काठमाडौं / काठमाडौं उपत्यकामा आज आइतबार थप ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तिनीहरूमध्ये काठमाडौँ जिल्लामा २२, ललितपुरमा ८ र भक्तपुरमा १ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यका छिर्ने नाकाहरू नागढुङगा, फर्पिङ र साँगाबाट यही साउन १० गतेदेखि १३ गतेसम्म सङ्कलन भएको १० हजार ८२७ नमूना परीक्षण भइरहेको बताएको छ । मास्क, सेनिटाइजर प्रयोग गरी सुरक्षित रहन पनि उसले आग्रह गरेको छ ।
नेपालभर कोरोनाभाइरसका २४६ जना नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ८ हजार ८६१ जनाको स्वाब परीक्षण गरिएकोमा २४६ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नयाँ थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाभाइरसका कुल सङ्क्रमितको सङ्ख्या २० हजार ३३२ पुगेको बताए । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १११ जना कोरोनामुक्त भएर घर फर्केका छन् ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५