काठमाडौं / काठमाण्डौ क्षेत्र न. ८ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत काठमाडौ महानगरपालिका वडा नं १५ स्थित कंग अजिमा लखुतिर्थ जोडिने झोलुङ्गे पुलको करिडोरमा बिष्णुमति लिंकरोड क्रसिङ्ग ब्रीजको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । यसैक्रममा आज शनिबार क्रसिङ बृजको मध्यभाग जोडिने कार्य भएको छ । यस कार्यको निरिक्षण गर्न त्यस क्षेत्रको प्रतिनिधित्व गर्ने संघीय सांसद जीवन राम श्रेष्ठ उपस्थित भएका थिए । निरिक्षण कार्यक्रममा काठमाडौं महानगर पालिकाका प्रवक्ता एवं १५ वडाका वडा अध्यक्ष ईश्वरमान डंगाेल, वडा सदस्य मैयाँलक्ष्मी महर्जन, बिष्णुमति लिंकरोड क्रसिङ्ग ब्रीजका उपभोक्ता समितिका अध्यक्ष अमृतरत्न डंगाेल, सचिब राकेशमान कर्माचार्य, कोषाध्यक्ष रीता स्थापित तुलाधर, पदाधिकारीहरु र स्थानीय जनसमुदायको उपस्थिति रहेको थियो ।
बिष्णुमति लिंकरोड क्रसिङ्ग ब्रीज स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम आर्थिक वर्ष २०७६/७७ बाट बिनियोजित रकम रु.५१,५२,३९४ । २७ र उपभोक्ता मार्फत रु.२,५७,६१९.७१/- योगदानमा निर्माण भइरहेको छ। यस बृजको कुल लागत इष्टिमेट ८०१०८०२/११ भएकोमा यो आ व २०७६/७७ मा बिनियोजित रकम मा नपुग रकम क्रमागत योजनामा आ व २०७७ /७८ को बजेट बाट बिनियोजन गरी पुरा गरिने बताइएको छ। फोटो : निरज श्रेष्ठ
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५