काठमाडौँ/ काठमाडौंमा एक हप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ ।
काठमाडौँ उपत्यकाका तीनै जिल्लामा भदौ ३ गते बुधबार मध्यरातदेखि भदौ १० गते रातिसम्म निषेधाज्ञा हुने भएको हो ।
तीनै जिल्लामा कोरोना रोकथाम समितिका बैठकले काठमाडौँ उपत्यकाका तीनै जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरमा भदौ ३ गते रातिदेखि भदौ १० गतेसम्मका लागि लकडाउन गर्ने निर्णय आज मंगलबार राति गरेका हुन्।
काठमाडौँ उपत्यकामा कोरोना संक्रमण बढ्दै गएकाले लकडाउन गर्न विभिन्न क्षेत्रबाट दबाब परेको थियो।विज्ञहरुले दस दिन अगाडि नैं कडा लकडाउन गर्न सुझाव सरकारलाई दिइसकेको थियो । यस अवधिमा सवारी साधन संचालन गर्न पाइने छैन।यतिबेला अत्यावश्यक सामागरि खाद्यान्न र औषधि किन्न मात्र बाहिर निस्कने सक्नेछ । यस अवधिमा बाहिर निस्कन निषेध गरिएको छ ।
औषधि खाद्यवस्तु र इन्धन , तरकारी , फलफूल लगायत पसल डिपो , क्वारेन्टाइन , फोहरमैला , दूरसञ्चार ,सूचना तथा संचार आदि भने संचालन गर्न पाइने छ। यस कार्यका लागि जान आउन सवारी साधनको निम्ति पासआवश्यक नपर्ने बताइएको छ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५