 22, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ४७ मिनेट
आदर्श प्रधान
नेपालमा कोरोनाको परीक्षण बढाएकोसँगै कोरोना संक्रमितको संख्या पनि दिनहुँ बढिरहेको छ। काठमाडौं उपत्यकामा पनि दिनानुदिन कोरोना संक्रमितको संख्या अत्याधिक रुपमा बढिरहेको छ। यससँगै मानिसमा डर पनि पैदा भएको छ । यस्तो अवस्थाले विभिन्न प्रकारका मानसिक समस्या निम्त्याउँछ । मानसिक समस्याहरुमा एन्जाइटी डिसअर्डर, अनिद्रा, डिप्रेसन लगायतका समस्याहरु हुन् । तर यस्तो मानसिक समस्याहरुलाई समयमै ब्यबस्थापन गर्नु भने जरुरी छ ।
अहिले सामान्य एवं लक्षण नभएकोहरुको लागि सरकारले घरमा आइसोलेसनमा बस्न अनुमति पनि दिएको छ । अस्पतालमा बस्नुपर्छ भन्ने तनावले पार्ने मनोवैज्ञानिक असर घरमा बस्दा नपर्न सक्छ। परिवारसँगै छु भन्ने पारिवारिक बाताबरणले आत्मबिश्वास बढ्दछ । नियमित चिकित्सकसँगको सम्पर्कमा घरमा आइसोलेसनमा बस्दा गर्न सकिने केही टिप्सहरु–
–सधैँ कोरोनाको कुरा मात्र सोचेर बस्नु हुँदैन । सामाजिक सञ्जालको प्रयोग अत्यन्त कम गर्नुपर्छ । कोरोनाबारेका समाचारलाई कम सुन्ने, पढ्ने वा हेर्ने गर्नुपर्छ । घरमा आइसोलेसनमा बस्दा सृजनात्मक कार्यहरु गर्न सकिन्छ । यसलाई समस्या भन्दा अबसरको रुपमा उपयोग गर्न सकिन्छ ।
–समयमा सुत्ने र समयमा उठ्ने समय छान्नुहोला । केही काम छैन भनेर अल्छी गरेर दैनिकीलाई नबिगार्नुहोला । पर्याप्त निद्रा आबश्यक हुन्छ । तर बिहान सबेरै उठ्नु पनि होला ।
–फुर्सदिलो समयको उपयोग गर्दै दैनिक योग, ध्यान र प्राणायाम गर्नु लाभप्रद हुन्छ । नियमित ध्यानले नकारात्मक सोच कम गर्नुका साथै प्रतिकूल अवस्थामा संयमित बनाउँछ । शरीरलाई सक्रिय राख्न शारीरिक व्यायाम पनि गर्नुपर्छ ।
–सन्तुलित भोजन लिनुपर्छ । मदिरा, चुरोट, सुर्ती र लागूपदार्थबाट टाढा रहनुपर्छ । बिहान मौसमी फलफूल खानुपर्छ । खाना खानु अघि काँक्रो, गाँजर, मूलाजस्ता ताजा सलाद खानु राम्रो हुन्छ । त्यस पछि खाना खानु राम्रो हुन्छ ।
–दैनिक नरिवल पानी र मौसमको जुसलाई पर्याप्त रुपमा पिउन राम्रो हुन्छ । नरिवलको पानीले शरिर भित्रको मिनरललाई सन्तुलित गर्दछ भने मौसमको जुसले भिटामिन सिको बढाँउदछ । यसले बिरामी शरिरमा इम्युनिटी बढाउँदछ ।
–बिहान, दिउँसो, बेलुका खाना खानु अघि काँचो बेसारलाई आफ्नो नङको आकारमा चपाएर खानु राम्रो हुन्छ । यसलाई करिब १४ दिन सम्म लिन सकिन्छ । आयुर्वेद चिकित्सामा बेसारलाई इन्फेक्सन लगायत धैरै समस्याहरु प्रयोग गरिन्छ ।
–दिनमा केही समय आनन्द लाग्ने क्लासिकल संगीत सुन्ने बानी बसाल्नुपर्छ । उत्प्रेरणामूलक पुस्तक बढ्दा पनि सकारात्मक सोच बढाउन मद्दत पुग्छ ।
–बिहानीपखको घाममा करिब ४० मिनेट बस्ने र ताजा हावामा टहल्ने बानीले पनि शरीरमा स्फूर्ति दिलाउनुका साथै मनलाई ताजा महसुस गराउँछ ।
–कोरोना लागेको छ भनेर बिलकुल निरास हुनुहुँदैन । निराशापनले इम्युनिटीलाई असर पुर्‍याउँछ। नेपालमै हेर्ने हो भने कोरोना संक्रमितको तुलनामा निको भएर घर फर्केकाहरु हुनेहरु नै धैरै छन् । जे कुरा भावसहित बारम्बार दोहोर्‍याइन्छ, उक्त कुरा हाम्रो अबचेतन मस्तिष्कमा गएर बस्दछ । त्यसैले हरेक समय म स्वस्थ भइरहेको छु भनेर भावलाई दोहार्‍याउन सकिन्छ । राति सुत्नुअघि र बिहान उठ्नासाथ केही बेर आफू स्वस्थ भएको भावलाई मेरुदण्ड सिधा बनाएर, आँखा बन्द गरी भिजुलाइजेसन गर्नु राम्रो हुन्छ ।
–आफूलाई मानसिक समस्याको कारणले कुनै असहज महसुस भएको छ भने चिकित्सकसँग परामर्शको लागि सल्लाह लिन सक्नुहुन्छ ।
–यीबाहेक चिकित्सकले घरमा आइसोलेसनमा बस्नु अघि दिइएको सल्लाहको शतप्रतिशत पालन गर्नुहोला । ब्यक्तिगत सरसफाई लयायतको अन्य कुरालाई ध्यान दिनुहोला ।
(प्रधान होलिस्टिक माइण्ड्स एण्ड लाइफ सेलिब्रेसन सेन्टरका मनोविज्ञ हुन्।)
courtesy:deshsanchar
सम्बन्धित पोस्ट
  • ब्रोड पिक’ दुर्घटनामा दिवंगत निर्मल पुर्जासहितका आरोहीहरूप्रति प्रम बालेन शाहद्वारा श्रद्धाञ्जली अर्पण
  • शान्ति पहिलो प्राथमिकता : हिंसाले होइन, संवाद र सहिष्णुताले राष्ट्र बन्छ
  • खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा
  • बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    ब्रोड पिक’ दुर्घटनामा दिवंगत निर्मल पुर्जासहितका आरोहीहरूप्रति प्रम बालेन शाहद्वारा श्रद्धाञ्जली अर्पण

    शान्ति पहिलो प्राथमिकता : हिंसाले होइन, संवाद र सहिष्णुताले राष्ट्र बन्छ

    खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

    बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

    बौद्ध भिक्षुहरू वर्षावासको वर्षावास – असार १३ गते प्रातिमोक्ष पाठ र १४ गते अधिष्ठान गरिने

    वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

    नेपालको सम्पदा, पर्यटन र आर्थिक उन्नति : समृद्धिको आधारशिला

    सारनाथ पनि विश्व सम्पदा सूचीमा

    पार्टी सशक्त बनाउन राप्रपा शंखरापुरको नयाँ रणनीति:निर्वाचित तीनै वडा अध्यक्षलाई उपाध्यक्ष र विभागीय संयोजकको जिम्मेवारी

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    सुभाय् पोस्ट बिशेष

    ब्रोड पिक’ दुर्घटनामा दिवंगत निर्मल पुर्जासहितका आरोहीहरूप्रति प्रम बालेन शाहद्वारा श्रद्धाञ्जली अर्पण

    खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

    बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

    वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

    राजनीतिमा नयाँ शक्ति र चुनौतीको चाङ

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑