काठमाडौं / बिहीबार काठमाडौं उपत्यकामा मात्र थप १२७ जनामा कोरोना पुष्टि भएको छ । उनीहरूमध्ये काठमाडौं जिल्लामा १११, ललितपुरमा ११ र भक्तपुरमा ५ जनामा संक्रमण देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकासमेत गरेर देशभर आज थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । गत २४ घण्टाको अवधिमा ९ हजार ५ सय ५९ जनामा भएको परीक्षणमा ५२५ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार आजसम्ममा देशको कूल संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५