काठमाडौं/उपत्यकामा पछिल्लो समयमा एक्कासि कोरोना संक्रमित बढेपछि यहाँको प्रमुख बजारहरु मध्यरातबाट सिल हुँदैछ।
आज शुक्रबार मात्र काठमाडौंका ८८ जना, भक्तपुरका ८ जना र ललितपुरका १० जना गरी कुल १०६ जनामा कोरोना संक्रमण थपिएका हुन् । संक्रमण शून्य काठमाडौंमा बाहिरबाट मानिस भित्रिने क्रमसँगै दिनदिनै संक्रमितको संख्या बढ्दै गएको थियो । यसैबीच आज शुक्रबार पनि महाबौद्धका थप तीन व्यापारीमा संक्रमण देखिएको छ । यसरी संक्रमण बढेको क्षेत्रमा सिल गर्नेसम्म पनि गर्न सकिने व्यवस्था अनुसार आज रातिदेखि महाबौद्ध, असन, इन्द्रचोक र न्यूरोड टेकु क्षेत्र सिल गर्ने निर्णय गरिएको छ ।आज बसेको काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला प्रमुख सम्मीलित बैठकले यस्तो निर्णय गरेको हो ।
काठमाडौंमा दिनदिनै बढिरहेको संक्रमितको संख्याले काठमाडौं उपत्यका जोखिममा रहेको पुष्टि भएको छ ।
आइतबारदेखि उपत्यकामा शट डाउन गर्ने निर्णय पनि आजकै बैठकले गरेको थियो । सरकारले बाहिरबाट उपत्यकामा मनपरि प्रवेश गराउँदा काठमाडौं जोखिममा परेको भन्दै उपत्यकाबासी सरकारप्रति आक्रोशित भएका छन् । संघीय सरकारले उपत्यकाका नगर पालिकाहरुले प्रवेशमा रोक लगाएपनि संघीय सरकारले मनपरि प्रवेश गर्न दिएको र बिस्तारै खोल्दै जानुपर्ने लक दाउन एकैचोटि झ्वाट्टै खोल्दा यस्तो अबस्था आएको उनीहरूको आरोप छ । हुन पनि लक डाउनको अवस्थामा काठमाडौं उपत्यकामा संक्रमण शून्य अवस्थामा थियो भने अहिले निकै जोखिमपूर्ण बनेको छ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५