• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 17, May, 2025
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

पोखरामा पनि कोरोना संक्रमित बढेपछि लकडाउन , निषेधाज्ञा र सिल गर्न महानगरबासीको माग


सुभाय् संवाददाताAugust 17, 2020 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

पोखरा / पोखरा महानगरमा कोरोना सङ्क्रमण बढे सँगै पोखरा महानगरलाई लडाउन गर्न र बढी जोखिम रहेका क्षेत्र सील गर्नुपर्ने आवाज उठेको छ ।
भैरव टोलका विक्रम उदासले सामाजिक संजाल मार्फत पोखरा महानगरका मेयरलाई कोरोना संक्रमण बढेको कारण चाँडो लकडाउन गर्न अनुरोध गरे । धेरै महानगरबासीको अहिलेको चाहना कोरोना संक्रमणबाट बच्न लक डाउन गर्नुपर्ने धारणा रहेको देखिन्छ ।
यसैबीच हिजो आइतबार पोखरामा एक सर्वदलीय बैठक बसेको छ । बैठकमा दलका प्रतिनिधिले कोरोना सङ्क्रमण समुदायमा जटिल रूपमा नफैलियोस् भन्नका लागि पोखरामा निषेधाज्ञा जारी गर्नुपर्ने र सङ्क्रमण फैलिएका क्षेत्र सील गर्नुपर्ने सुझाव दिएका हुन । यसबारे मिडियासँग कुरा गर्दै पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिसीले सर्वदलीय बैठकमा निषेधाज्ञा र सिल गर्ने कुरा उठे पनि निर्णय भने नभइसकेको बताए ।
पोखरामा एक दुई दिन यता कोरोना सक्रमितको सङ्ख्या ह्वात्तै बढेकोले राजनीतिक दलहरूले पोखरा महानगर सील गर्न र सुरक्षाका उपाय अवलम्बन गर्न आग्रह गरेको प्रमुख जिसीले बताए । उनले भने–“केही कनट्याक्ट ट्रेसिङका आधारमा सङ्क्रमितको सङ्ख्या बढे पनि सीलनै गर्नुपर्ने बाध्यता रहेको छैन”, उनले थपे–“यस बारे सोमवार कोरोना रोकथाम मूल समितिको बैठकमा थप छलफल हुन्छ ।”
समितिको बैठकमा छलफल गरेपछि प्रस्ताव जिल्ला विपद् व्यवस्थापन समिति (सिसिएमसी)को बैठकमा लगिने मेयर जिसीले जानकारी दिए । “कति सङ्क्रमित हुँदा सील गर्ने, त्यसको पनि राज्यले तय गरेको नीति छ, हामीले त्यसको अवलम्बन गर्ने बारे पनि छलफल गरेका छौँ,” उनले भने ।
हालसम्म पोखरामा २ सय ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र आइतबार सम्म १ सय २७ जना निको भएर घर फर्किएको पोखरा महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त पौडेलले बताए । आइतबार मात्रै पोखरामा २२ जनामा कोरोना पुष्टि भएको ।
(पोखरान्युजको सहयोगमा )

सम्बन्धित पोस्ट
  • भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव
  • Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage
  • धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान
  • साथीका निम्ति प्रेमको सौगात
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    “जि ला घ्यान्सेयाम्ह हे खनि सा !!”- द्वारिकादास राजभण्डारी

    “गुथी अष्ट्रेलिया”को अध्यक्षमा कुन्दन ताम्राकार

    बदलिँदो भू-अर्थ-राजनीति

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प

    महानगरका मेयरले गरे स्वयम्भू महोत्सवको उद्घाटन

    अमेरिकाले गर्‍यो नेपाल सहित १७ देशको टीपीएस खारेज, हजारौँ नेपालीको बिचल्ली हुने

    सुभाय् पोस्ट बिशेष

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    “जि ला घ्यान्सेयाम्ह हे खनि सा !!”- द्वारिकादास राजभण्डारी

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2025: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑