काठमाडौं / काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ५०० पार गरेको छ । उपत्यकामा हालसम्म कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्या ५२७ पुगेको छ। अझ लुकेको संख्या धेरै हुन सक्ने संभावना पनि नकार्न सकिंदैन ।आज शुक्रवार उपत्यकामा ३८ जना कोरोना पुष्टि भएका छन् । तीमध्ये काठमाडौंका ३२ जना, ललितपुरमा पाँच जना र भक्तपुरमा एक जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको हो।
कुल सङ्क्रमितको सङ्ख्या काठमाडौंमा ४२२ जना, ललितपुरमा ९६ जना र भक्तपुरमा ५६ जना पुगेको छ।
अझ लुकेको संख्या धेरै हुन सक्ने संभावना पनि नकार्न सकिंदैन काठमाडौंमा कोरोना संक्रम्णको जोखिम दिनानुदिन बढ्दै गएको छ । यसको मूल कारण सरकारले बाहिरबाट अवैध रुपमा काठमाडौं प्रवेश गरेकालाई नरोक्नु र पसेकालाई पनि क्वारेन्टाइनमा नराख्नु । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले भने, “काठमाडौंमा सङ्क्रमितको सङ्ख्या बढिरहेको छ। हामीले जारी गरेको निर्देशिकाहरू राम्ररी पालना भएको छैन, यसले दुर्घटना निम्त्याउन सक्छ।”
तर भनाइ र गराइमा फरक देखिएको छ । आखिर के गरेको छ र सरकारले कोरोना नियन्त्रण गर्न संक्रमण बढ्न नदिन खोक्रो माइकिङ र प्रचार बाहेक । गर्नुपर्ने त कडा लक्डाउन र परिक्षणको दायरा बढाउने बाहिरबाट प्रवेश रोक लगाउनु पर्ने हो नि । त्यस्तो केही गरेको देखिएको छैन ।
दुई तिहाईको सरकार बनाएको दल नै भित्र भित्रै महाभारत गरिरहेका कारण उनीहरूलाई जनताको जिउ धनमा समेत ध्यान दिन फुर्सद नभएको भन्दै उपत्यकाबासी आक्रोषित बनेका छन् ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५