• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 14, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / सुभाय् पोस्ट बिशेष

वीरगञ्जमा विषम परिस्थिति देखा पर्‍यो, चिकित्सकसहितको विज्ञ टोली पठाऊ : राजनीतिक दल


सुभाय् संवाददाताJuly 30, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

वीरगञ्ज / पर्साका क्रियाशिल राजनीतिक दलले कोरोना भाइरस (कोभिड १९) संक्रमण नियन्त्रण गर्न चिकित्सकसहितको विज्ञ टोली तत्काल वीरगञ्ज पठाउन माग गरेका छन् ।जिल्लामा कोरोना संक्रमितको संख्या दिनानुदिन अत्याधिक बढ्दै गइरहेकोमा गम्भीर चिन्ता व्यक्त गर्दै उनीहरुले विज्ञ टोलीमार्फत संक्रमण नियन्त्रण र संक्रमितको व्यवस्थापन गरी दिन स्वास्थ्य मन्त्रालयसँग आग्रह गरेका छन् ।
पर्सा र बारामा बुधबार मात्रै चिकित्सक, स्वास्थ्यकर्मी, नेपाली सेना लगायत ५३ जनामा कोरोना पुष्टि भएको छ ।
बिहीबार जिल्लाका प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष लगायत प्रदेश सांसद, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष र सामाजिक अभियन्तासहितको सर्वपक्षीय बैठकले ५ बुँदे निर्णय गरेको छ ।
निर्णयको पहिलो बुँदामै कोरोना महामारी नियन्त्रण गर्नका लागि विज्ञ टोली वीरगञ्ज पठाउन माग गरिएको जसपाका युवा नेता ओमप्रकाश सर्राफले बताए ।
वीरगञ्जमा कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि १ सय भन्दा बढी संक्रमित घर घरमै छन् । ५० बेडको कोरोना विशेष अस्थयी अस्पताल गण्डकमा ६० जना भन्दा बढी संक्रमितलाई राखिएको छ । लक्षणसहितका संक्रमित बढी देखिएकोले अवस्था जटिल बन्दै गएको जनस्वास्थ्य विज्ञहरु बताउँछन् । क्वारेन्टिन भनी बनाइएको स्कुलमा संक्रमित छ.
‘दिनहुँ सयौं कोभिड संक्रमित देखिन थालेको छ । कोभिड विशेष अस्पतालमा बेडको अभावमा भर्ना हुन नपाएर संक्रमित उपचारबाट बञ्चित छन् । विषम परिस्थिति देखा परेको छ,’ उनीहरुले भनेका छन्, ‘संक्रमितको लागि थप कोभिड अस्पताल जरुरी छ । नेशनल मेडिकल तथा शिक्षण अस्पताल, वयोधा अस्पताल, वीरगञ्ज हेल्थ केयर अस्पताल लगायत मध्ये कुनै निजी अस्पताललाई लिएर कोभिड विषेश अस्पतालको रुपमा व्यवस्थापन र सञ्चालन गर्नुपर्ने देखिन्छ ।’
बैठकले नारायणी अस्पतालको बन्द सेवा सुरक्षा अपनाएर सुचारु गर्न, नारायणी अस्पताललाई रुटिङ हेल्थ सर्भिस अर्थात जनरल अस्पताल कै रुपमा सुचारु राख्नुपर्नेमा जोड दिनुको साथै वीरगञ्जमा विद्युतिय शवदाह गृह स्थापना गर्न पहल गर्ने निर्णय पनि गरेको छ ।
सम्पूर्ण सुरक्षा अपनाएर गरिने शवदाहमा कोही कसैले विरोध नगरिदिन बैठकले अनुरोध गरेको नेपाली कांग्रेसका पर्सा सभापति अजय द्विवेदीले जानकारी दिए । ‘मृत्युपछि सम्मानजनक शवको अन्त्येष्टि हुनु पर्दछ । मानिसको मृत्यु सत्य हो । तर अहिले महामारीको बेला शवदाहमा अवरोध गर्नु कदाचित् मानवता, समाजिकता र धार्मिक रीति रिवाज विरुद्धको कार्य हो,’ उनले भने, ‘शवदाहमा सघाउनु हामी सबैको दायित्व र जिम्मेवारी पनि हो । सम्पूर्ण सुरक्षा अपनाएर गरिने अन्त्येष्टिले कसैलाई कुनै हानी नोक्सानी हुँदैन । त्यसैले विरोध नगरिदिन हामीले आग्रह गरेका छौं ।’
बैठकमा जसपाका अध्यक्ष राम नरेश यादव, नेकपाका प्रतिनिधि महेश दास, प्रदेश सांसद ओम प्रकाश शर्मा, राजेश्वर साह तेली, डा. अन्जु यादव, जन्नत अन्सारी, वीरगञ्ज उघोग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया, प्रा. लालन द्विवेदी, वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाईं, वृजेश्वरप्रसाद चौधरी लगायत सहभागी थिए।
साभार:अनलाइनखबर
।

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • वर्षापछिको मुस्कान !
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑