काठमाडौ / नेपालको सुन बजारमा सुनको मूल्य प्रति तोला एक लाख पुग्न एक हजार मात्र कम रहेको अवस्थामा पुगेको छ ।
आज बिहीबारको लागि नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाल सुनको कारोबार मूल्य प्रति तोला ९९ हजार रुपैयाँ तोकेको छ ।
अघिल्लो दिनको तुलनामा तोलामै पाँच सय रुपैयाँले सुनको भाउ बढेको महासंघले जनाएको छ ।
यसैगरी तेजाबी सुनको भाउ तोलाको ९८ हजार पाँच सय ६० रुपैयाँ पुगेको छ ।
त्यसैगरी चाँदीको भाउ प्रतितोला १२ सय २५ रुपैयाँ तोकिएको छ ।
सुनको भाउ अप्रत्याशित रूपमा बढ्ने क्रम जारी छ ।
सुनको मूल्य प्रतितोला एक लाख चाँडै नै पार गर्ने निश्चित देखिएको छ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५