• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

पोखरामा पनि कोरोना संक्रमित बढेपछि लकडाउन , निषेधाज्ञा र सिल गर्न महानगरबासीको माग


सुभाय् संवाददाताAugust 17, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

पोखरा / पोखरा महानगरमा कोरोना सङ्क्रमण बढे सँगै पोखरा महानगरलाई लडाउन गर्न र बढी जोखिम रहेका क्षेत्र सील गर्नुपर्ने आवाज उठेको छ ।
भैरव टोलका विक्रम उदासले सामाजिक संजाल मार्फत पोखरा महानगरका मेयरलाई कोरोना संक्रमण बढेको कारण चाँडो लकडाउन गर्न अनुरोध गरे । धेरै महानगरबासीको अहिलेको चाहना कोरोना संक्रमणबाट बच्न लक डाउन गर्नुपर्ने धारणा रहेको देखिन्छ ।
यसैबीच हिजो आइतबार पोखरामा एक सर्वदलीय बैठक बसेको छ । बैठकमा दलका प्रतिनिधिले कोरोना सङ्क्रमण समुदायमा जटिल रूपमा नफैलियोस् भन्नका लागि पोखरामा निषेधाज्ञा जारी गर्नुपर्ने र सङ्क्रमण फैलिएका क्षेत्र सील गर्नुपर्ने सुझाव दिएका हुन । यसबारे मिडियासँग कुरा गर्दै पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिसीले सर्वदलीय बैठकमा निषेधाज्ञा र सिल गर्ने कुरा उठे पनि निर्णय भने नभइसकेको बताए ।
पोखरामा एक दुई दिन यता कोरोना सक्रमितको सङ्ख्या ह्वात्तै बढेकोले राजनीतिक दलहरूले पोखरा महानगर सील गर्न र सुरक्षाका उपाय अवलम्बन गर्न आग्रह गरेको प्रमुख जिसीले बताए । उनले भने–“केही कनट्याक्ट ट्रेसिङका आधारमा सङ्क्रमितको सङ्ख्या बढे पनि सीलनै गर्नुपर्ने बाध्यता रहेको छैन”, उनले थपे–“यस बारे सोमवार कोरोना रोकथाम मूल समितिको बैठकमा थप छलफल हुन्छ ।”
समितिको बैठकमा छलफल गरेपछि प्रस्ताव जिल्ला विपद् व्यवस्थापन समिति (सिसिएमसी)को बैठकमा लगिने मेयर जिसीले जानकारी दिए । “कति सङ्क्रमित हुँदा सील गर्ने, त्यसको पनि राज्यले तय गरेको नीति छ, हामीले त्यसको अवलम्बन गर्ने बारे पनि छलफल गरेका छौँ,” उनले भने ।
हालसम्म पोखरामा २ सय ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र आइतबार सम्म १ सय २७ जना निको भएर घर फर्किएको पोखरा महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त पौडेलले बताए । आइतबार मात्रै पोखरामा २२ जनामा कोरोना पुष्टि भएको ।
(पोखरान्युजको सहयोगमा )

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑