• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

कडा लकडाउन गर्ने, कर्फ्यु लगाउनेदेखि सिल गर्नेसम्मकाे विज्ञहरुको सुझाव सरकारलाई


सुभाय् संवाददाताAugust 4, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौं / कोरोना संक्रमण भयावह रुपमा फैलँदै गएपछि सरकारले प्रधानमन्त्री निवास बालुवाटारमा विज्ञहरुसँग परामर्श गरेको छ । करिब साढे चार घण्टा लामाे आजकाे छलफलमा विज्ञहरूबाट लकडाउन कडाइ गर्ने वा २१ दिन ताेकेर कर्फ्यु लगाउने वा संक्रमण बढेका स्थानमा सिल गर्ने र नागरिक उत्तरदायित्व बढाउने जस्ता मिश्रित सुझावहरू प्राप्त भएकाे प्रधानमन्त्रीकाे प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् । उनका अनुसार विज्ञहरुले अस्पतालमा पूर्वाधार बढाउन आइसीयू र भेन्टिलेटर उपलब्धता बढाउन पनि जाेड दिइएकाे बताए । बिज्ञहरुबाट आएका सुझावहरू अनुसार सरकारले आवश्यकता अनुसार जायज सुझावहरू कार्यान्वयन गरी अगाडि बढ्ने र कोरोनासँगको लडाइँ लड्ने बताए ।
यसैबीच पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाट आउने नेपालीको परीक्षण गरी प्रमाणित भएपछिमात्र घर पठाइने बताएका छन् । बाहिरबाट आउनेहरु आफै पनि जिम्मेवार हुनुपर्ने उनले बताए । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार विज्ञहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले त्यस्तो बताएका हुन् ।
अहिलेको कोरोना संकट सल्टाउन सबैको भूमिका अनिवार्य रहने उनले बताए । “भयाभह स्थिति छँदैछ, सीमाबाट मान्छे स्वस्फूर्तरुपमा आउन दिने हो भने झन अवस्था विग्रन्छ” प्रधानमन्त्री ओलीले भने, “आउन दिने हो तर परीक्षण गरेर मात्र घर पठाउनुपर्छ, त्यसमा नागरिकले सहयोग गर्नुपर्छ ।
“लकडाउन लगाउँदा किन लगाइस् भन्ने, लकडाउन खोल्दा किन खोलिस् भन्ने गलत मानसिकता साथ टिप्पणी भइरहेको छ” भन्दै प्रधानमन्त्री ओलीले सबैलाई जिम्मेवार बन्न आग्रह गरे । सरकार देश र जनताको स्वास्थ्यमा संवेदनशील रहेको उनले बताए ।
छलफलमा नेपाली काँग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा तथा जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि उपस्थित रहेका थिए ।

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑