• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sun, 18, May, 2025
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

‘सरकारले भ्रम फैलाइरहेको छ, कोरोनाप्रति आफैं सतर्क बनौं’


सुभाय् संवाददाताJuly 22, 2020 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

सागर बुढाथोकी

काठमाडौं ” लकडाउन खुकुलो बनाएपछि आम सर्वसाधारण घरबाट निस्कने क्रम बढेको छ । सरकारले मंगलबार राति १२ बजेपछि लागू हुने गरी १२० दिन लामो लकडाउन अन्त्यको घोषणासमेत गरिसक्यो ।
अब लामो दूरीको यातायात, विद्यालय, मनोरञ्जनस्थल, भोज आदि केही क्षेत्र मात्र बन्द गरिएका छन् । लकडाउन खुकुलो भएसँगै सडकमा देखिएका सवारी साधन र मानिसको चहलपहलले कोभिड–१९ संक्रमणको त्रास बिर्साइदिएको छ ।
तर कोरोना संक्रमणको जोखिम टरेको छैन । लकडाउन खुलेपछि संक्रमण फैलिएका देश धेरै छन् । नजिकको उदाहरण दक्षिणी छिमेकी देश भारत हो । त्यहाँ चार लाखभन्दा बढी मानिस संक्रमित र २८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
यही परिदृश्य नेपालमा पनि दोहोरिन सक्ने जनस्वास्थ्य विज्ञहरुले चेतावनी दिइरहेका छन् । के अब नेपालमा संक्रमणको सम्भावना टरेको हो त ? अब सतर्कता अपनाउनु पर्दैन ? अब आम सर्वसाधारणले के गर्ने ? यस्ता विषयमा अलमल छ । यही प्रश्न हामीले केही जनस्वास्थ्य विज्ञहरुलाई राखेका छौं ।

मानिसहरु भ्रममा छन्
डाक्टर शरद वन्त, जनस्वास्थ्यविज्ञ

सडकमा मानिसहरु ह्वात्तै निस्किएको र सवारी साधनको चहलपहल देख्दा म पनि अन्योलमा छु । मानिसहरुले पुरै लकडाउन खुलेको भन्ने बुझेका छन् कि जस्तो लागेको छ । खासमा लकडाउन खुलेको होइन, खकुलो भएको मात्र हो ।

लकडाउन पूर्ण रुपमा खुलाउन धेरै चरणहरु पार गर्नुपर्छ । यो लकडाउन पूर्ण रुपमा खुल्नुअघिको चरण मात्रै हो । अझै पनि सरकारले निषेधित ठाउँ तोकेको छ । भिडभाड हुने ठाउँलाई बन्देज लगाएको छ । संक्रमण सर्न सक्ने सम्भावित ठाउँहरुमा तगारो लगाएकै छ । यति हुँदाहुँदै पनि मानिसहरु लकडाउन खुलेको भनेर भ्रममा छन् । र, महामारीमा यस्तो भ्रम खतरनाक हुन्छ ।
यो पनि सत्य हो कि, सधैं लकडाउन सम्भव हुन्न । कोरोना संक्रमणको समाधान लकडाउन मात्र पनि होइन । लकडाउन खुकुलो बनाउनु आवश्यक थियो, खुकुलो भयो । त्यसैले अहिले सरकारले लकडाउन किन खुकुलो बनायो भन्ने विषयमा बहस गर्नुभन्दा यति लामो लकडाउनमा सरकारले के गर्‍यो ? र, अब ढुक्क हुँदा हुन्छ ? भनेर बहस छलफल गर्नु जरुरी हुन्छ ।

संक्रमणको जोखिम हिजो पनि थियो, आज पनि छ र भोलि पनि हुनेछ । त्यसैले सचेत भएर दैनिक जीवनमा फर्कनुपर्छ । अनि यो भुल्नु हुन्न कि अब झनै पहिलेभन्दा बढी सावधानी अपनाउनुपर्छ, लापरवाही गर्नै हुन्न ।
मलाई के लाग्छ भने सरकारले सबै पूर्वतयारी गरेर लकडाउन खुकुलो बनाएको होइन । समुदाय संक्रमणको पर्याप्त संकेतहरु मिल्दा पनि व्यापक परीक्षण नगर्नुले सरकारले लकडाउनमा गर्नुपर्ने काम गर्‍यो भनेर विश्वास गर्ने अवस्था छैन । त्यसैले हामी पहिलेभन्दा सचेत हुनुपर्छ ।

वास्तविक सामाजिक दुरी कायम गर्ने अबको समय हो । किनकि, पहिलाभन्दा अहिले मानिसको चहलपहल बढी छ । र, मानिसहरु पनि एकै ठाउँका मात्र छैनन् । अब सचेत रहने जिम्मा आम सर्वसाधारणको हो । संक्रमण कुन रुपमा जान्छ भन्ने भविष्य हाम्रो हातमा छ । हाम्रो कर्मले नै संक्रमणको भविष्य निर्धारण गर्छ ।

कसरी सचेत हुने भनेर भनिरहनुपर्छ जस्तो मलाई लाग्दैन । ४ महिनादेखि बारम्बार भनिरहेका छौं, भिडभाडमा नजाने, साबुन पानीले हातधुने र मास्क लगाउने । संक्रमणबाट बच्ने उपाय यही हो । भिडभाडमा संक्रमण हुन सक्ने सम्भावना ज्यादा भएकाले नजानू भनिएको हो । अब त झन् धेरै ठाउँबाट आएका मानिसहरु हुन्छन् र उनीहरुमध्ये एकजनामा संक्रमण रहेछ भने अरुलाई सर्न सक्छ ।

तथ्यांकमा हेर्दा त नेपालमा संक्रमणको दर कम हो । यसको मतलब तुलनात्मक रुपमा जोखिम पनि पहिलेभन्दा कम भएको हो । सोही कारणले लकडाउन खुकुलो बनाइएको हो । तर अब जोखिम छैन भन्ने मानसिकता बनाइयो भने घातक हुन्छ ।

संक्रमणको जोखिम हिजो पनि थियो, आज पनि छ र भोलि पनि हुनेछ । त्यसैले सचेत भएर दैनिक जीवनमा फर्कनुपर्छ । अनि यो भुल्नु हुन्न कि अब झनै पहिलेभन्दा बढी सावधानी अपनाउनुपर्छ, लापरवाही गर्नै हुन्न ।

अझै हामी ढुक्क हुने अवस्थामा छैनौं
डा. शेरबहादुर पुन, सरुवा रोग विशेषज्ञ

हामीले बुझ्नुपर्ने महत्वपूर्ण कुरा के हो भने नेपालमा कोरोना नियन्त्रण भएर लकडाउन पूर्ण रुपमा खुलेको होइन, संक्रमण हुँदाहुँदै लकडाउन केही खुकुलो भएको हो । यति बुझेपछि हामी आफैं सचेत हुनसक्छौं ।

हामी बस्ने घर, हामी जाने बजार, हामीले काम गर्ने अफिस या हामी चढ्ने सार्वजानिक यातायात जताततै संक्रमण हुनसक्छ । त्यसैले पहिलाभन्दा सचेत हुनुपर्छ ।

पहिलाभन्दा बढी सचेत हुनुपर्छ भनेर किन भनेको भन्दा केही समयअघिसम्म काठमाडौंमा अत्यन्तै कम मान्छे थिए । बाहिर हिँडे पनि यहीँ भित्रका मानिसहरु मात्र हुन्थे । तर पछिल्ला दिनहरुमा संक्रमण फैलिएको ठाउँबाट पनि मानिसहरु आएका छन् ।

भारतबाट आउनेहरु पनि छन् । त्यसमाथि उनीहरुको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गरिएको छैन । फुटपाथ तथा ठेला व्यापारी, आम सर्वसाधारण जो कोहीमा पनि संक्रमण हुनसक्छ । त्यसैले झन् धेरै सचेत हुनुपर्छ ।

सरकारसँग लकडाउन खुकुलो नबनाउनुको विकल्प थिएन । लकडाउन खुकुलो बनाएपछि सरकार र नागरिक दुबैको जिम्मेवारी बढेको छ । उपत्यका बाहिरबाट उत्तिकै मानिसहरु छिरेका छन् । यो बेला संक्रमणको सम्भावना झन् बढेको छ । सरकारले समुदायमा व्यापक परीक्षण गरेर मात्र यो निर्णय गर्नुपर्थ्यो ।
अबको केही समय हामी कडा अनुशासनमा बस्नैपर्छ । छिमेकी देश भारतमा पनि लकडाउन खुकुलो भएपछि कोरोना संक्रमण बढेको बढ्यै छ । त्यसैले हामी ढुक्क हुने अवस्थामा छैनौं । अन्य देशका गल्तीबाट पाठ सिकेन भने हाम्रो हालत पनि त्यही हुन्छ ।

सावधानी नअपनाए जनधनको क्षति हुनसक्छ
डा. अनुप सुवेदी, संक्रामक रोग विशेषज्ञ

लकडाउन गरिरहनुपर्छ भन्ने पक्षमा हामी कहिले पनि थिएनौं । तर अहिले जसरी लकडाउन खुकुलो बनाइयो, यो जनस्वास्थ्यको हिसाबबाट वैज्ञानिक निर्णय होइन ।

लकडाउन खुकुलो गर्नुअघि समाजमा संक्रमण कुन स्तरमा छ भनेर थाहा पाउनुपर्छ । त्यसको लागि धेरैभन्दा धेरै परीक्षण गर्नुपर्छ । यो काम सरकारले दुई महिना पहिले गर्नुपर्थ्यो, गरेन । अहिले अन्धाधुन्ध लकडाउन खुकुलो बनाइयो । अब सर्वसाधारण आफैं सचेत भएनौं भने यो निर्णय महंगो पर्नसक्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्ला भर्चुअल प्रेस मिटहरु हेर्दा नेपालमा संक्रमण दर कम भएको, कोरोना नियन्त्रणतर्फ गएको भन्ने सुनिन्छ । सरकारी विज्ञहरु ‘अब ढुक्क हुँदा हुन्छ’ भनेझैं गर्छन् । त्यस्तै तथ्यांक प्रस्तुत गरिरहेका छन् ।

जब सरकारले नै ‘समुदायमा कोरोना संक्रमण छैन, भेटिएन’ भनेर भ्रम फैलाएपछि जनता सडकमा निस्किहाल्छन् नि । लकडाउन खुकुलो बनाए पनि सरकारले सत्य लुकाउनु हुँदैनथ्यो । सरकारले यथार्थ लुकाएको परिणाम जनताले भोग्नुपर्ने हुनसक्छ । अहिले हामीले सरकारले यथार्थ लुकाएर भ्रम फैलाइरहेको छ भन्ने बुझेर सतर्क हुनुपर्छ ।

किनकि समुदायमा संक्रमण कुन तहमा छ भन्ने काठमाडौं उपत्यकाका अस्पतालहरुलाई थाहा छ । अन्य रोग लिएर उपचार गराउन पुगेका धेरै बिरामीमा संक्रमण भेटिएको छ । राजधानीका कुनै पनि अस्पताल संक्रमणबाट अछुतो छैन ।

यदि समुदायमा संक्रमण छैन भने प्रत्येक अस्पतालमा कहाँबाट भेटिए ? समुदायमा संक्रमण फैलिएको यति धेरै संकेतहरु भेटिएका छन् ।

उपत्यका बाहिरबाट उत्तिकै मानिसहरु छिरेका छन् । यो बेला संक्रमणको सम्भावना झन् बढेको छ । सरकारले समुदायमा व्यापक परीक्षण गरेर मात्र यो निर्णय गर्नुपर्थ्यो । सामाजिक र आर्थिक व्यवस्थापनबारे सोच्नुपर्थ्यो । केही नगरी लकडाउन खोल्दिएँ भन्नुको अर्थ के हो बुझ्न गाह्रो छ । त्यसैले अब आफ्नो जिम्मेवारी आफैं लिऔं । हामी सतर्क भएनौं भने धेरै जनधनको क्षति हुनसक्छ ।

साभार: अनलाइन खबर

सम्बन्धित पोस्ट
  • भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव
  • Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage
  • धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान
  • साथीका निम्ति प्रेमको सौगात
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    “जि ला घ्यान्सेयाम्ह हे खनि सा !!”- द्वारिकादास राजभण्डारी

    “गुथी अष्ट्रेलिया”को अध्यक्षमा कुन्दन ताम्राकार

    बदलिँदो भू-अर्थ-राजनीति

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प

    महानगरका मेयरले गरे स्वयम्भू महोत्सवको उद्घाटन

    अमेरिकाले गर्‍यो नेपाल सहित १७ देशको टीपीएस खारेज, हजारौँ नेपालीको बिचल्ली हुने

    सुभाय् पोस्ट बिशेष

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    “जि ला घ्यान्सेयाम्ह हे खनि सा !!”- द्वारिकादास राजभण्डारी

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2025: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑