• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Thu, 12, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

स्थानीयबासीको लिच्छविकालिन बस्ती उठाउने योजना ल्याउने पशुपति क्षेत्र विकास कोष खारेजीको माग


सुभाय् संवाददाताJuly 24, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ३ मिनेट

पशुपति क्षेत्र बिकास कोषको नयाँ गुरु योजना स्थानिय नेवाः समुदाय लगायत पशुपति मन्दिरको ब्यबस्थापनमा पर्ने प्रभाव बारे छलफल सम्पन्न :गुरु योजना बर्खास्तगी तथा कोष खारेजीको माग तथा आन्दोलकालागि ऐक्यवद्धताको आग्रह


काठमाडौं / पशुपति क्षेत्र बिकास कोषको नयाँ गुरु योजना स्थानिय समुदाय लगायत पशुपति मन्दिरको ब्यबस्थापनामा पर्ने प्रभाव बारे छलफल हालै सम्पन्न भएको छ । स्थानिय समुदायका अधिकारवाला तथा सरोकारवालाहरुले प्रस्तावित गुरु योजनाको बर्खास्त मात्र नभइ पशुपति विकाश कोष समेत खारेज गरिनु पर्ने बिचार ब्यक्त गरेका छन् । गुरु योजना बर्खास्तगी तथा कोष खारेजीकालागि नेवा: लगायत हिन्दु तथा बौद्ध तथा जैन धर्ममा आस्थासँग संवद्ध सबैलाइ आन्दोलनमा सहभागी भई ऐक्यवद्धता जनाउन आग्रह समेत अभियन्ताहरुले गरेका छन् ।
विगत लामो समयदेखि विवादमा रहेको पशुपति क्षेत्र विकास कोषको नयाँ गुरु योजना र यसले पशुपति मन्दिर व्यवस्थापन र त्यस क्षेत्रका सवै मठ-मन्दिर तथा त्यस संग जोडिएका धार्मिक ऐतिहासिक जात्रा पर्व तथा सो चलाउनका लागि आवश्यक मानव संसाधन र तिनीहरुका बस्ती तथा भूमीमाथि हुने नकारात्मक असरहरु तथा तिनलाई रोक्नका लागि संविधान तथा कानूनी व्यवस्था तथा अन्तरराष्ट्रिय प्रावधानहरु के कस्ता छन् भन्ने बारे समेत बृहत छलफल गरिएको थियो । जुम प्रविधिमार्फत सम्पन्न सो कार्यक्रममा प्रमुख वक्ता एवं युवा नेता शजलद वैद्य, पशुपति सेवक संघका अध्यक्ष केदार मान भण्डारी, नेवा: देय् दबूका पूर्व महासचिव पवित्र बज्राचार्य, कानूनविद एवं आदिवासी जनजाति वकिलहरुको समुह (लार्हुनिप) का सचिव शंकर लिम्बु तथा अधिवक्ता जितेन्द्र बज्राचार्य, विश्व नेवा संगठन (डव्लु एनओ) नेपालका अध्यक्ष सुरेन्द्र मान शाक्यको उपस्थति रहेको थियो ।
“पशुपति क्षेत्रको सबै साँस्कृतिक धार्मिक जात्रा पर्व तथा पशुपति मन्दीर भित्रको व्यवस्थापनसंँग प्रत्यक्ष जोडिएका नौमुले नेवारहरु राजोपाध्याय (द्यो भाजु ), राजभण्डारी, कर्माचार्य, राज बैद्य, मानन्धर, संगत, डंगोल, कपाली, खड्गी द्योला लगायतका नौ मुले नेवाः लगायतका तीन हजार घर भत्काइने गरी ल्याइएको प्रस्तावित गुरु योजना बर्खास्त गर्नुपर्छ । यतिमात्र हैन पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रको धार्मिक एतिहासिक तथा साँस्कृतिक महत्वका मठ मन्दीर लगायतका महत्वहरु नष्ट हुने गरी पटकपटक गुरु योजना,नीतिहरु ल्याउने गरिरहेकोले यस्तो नाम मात्रको  विकास कोष नैं खारेज हुनु पर्ने स्थानीय अधिकारवाला तथा सरोकारवालाहरुको माग रहंँदै आएकोे छ ” छलफलमा सहभागी स्थानीय जलद वैद्य तथा केदार मान भण्डारीले बताए । “स्मरण रहोस काठमाडौका सवै जात्रा पर्वको शुरुवात पशुुपति क्षेत्रबाट हुने हुँदा पशुपति क्षेत्रको सम्पदा र यहाँको बस्ती विस्थापित गरिएमा उपत्यकाका सबै जात्रा पर्वमा समेत नराम्रो प्रभाव पर्ने अवस्था आउन सक्छ” स्थानीय सरोकारवाला तथा अधिकारवालासँग कुनै छलफल नगरी गैर न्यायिक ढंगबाट ल्याइएको सो गुरु योजना बर्खास्त गर्न कानूनी उपचारका लागि सर्वोच्च अदालत तथा अन्तरराष्ट्रिय श्रम संगठन ( आइएल ओ) लगायतका अन्तरराष्ट्रिय अदालतसम्म जान सकिने संवैधानिक तथा कानूनी व्यवस्था रहेको कानूनविद श्री शंकर लिम्बु तथा जितेन्द्र बज्राचार्यले बताए । स्थानीय निकायले यदि यो मुद्धालाई आफ्नो मुद्धा नसम्झने हो र यस नीतिका विरुद्धमा नजाने हो भने भोलिका दिनमा नेपालका सबै समुदायका साँस्कृतिक सम्पदा र त्यससँग जोडिएका अधिकारवालाहरुका व्यवस्थापकीय अधिकार तथा भूमि तथा आवास लगायतका अधिकारबाट वंचित हुनुपर्ने हुन्छ । त्यसैले स्थानीय निकाय तथा संघिय सरकारलाई पशुपतिको गुरु योजना विरुद्ध जान समेत नेवा: देय् दबूका पूर्व महासचिव तथा अभियन्ता पवित्र वज्राचार्यले आग्रह गरे ।
अन्तमा कार्यक्रमका अध्यक्ष सुरेन्द्र मान शाक्यले नेवा: लगायतको नेपाली सभ्यताको धार्मिक ,साँस्कृतिक तथा एतिहासिक महत्व बोकेको सनातन हिन्दु तथा बौद्ध धर्मावम्बी समेतको आस्थाको धरोहर पशुपति  क्षेत्रको मौलिकता तथा त्यहाँ रहेका नौ मुले नेवार लगायतको साँस्कतिक अधिकारको रक्षा गर्न नेपालका आदिवासी जनजाति लगायतको सवै समुदाय तथा वर्गका नेपाली संघ संस्था तथा नागरीकहरुलाई आह्वान गरे । साथै विश्वभर छरिएर रहेका नेवा संघ संस्था, आदिवासी जनजाति लगायतका सनातन हिन्दु तथा बौद्ध धर्मावम्बी मातहत आस्था राख्ने संघ संस्था तथा सम्पुर्ण नागरीकहरुलाई नेपालको मौलिक संस्कृति तथा परम्पराबाट चलेको श्री पशुपति नाथको क्षेत्र तथा यहाँका वस्ती तथा अन्य धार्मीक साँस्कृतिक सम्पदा जोगाउन आआफ्नो क्षेत्रबाट अभियान चलाउन समेत आग्रह गरे ।
“अब स्थानीय जनता चुप लागेर बस्ने छैैन छिट्टै सो गुरु योजना बर्खास्तका लागि विभिन्न चरणमा आन्दोलन गर्नेछौं ।” अभियन्ता जलद बैद्यले भने । “आन्दोलनमा लागि हिन्दु सनातन तथा बौद्ध धर्मावम्बी मातहतका सवै नागरीक तथा संघ संस्थालाई ऐक्यबद्धता जनाइ सहभागिताका लागि अनुरोध गर्दछौं ” स्थानीय अभियन्ता केदारमान भण्डारीले आग्रह गरे । “हाम्रो थात थलो विस्थापित गरी श्री पशुपति नाथको सनातनि मौलिक हिन्दु तथा बौद्ध धर्म र जैन लगायतका आस्था माथि पशुपति विकास कोषले निरन्तर पटक पटक नियतवस प्रहार गर्दै आएको छ । नयाँ प्रस्तावित गुरु योजना अनुमोदनका लागि संसदसम्म पुर्‍याई बस्ती उठाउने तयारी गरि गरी सके । हामीलाई अभियानमा साथ दिनुहोला” अभियन्ता जलद बैद्यले निकै भावुक हुँदै आग्रह गरे ।
नेपालको राष्ट्रियता र पहिचानसँग नेपालका हरेक सम्पदा र संस्कृति जोडिएको हुँदा पशुपति क्षेत्रको एतिहासिक धार्मिक सम्पदा जोगाउनुपर्छ ।” अभियन्ता अधिवक्ता जितेन्द्र बज्राचार्यले भने ।
मूलत लिच्छविकालिन बस्तीको रुपमा परिचित उपत्यकाको ग्वल देय् नैं यस गुरु योजनाका कारण विस्थापित हुने देखिएको छ । यसको अर्थ हुन्छ ऐतिहासिक धार्मिक सांस्कृतिक  महत्वको सम्पदा मासिनु । यो दुराहग्रहपूर्ण छ । यस्तो योजना ल्याउने कोष खारेजीको माग आउनुलाई अचम्म मान्नुपर्ने देेेेखिंदैन ।
यस क्षेत्रमा पहिलो र दोस्रो चरण गरि परम्परादेखि बस्दै आएको स्थानीय बस्ती हटाइ सकेको छ । तर पशुपति गुठीले ओगटेको पशुपति क्षेत्रका पशुपतिदेखि बौद्ध चाबहिल सम्मका जग्गामा नयाँ घर बनाई बस्ती समेत बसिसकेको छ ।
यता प्राचीन बस्ती हटाउन योजना ल्याउने कोषको क्षेत्रभित्र जहाँबाट पहिलेको बस्ती हटाइएको थियो त्यही ठाउँमा केही समय अगाडि मात्र  सरकारले एक साहित्यकारका निम्ति घर बनाइदिने कुरा आएको छ । यो विरोधासपूर्ण छ । त्यसैले पनि विवादस्पद कोष विघटनको माग गरिएको हुन सक्छ ।

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑