• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 05, Jun, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

राजविराजमा कोरोना : मृतकको लहरो समाउँदा भेटिए २९ संक्रमित


सुभाय् संवाददाताJuly 25, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

श्रवण देव
सप्तरी /भारतबाट घर फर्किएर क्वारेन्टिनमा बस्नेहरु घटिसकेका थिए । यससँगै दैनिक भेटिने कोरोना भाइरस (कोभिड-१९) का संक्रमितको संख्या घट्दो थियो भने निको हुनेहरुको संख्या बढ्दो थियो ।
तर, २ साउनमा सप्तरीका ७२ वर्षीय बृद्धलाई कोरोना संक्रमण पुष्टि भएको केही घण्टामै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा निधन भयो । श्रीमतीको उपचारका लागि भारत गएका उनी परिवारसहित २० असारमा घर फर्किएका थिए ।
मुटु रोगका बिरामी उनलाई श्वासप्रश्वासमा समस्या भएपछि धरान लगियो । कोरोनाको आशंकामा परीक्षण गर्दा २ साउनमा रिपोर्ट पोजेटिभ आयो । राति ८ बजेतिर कोरोना संक्रमणको पुष्टि भएको थियो । त्यसको केही घण्टामै उनको निधन भयो ।
७२ वर्षीय कोरोना संक्रमितको मृत्यु भएपछि कन्ट्याक ट्रेसिङका क्रममा परिवारका सदस्य र पसलमा काम गर्नेसहित १९ जनाको स्वाब संकलन गरेर परीक्षण गरियो । उनका परिवारका ५ जना र कार्मचारी र व्यापारिक साझेदारसहित ७ जना पोजेटिभ देखिए ।
मृतकका ६७ वर्षीया पत्नी, ४५ वर्षीय छोरा, ३६ वर्षीया बुहारी, १७ वर्षीय नाति र ११ वर्षीया नातिनीमा कोरोना भाइरसको संक्रमण पुष्टि भयो । यस्तै उनका ग्यास पलसमा काम गर्ने ४९ वर्षीय पुरुष र कलेजका साझेदार ३७ बर्षका पुरुषमा संक्रमण देखियो ।
दुई जनामा संक्रमण देखिएपछि उनीहरुको परिवारका सदस्यको स्वाब भयो । त्यसक्रममा राजविराज-८ का ३७ बर्षका पुरुषकी ३२ बर्षीया पत्नीमा संक्रमण पुष्टि भयो । उनी गजेन्द्रनारायण सिंह अस्पतालकी नर्स हुन् ।
अस्पतालका नर्समा समेत संक्रमण भेटाएपछि सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी स्वाब संकलन गरिएको छ । कर्मचारीमा संक्रमण देखिएन, तर इमर्जेन्सीका एक जनामा संक्रमण भेटियो ।
यस्तै मृतकको पसलमा काम गर्ने ४९ वर्षीय पुरुषकी कट्याक ट्रेसिङका क्रममा उनकी ४० वर्षीया पत्नी, १५ वर्षीया छोरी, १७ वर्षीया भतिजी र १५ वर्षीय भतिजामा पनि संक्रमण देखिएको छ । त्यसपछि कट्याक ट्रेसिङको दायरा बढाएर आसपासका छिमेकी लगायतको स्वाब संकलन गरियो । मृतकका छिमेकी ५७ वर्षीय पुरुष र उनकी ४७ वर्षीया पत्नी पनि संक्रमित भएको पुष्टि भयो ।
कन्ट्याक्ट ट्रेसिङ्कै क्रममा भारतबाट आएलगत्तै बृद्वलाई भेट्न राजविराज ३ का एकजना गएको खुल्न आयो । ६३ वर्षीय पुरुषमा मात्र होइन, २३ वर्षीय छोरा र ३२ वर्षीय भतिजा पनि पोजेटिभ पाइए ।
कन्ट्याक्ट ट्रेसिङ्गमा परे मृतकलाई उपचार गराउन धरानसम्म लिएर गएका गाडी चालक । ४० वर्षीय चालकको पनि रिपोर्ट पोजेटिभ आयो । मृतकको घरमा गएर भाँडावर्तन सफा गर्ने ५५ वर्षीया महिला पनि पोजेटिभ देखिएका छन् ।
मृतककै घर अगाडि रहेको चिया नास्ता पसलका सञ्चालक पनि सम्भावित संक्रमितको सूचीमा परे । परीक्षण गर्दा उनीसँगै परिवारका चार सदस्यमा संक्रमण पुष्टि भएको छ । बृद्वको सम्पर्कमा आएका राजविराज ७ का ७० वर्षीय बृद्व र वडा नम्बर ६ का ४० र ४३ वर्षीय पुरुष पनि पोजेटिभ देखिएका छन् ।
‘अहिलेसम्म सम्पर्कमा आएका २९ जनामा कोरोना संक्रमण देखिएको छ’ जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले भने, ‘यो समुदायमा कोरोना फैलिसकेको लक्षण हो ।’
गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रंजित झा २९ जनामा भेटिएको संक्रमणको स्रोत ७२ वर्षीय बृद्धको परिवार भएको बताउँछन् । उनले भने, ‘उहाँहरु भारतबाट आउनुभएको थियो । परिवारको कुनै सदस्यमा संक्रमण थियो र, त्यहीबाट अरुमा सर्‍यो । र, समुदायमा पुगेको देखिन्छ ।’
यसरी एउटै व्यक्तिबाट धेरै व्यक्तिमा कोरोना संक्रमण फैलिनु डरलाग्दो भएको भन्दै उनले भने, ‘अब पूर्ण लकडाउन गरेर समुदाय स्तरमा व्यापक परीक्षण गर्नु बाहेक अर्को विकल्प छैन ।’
भारतबाट आएकाहरु कसरी सिधै घर पुगे ?
२ साउनमा मृत्यु भएका बृद्ध पत्नीको उपचारका लागि लकडाउनभन्दा अगाडि नै छोरा, बुहारी, नाति, नातिनासहित भारत गएका थिए । पत्नीको उपचार त भयो, तर लकडाउन भएका कारण उनीहरु भारतमै अडि्कए । भारतमा लकडाउन खुल्यो भने नेपालमा केही सहज भयो ।
राजविराजमा व्यवसाय पनि चलाउनु थियो । त्यसैले यो परिवार २० असारमा नेपाल फर्कियो । तर, क्वारेन्टिनमा बसेनन् । जबकी भारतबाट आउने हरेकलाई सीमाबाट सिधै क्वारेन्टिनस्थलमा लगेर राखिन्छ ।
राजविराजका मेयर शम्भु यादवका अनुसार भारतबाट आउने हरेक व्यक्तिलाई सुरक्षाकर्मीले उनको घर नजिक भएको क्वारेन्टिनसम्म ल्याएर जनप्रतिनिधिहरुलाई जानकारी गराउँछ । त यो परिवारको बिषयमा सुरक्षाकर्मीले कुनै जानकारी गराएनन्’ उनले भने ।
जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल भने स्थानीय जनप्रतिनिधिले यो परिवारलाई घरमा लगेर राखिदिएको बताउँछन् । वडाध्यक्ष प्रेम यादवले घरमा ल्याएर राखिदिएको भन्दै उनले भने, ‘हामीलाई जानकारी गराएको भए यस्तो अवस्था आउँदैनथ्यो ।
उनीहरुका अनुसार होम क्वारेन्टिनमा नराख्नु राखेपछि त्यसको नियम पालना गरे नगरेको अनुगमन गर्नुपर्ने थियो । तर, त्यसमा कसैले चासो नदिएको र भारतबाट फर्किएर आएकाहरु पसलमा बस्ने, भेटघाट गर्ने जस्ता गतिविधि गरेको छिमेकीहरु बताउँछन् ।

साभार:अनलाइन खबर

सम्बन्धित पोस्ट
  • बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम
  • मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन
  • चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव
  • चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    सिड्नी साहित्यिक उत्सवमा भीम न्यौपानेको आत्मकथा ‘बादलमुनि बागलुङ’को लोकार्पण

    नृत्यशास्त्री वीणा जोशीको ग्रन्थ ‘नेवार समुदायका परम्परागत मुकुण्डोनाच’ सार्वजनिक

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिमा डा. माणिकरत्न शाक्यले पाए जिम्मेवारी

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    सुभाय् पोस्ट बिशेष

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    लुम्बिनी बौद्ध विश्वविद्यालय नवनियुक्त उपकुलपति डा. मणिकरत्न शाक्यद्वारा पदभार ग्रहण

    शान्तिका लागि १०८ यात्रीको साइकल यात्रा: स्वयम्भूबाट विदाई, पहिलो दिन हेटौंडामा सम्पन्न

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑