काठमाडौं / काठमाडौं महानगर पालिका वडा नं २२स्थित वंटु चिकं अत: न्युरोडको उत्तरी भागका ब्यापारीहरुमा कोरोना पुष्टि भएपछि संक्रमण थप फैलन नदिन सो क्षेत्र सिल गरिएको छ ।
आज श्रावण २३ गते शुक्रबार स्थानीय काठमाडौं महानगर पालिका २२ वडा समिति , स्थानीय संघ संस्था , व्यापार संघको सँयुक्त बैठकले उक्त क्षेत्र सिल गर्ने निर्णय गरेको हो। केहि व्यापारीहरुमा कोरोना संक्रमण देखिएको र त्यसपछि त्यहाँ ब्यापार गरि बसेका अरु ब्यापारीहरु तथा तथा स्थानीयको स्वाब टेस्टको निम्ति संकलन गरिएको र त्यसको रिपोर्ट नआएसम्म सिल्ड गर्ने निर्णय गरेको कामपा वडा नं २२ का वडा अध्यक्ष चिनीकाजी महर्जनले बताए ।
उनले उक्त क्षेत्रमा रहेका पसल ,अफिस समेत बन्द गरिने निर्णय गरेको बताउँदै सबैलाई सहयोगका निम्ति अपिल गरे ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५